Skip to main content

छ महिनाभित्र कमैया पुनःस्थापना गराउने

काठमाडौं, साउन २ । भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले ६ महिनाभित्रमा मुक्त कमैया पुनःस्थापना गरिसक्ने बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा मुक्त कमैया समाजले नवौं मुक्ति दिवसको अवसरमा आयोजना गरेको अर्न्तक्रियामा बोल्दै सामन्तवादको समूल अन्त गर्ने अभियानअर्न्तगत मुक्त कमैयालाई पुनःस्थापना गर्न लागिएको बताए ।
६ महिनाभित्र मुक्त कमैया पुनःस्थापना भइसक्ने गरी काम भइरहेको छ, मन्त्री श्रेष्ठले भने, सामन्तवादको समूल अन्त गर्ने अभियाना साथ सरकार लागेको छ । कमैया मुक्तिको घोषणाबाट कमैया नभई सामन्त मुक्त भएको आभाष मिलेको उल्लेख गर्दै गम्भीर भएको बताए । सकारले तथ्यांक माग्दा मुक्त कमैया समाजले कम तथ्यांक दिएको बताए । छूट कमैयाको लगत संकलन गर्ने तयारी भइरहेको बताए । भूमिसम्बन्धि धेरै आयोगले प्रतिवेदन मात्र पेश गर्ने काम गरेको भन्दै अब जिम्मेवार र अधिकारसम्पन्न भूमि आयोग गठन गरेर मुक्त कमैयालगायतका भूमिहिनको समस्या समाधान गर्ने दृढता व्यक्त गरे ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले कमैया मुक्ति भएपनि उनीहरुको वास्तविक समस्या समाधान नभएको बताए । मुक्त कमैयालाई पुनःस्थापना गर्न ढिलो गर्न नहुने बताए । भूमिसुधार र कमैया मुक्तिका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताए । हरुवा, चरुवालगायतका भूमिहिनको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले मुक्त कमैयाको समस्या समाधानका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए । भूमिहिन र कमैयाहरुले समस्या समाधानका लागि राज्यलाई दबाब दिइरहनुपर्ने बताए ।
नेकपा माओवादीका सभासद तिलक परियारले मुक्त घोषणा गरेर मात्र कमैया समस्या हल भएको नसोच्न भने । कमैयाको व्यवस्थापन र राज्यको अधिकार प्रदान गर्ने सुनिश्चिततामा उनको जोड थियो । अर्धसामन्ती संरचना कायम रहेका कारण कमैयालगायतका समस्या कायम रहेको बताए । उनले क्रान्तिकारी भूमिसुधार लागू गरेमात्र समस्या समाधानको बाटो खुल्ने बताए ।
व्यवस्थापिका संसद प्राकृतिक स्रोत साधन समितिका सभापति शान्ता चौधरीले पार्टर्ीी स्वार्थभन्दा माथि उठेर कमैयाको समस्या समाधानमा लाग्नुपर्ने बताइन् । आफै कमलहरी भएर पीडा भोगेको अनुभव सुनाउदै सबै किसिमका विभेद र सामन्ती संरचना अन्त गर्न राजनीतिक दल, नागरिक समाज एकजुट भएर लाग्नुपर्ने बताइन् ।
मुक्त कमैया पुनःस्थापना समस्या समाधान आयोगका सचिव ध्रुवप्रसाद शर्माले ३२ हजार कमैयाहरुमध्ये २७ हजार पांच सय ७० ले पर्ूजा पाइसकेको जानकारी गराए । बांकीलाई केही महिनाभित्रै व्यवस्थित बसोबास गराइसक्ने जानकारी गराए । राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुसंग मिलेर मुक्त कमैयाको समस्या समाधानमा सरकार लागेको बताए ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले जमिन्दारबाट मात्र आफूहरु मुक्त भएको बताए । धेरै किसिमका सामाजिक साङ्ला रहेको भन्दै कानुन बनाएर मात्र समस्या समाधान नहुने बताए । बनाइएका कानुन कार्यान्वयनमा उनको जोड थियो । र्सार्वजनिक प्रयोगमा नआएका जग्गाहरु मुक्त कमैयालाई दिनुपर्ने माग राखे । समस्या चांडै समाधान नभएमा आन्दोलन चर्काउने चेतावनी दिए ।
अर्न्तक्रियामा सभासदहरु रामचरण चौधरी, शिवराज गौतम, महेश चौधरी, सुकदैया चौधरीलगायतले कमैयाको समस्या समाधानको उपायबारे बोलेका थिए ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।