Skip to main content

Posts

Showing posts from October 12, 2009

नेपाल रेडक्रस प्राथमिक विद्यालयको उद्घाटन

वीरगंज, २६ असोज । स्थानीय व्यक्ति विश्वनाथ साहको सहयोगमा श्री नेपाल रेडक्रस प्राथमिक विद्यालयको निर्माण कार्य सम्पन्न भएको छ। आज गढिमाइ सामुदायिक संस्था बाराको बेलवा ६ लक्ष्मीपुरमा सम्पन्न सो कार्यक्रममा लक्ष्मिनिया देवी र गायत्री देवीले उद्घाटन गरेका थिए। कार्यक्रममा सभासद अजय द्विवेदी, ओमप्रकाश शर्मा लगायतले धारणा राखेका थिए। ३ लाख ३७ हजार ४ सय ४६ रुपैया लागतमा निर्मित सो विद्यालयमा कक्ष्ँा तीन सम्म पठनपाठन हुने भएको छ । सो गाविसमा एक सय १० घर धुरी दलित बस्तीमध्ये एक मात्र उमेश महतोले मात्र एसएलसी परीक्ष्ँा उत्तर्ीण्ा गरेका छन्।

तालिमले मानव जीवनलाइ सतप्रेरणा मिल्ने- सिकरिया

वीरगंज, २६ असोज । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकरियाले तालिमले मानव जीवनलाइ सतप्रेरणा मिल्ने बताए। आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंज छपकैयाको आयोजनामा टोटल क्वालिटी व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्ष्ँण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। सेवाकेन्द्र वीरगंजकी संचालिका रविना दिदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उल्लेख्य सहभागिता थियो।

माओवादी कार्यकर्ता-प्रहरी झडप, एकदर्जनजति घाइते बुटबल बजार साँझसम्म

बुटवल, २६ असोज । बुटबल पुगेका सिचाई मन्त्री बालकृष्ण खाँडमाथि कालो झण्डा देखाउने क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच भएको आज दिउँसो बुटबलमा भएको झडपमा पाँच जना माओवादी कार्यकर्ता घाइते भएका छन ्। घाइतेहरुमा माओवादी कार्यकर्ताहरु प्रेमकुमार घिसिङ् रामु अर्याल उद्दव न्यौपाने सुरेन्द्र गौतम र यमप्रकाश पौडेल घाइते भएका छन् । माओवादीको अबध राज्य समितिका इन्चार्ज देवेन्द्र पौडेल सुनिलका अनुसार घाइतेहरुको उपचार लुम्बिनी अाचल अस्पतालमा भइरहेको छ । कतिपयको टाउकोमा पाँचवटासम्म टाका लगाउनुपरेको नेता पौडेलले विज्ञप्ति जारी गरी उल्लेख गरेका छन् । कुटपिटको विरोधमा आज अपरान्ह २ बजेदेखि ३ बजेसम्म बुटबल बजार ब्ँन्द गराएका माओवादी कार्यकर्ता र प्रहरीबीच पुनः भएको झडपपछि माओवादीले आज साँझसम्मका लागि बुटवल बजार बन्द गराएको छ । झडपमा एकदर्जन कार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ । साथै माओवादीले प्रहरीबाट भएको कुटपीटको भत्सर्ना गरेको छ ।

आफूमाथि लगाइएको आरोप असत्य, निराधार रहेको पत्रकार साहको दाबी

काठमाडौं, २६ असोज । यता कान्तिपुरका सहसम्पादक जीतेन्द्र साहले आज एक इमेल प्रेषित गरी सो घटनामा आफनो कुनै संलग्नता रहेको बताएका छन्। उनका अनुसार आफूमाथि निराधार आरोप लगाइएको बताएका छन्। साहका अनुसार समाचारप्रति पूर्वाग्रही भएर चरीले प्रहरीमाझ अँत्मर्समर्पण गरी आरोप लगाएका बताएका छन्। उनका अनुसार आफूले कसैसंग रकम नअसुलेको बताए। उनले पठाएको इमेलको प्रारुप यसप्रकार छ - Dear Friends. I also received the news and documents through an unknown mail concerned with me.But, this is not the truth you found.I have a very different style of working and finding the truth.I use many tricks to find the truth for the news as well as to support the innocent people.It was also a part of my news while chari surrendering to the police. But, I have never taken any advantage from anybody.If anybody proves that I take any amount from Chari, I shall leave this profession for ever and shall sell vegetables at katimati Tarkari Bazar.So, they all are requested not to misinterpret the sms sent to Chari.If you w

भारतीय एसएसबीद्वारा दुइ नेपाल प्रहरी जवान कुटिए

-अजय यादव बारा, २६ असोज । भारतीय एसएसबी जवानद्वारा दर्ुइ नेपाल प्रहरीका जवान कुटिएको समाचार प्राप्त भएको छ। आज बिहान भारतको घोडासहनबाट सामान लिएर आउने क्रममा सीमा सुरर्क्षार्थ खटिएका भारतीय एसएसबीका जवानहरुले अमृतगंज रानीबासमा कार्यरत नेपाल प्रहरी जवान सुनील सिंह र नन्दकिशोर दासलाई कुटपिट गरेका हुन्। दीपावली र छठ नजिकिदै गर्दा सामान किन्न भारतीय बजार पुगेका द्वय प्रहरी जवानमाथि भारतीय एसएसबीले कुटपिट गरेको इलाका प्रहरी कार्यालय स्रि्रौनगढले जनाएको छ। स्मरणीय रहोस् केही दिन अगाडि भारतीय एसएसबीको कुटाइबाट रौतहट जिल्ला सरमुजवा गाविसका सुर्ती व्यापारीको ज्यान गएको थियो।

स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि विरामीहरू मर्कामा

-प्रणय कुमार वीरगंज, २६ असोज। प्राथमिक स्वास्थ्य केन्द्र पोखरियामा चिकित्सक नै नभएपछि र्सवसाधारण सहज स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । पर्सर्ाा झण्डै २० वटा गाविसका वासिन्दाहरूलाई लक्षित गरी स्वास्थ्य सेवा पुर्‍याउनका लागि पर्सर्ााे दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरिया गाविसमा बनाईएको स्वास्थ्य केन्द्रमा हर्ेर्ने हो भने कुनै अस्पतालको भन्दा कम सेवा सुविधा छैन तर चिकित्सकको अभावमा भएका भौतिक सामग्रीहरूलाई पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका कर्मचारी बताउंछन्। यस केन्द्रका लागि ३ चिकित्सक, ८ जना स्टाफ नर्स १ जना वी एन नर्स र ३ जना अहेबको दरबन्दी रहेपनि हाल १ जना चिकित्सक र ३ जना अहेव -एएनएम) को भरमा मात्र चलिरहेको केन्द्रका अहेब बृजेशले बताए । भएको एक चिकित्सक पनि निजी क्लिनिकको अलावा गोष्ठी, सेमिनार भनि विभिन्न बाहनामा अस्पताल नआई बाहिरै बस्ने भएकाले बिरामीहरूले राम्रो सेवा पाउन नसकेको उनले बताए। एक त तर्राईको ग्रामिण क्षेत्रमा चिकित्सकहरू आउनै नमान्ने अर्कोतिर आएका चिकित्सकहरू पनि काज मिलाएर काठमाण्डौमै बस्ने गरेकाले र्सवसाधारण सानोतिनो विरामी पर्दा पनि सदरमुकाम वीर

स्थानीयवासीले युवकलाइ देउता मानेर पूजा गर्न थाले

चितवन, २६ असोज । एक २२ वर्षीय युवक सेतो कपडा लगाएर पिपलको फेदमा ध्यानमग्न भएपछि स्थानीयवासीले देउता मानेर उनलाइ पूजा गरिरहेको समाचार प्राप्त भएको छ। आज बिहान ७ बजे चितवन, खैरहनी गा.वि.स.-८ दुर्गा मन्दिर नजिक गौचरण पिपलको फेदमा सो युवक आसन बनाई कोहीसंग केही नबोली बसेका छन्। स्थानीयवासीले देउताको रुप मानेर उनको पूजाआजा गरिरहेको प्रहरीले जनाएको छ।

वन कार्यालय सर्लाहीमा तालाबन्दी

सर्लाही, २६ असोज । प्रस्तावित सामुदायिक वन उपभोक्तालाइ हस्तान्तरण गर्नुपर्ने मांग राख्दै सामुदायिक वन उपभोक्ता महासंघले आज बिहानदेखि जिल्ला वन कार्यालयमा अनिश्चितकालको लागि तालाबन्दी गरेका छन्। आज बिहान उपभोक्ता समिति महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलको नेतृत्वमा रहेको समूहले तालाबन्दी गरेका हुन्। पूर्व घोषित दोश्रो चरणको आन्दोलनका अनुसार आजदेखि सो कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको प्रहरीले जनाएको छ।

अयोग्य लडाकुको पुनर्स्थापन प्याकेजमा हाम्रो र्समर्थन छैन ः बलदेव

काठमाडौं, २६ असोज। माओवादी सेनाका डेपुटी कमाण्डर एवं प्रबक्ता चन्द्रप्रकाश खनाल बलदेबले अनमीनद्वारा अयोग्य प्रमाणित गरिएका लडाकु पुनर्स्थापनाको सरकारी प्याकेजप्रति माओवादी सहमत नभएको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालद्वारा सोमवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बलदेबले लडाकु समायोजन हुनै नसक्ने रक्षामन्त्री विद्या भण्डारीको अभिव्यक्ति जायज नभएको समेत टिप्पणि गरे। 'अनमीनले अयोग्य भनेका साथीहरुलाई बाहिर निकाल्ने कृुरामा हाम्रो आपत्ति होइन, तर सरकारले प्रस्तुत गर्न लागेको पुनस्र्थ्ाापन प्याकेज र शब्दाबलीहरुमा हाम्रो आपत्ति छ' साक्षात्कारमा बलदेबले भने, 'अहिले अयोग्य लडाकुहरुको चाहना बुझ्ने काम शुरुभएको छ। त्यसमा चाहि“ हाम्रो सहमति छ।' बलदेबले लडाकुहरुलाई 'समाजमा पुनस्र्थ्ाापन' भन्ने शब्दाबलीप्रति आपत्ति प्रकट गरे। उनले भने,' हाम्रा साथीहरु समाजमै छन्, समाजमा पुनर्स्थापन भन्ने शब्द उपयुक्त हैन, भविश्यको सुनिश्चित गर्ने आर्थिक प्याकेज महत्वपर्ूण्ा कुरा हो।' अयोग्य लडाकुलाई शिविर बाहिर निकाल्ने ६ वटा कदममध्ये केहीमा माओवादी सहमत नभएको र माओवादी सहम

पत्रकार साहद्वारा अपराधिक व्यक्तिसंग बार्गेनिंग गरेर पैसा उठाउने गरेको आरोप

-सम्झना उदास- काठमाडौं, २६ असोज । नेपालको सबैभन्दा ठुलो र स्थापित संचारमाध्यम कान्तीपुर दैनिकका अपराध सम्बन्धी समाचार लेख्दै आएका पत्रकार जितेन्द्र साहले अपराधीक ब्यक्तिहरुसित वार्गेनिगं गरेर पैसा उठाउने गरेको पुष्टी भएको छ। पछिल्लो पटक आफैंले महानगरिय प्रहरी आयुक्तको कार्यालयमा गएर आत्मर्समपण गरेका उपत्यकाका नामुद गुन्डा चरि भनिने दिनेश अधिकारीसित उनले एसएमएस मार्फ २ लाख पैसा लिएको पुष्टी भएको हो । नेपाल टेलिकमवाट प्राप्त विवरण अनुसार उनले चरीको मोवाइलमा एसएमएस गरेर प्रहरीसित उनको केस मिलाइदिने भनेर २ लाख माग गरी उठाएका थिए । उनले एसएसएममा आफ्नो ब्यक्तिगत कामका लागि पैसा चाहिएको भन्दै आफ्नो मोवाइल ९८४१४४५१२५ वाट एसएमएस गरी २ लाख रकम माग गरेका थिए । उनले पटक पटक गरेको ६ वटा एसएमएसमा दिनेशको नाममा प्रहरीकोमा रहेको केसहरुको बारेमा जानकारी लिएर उनलाई एसएमएस मार्फनै जानकारी दिने गरेको समेत खुलासा भएको छ । उनले चरिका बारेमा नेपाल प्रहरीका एआइजीसंगसंग डिल गरेर चरीको केस मिलाएको समेत पुष्टी भएको छ । उनले एक एसएमएसमा प्रहरीसंग दिनेशको बारेमा जम्मा तीन वटा केस रहेको तर कुनैको पनि प्रमाण न