Skip to main content

Posts

Showing posts from July 17, 2009

छ महिनाभित्र कमैया पुनःस्थापना गराउने

काठमाडौं, साउन २ । भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले ६ महिनाभित्रमा मुक्त कमैया पुनःस्थापना गरिसक्ने बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा मुक्त कमैया समाजले नवौं मुक्ति दिवसको अवसरमा आयोजना गरेको अर्न्तक्रियामा बोल्दै सामन्तवादको समूल अन्त गर्ने अभियानअर्न्तगत मुक्त कमैयालाई पुनःस्थापना गर्न लागिएको बताए । ६ महिनाभित्र मुक्त कमैया पुनःस्थापना भइसक्ने गरी काम भइरहेको छ, मन्त्री श्रेष्ठले भने, सामन्तवादको समूल अन्त गर्ने अभियाना साथ सरकार लागेको छ । कमैया मुक्तिको घोषणाबाट कमैया नभई सामन्त मुक्त भएको आभाष मिलेको उल्लेख गर्दै गम्भीर भएको बताए । सकारले तथ्यांक माग्दा मुक्त कमैया समाजले कम तथ्यांक दिएको बताए । छूट कमैयाको लगत संकलन गर्ने तयारी भइरहेको बताए । भूमिसम्बन्धि धेरै आयोगले प्रतिवेदन मात्र पेश गर्ने काम गरेको भन्दै अब जिम्मेवार र अधिकारसम्पन्न भूमि आयोग गठन गरेर मुक्त कमैयालगायतका भूमिहिनको समस्या समाधान गर्ने दृढता व्यक्त गरे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले कमैया मुक्ति भएपनि उनीहरुको वास्तविक समस्या समाधान नभएको बताए । मुक्त कमैयालाई पुनःस्थ

लागूऔषध सहित दुइजना पक्राउ

वीरगंज, २ साउन । लागूऔषध नरफिन र डाइजोपामसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान ९ बजे भारतको रक्सौलबाट आइरहेका कास्की, लेखनाथ -१ बस्ने २५ वर्षीय कुमार बिक र २० वर्षीय सुरेन्द्र शाहीलाइ इनर्वा प्रहरीको गस्ती टोलीले बाइपासबाट पक्राउ गरेको हो। भारतको रक्सौलबाट नरफिन ८० थान, डाइजोपाम २० थान खरिद गरेर नेपाल भित्रिदा उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धानको ज्रि्रका पर्सामा राखिएको प्रहरी निरीक्ष्ँक भुवनेश्वर साहले बताए।

क्रियाशील युवा पत्रकार मंच बारा गठन

वीरगंज, २ साउन । बाराको संचारकर्मीहरुको एक भेलाले क्रियाशील युवा पत्रकार मंच नेपाल बारा शाखा गठन गरेको छ। आज गठित सो मंचको अध्यक्षमा रामबाबू मेहता, उपाध्यक्ष अरुणकुमार सिंह, सचिव राजेश कुशवाहा, सहसचिव चन्दनकुमार, कोषाध्यक्ष रामाकान्त साह लगायत रहेका छन्। युवा क्रियाशीलता कोष अभिमुखीकरण वीरगंज, २ साउन । युवा क्रियाशीलता कोषको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। आज वीरगंजको एक स्थानीय होटलमा हिमराइटसद्वारा आयोजित कार्यक्रममा पुरुष तथा महिला गरी ३७ जनाको सहभागिता थियो। कुनै प्रोजेक्टका बारेमा प्रपोजल लेख्दा कसरी लेखिनेलगायत बारेमा संयोजक अनामिका प्रधानले सहजीकरण गरेकी थिइन्।

सडक दुर्घटना र अवरुद्ध

वीरगंज, २ साउन । सशस्त्र प्रहरी बेशक्याम्प जितपुर यथास्थानमै राख्नुपर्ने मांग गर्दै बाराको बकुलियाबासीले वीरगंज-जीतपुर सडकखण्ड अवरुद्ध पारेका थिए। आज बिहान ११ बजेदेखि जीतपुर बकुलियाका स्थानीयवासीले बाटोमा अवरोध सिर्जना गरेका हुन्। यसैगरी आज बिहान धादिङको गजुरी-२ फर्ुर्केखोला नजिकै ना३ख२०२० नं.को टिपर त्रिशुली नदीमा खस्दा चालक धादिङ भुमेस्थान-४ बस्ने अर्जुन तामाङ र खलासी निरज तामाङ घाइते भएका छन्। दुवैको काठमाडौंमा उपचार भइरहेको छ। आज बिहान सर्लाहीको ढुंग्रेखोला-४ नजिकैको ना२ख २०७६ नं.को बसबाट खसेर २८ वर्षीय उमेश कार्की घाइते भएका छन् । उनको नमूना अस्पतालमा उपचार भइरहेको छ। हिजो सांझ चितवनको खैरहनी अगाडी ना२ख३६५१ नं.को बसले ना५प ५९९६ नं.को मोटरसाइकललाई ठक्कर दिदा बाराको मालपोत कार्यालयका नायव सुब्बा मनीराम अर्यालको घटनास्थलमै मृत्यु भएको छ। मृतक कलैया -५ निवासी हुन्। ठक्कर दिने चालकलाइ प्रहरीले पक्राउ गरेको छ।

खडकाको घरमा बम विस्फोट, लुटपाट

महोत्तरी, २ साउन । कृष्णपुर सामुदायिक प्रौढ बन समितिका अध्यक्ष इन्द्र बहादुर खड्काको घरमा लुटपाट, बम विस्फोट र कुटपिट भएको प्रहरीले जनाएको छ। गए राति ११ बजे किसाननगर-९ बनरा निवासी खडकाको घरमा एक दर्जनको संख्यामा अँएका समूहले पेट्रोल बम विस्फोट गराइ, इन्द्रबहादुरसंग रहेको नगद ५० हजार, आठ तोला सुन लुटेर लगेको प्राप्त जानकारीमा उल्लेख छ। बनमा काम गर्ने लेबरहरुले बन समितिको पैसा निकाल भन्दै कुटपिट समेत गरेको तथा लुटेराहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

लुटेरा समूहद्वारा सेल्समैन लुटिए

चितवन २ साउन। मुग्लीन-नारायणगढ सडक खण्डको कविलास -४ नजिकै अज्ञात समूहले एक ट्रकमा लुटपाट मच्चाएको समाचार प्राप्त भएको छ। गए राति ८ बजे नारायणघार्टतर्फ आउंदै गरेको बा१ख ७८१८ नं.को मिनी ट्रकलाइ अज्ञात लुटेरा समूहले रोक्न लगाइ खुकुरी देखाएर ट्रकमा रहेका सेल्समेन उपेन्द्र मिर्जासंग रहेको ३ लाख नगद, सुनको सिक्री, मोबाइल लुटेर फरार भएको प्रहरीले जनाएको छ। दुइ मोटरसाइकलमा आएका चारजना लुटेराहरुको खोजी भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

वीरगंजमा अब आलु बम विस्फोट

वीरगंज, २ साउन । वीरगंजको दुइ स्थानमा अब आएर आलु बम विस्फोट हुन थालेको छ। गए राति ८ः४५ बजे वीरगंज-१९ स्थित पेपर कारखानाको छतमा र वीरगंज-७ मा रहेको नेपाल टेन्ट हाउसमा अज्ञात समूहले आलु बम बिष्फोट गराए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

११ जना द्वन्द्व पीडित पूर्व सेना, प्रहरी पक्राउ

मकवानपुर, २ साउन । सवारीसाधनमा आगजनी गर्न खोजेको आरोपमा प्रहरीले द्वन्द्व पीडित पूर्व नेपाली सेना र प्रहरी संर्घष्ा समितिका ११ जना सदस्यलाइ पक्राउ गरेको छ। आज बिहान १० बजे मनहरी-१ लोथरबाट उनीहरुलाइ पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। गए राति उनीहरुले सडकमा अवरोध सिर्जना गरी आगजनी गर्ने खोज्दा प्रहरीले १० राउण्ड गोली चलाएपछि भागेका थिए।