Skip to main content

स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि विरामीहरू मर्कामा

-प्रणय कुमार
वीरगंज, २६ असोज। प्राथमिक स्वास्थ्य केन्द्र पोखरियामा चिकित्सक नै नभएपछि र्सवसाधारण सहज स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।
पर्सर्ाा झण्डै २० वटा गाविसका वासिन्दाहरूलाई लक्षित गरी स्वास्थ्य सेवा पुर्‍याउनका लागि पर्सर्ााे दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरिया गाविसमा बनाईएको स्वास्थ्य केन्द्रमा हर्ेर्ने हो भने कुनै अस्पतालको भन्दा कम सेवा सुविधा छैन तर चिकित्सकको अभावमा भएका भौतिक सामग्रीहरूलाई पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका कर्मचारी बताउंछन्।
यस केन्द्रका लागि ३ चिकित्सक, ८ जना स्टाफ नर्स १ जना वी एन नर्स र ३ जना अहेबको दरबन्दी रहेपनि हाल १ जना चिकित्सक र ३ जना अहेव -एएनएम) को भरमा मात्र चलिरहेको केन्द्रका अहेब बृजेशले बताए । भएको एक चिकित्सक पनि निजी क्लिनिकको अलावा गोष्ठी, सेमिनार भनि विभिन्न बाहनामा अस्पताल नआई बाहिरै बस्ने भएकाले बिरामीहरूले राम्रो सेवा पाउन नसकेको उनले बताए।
एक त तर्राईको ग्रामिण क्षेत्रमा चिकित्सकहरू आउनै नमान्ने अर्कोतिर आएका चिकित्सकहरू पनि काज मिलाएर काठमाण्डौमै बस्ने गरेकाले र्सवसाधारण सानोतिनो विरामी पर्दा पनि सदरमुकाम वीरगंजमै धाउन सास्ती हुने गरेको छ । अस्पतालमा चिकित्सक नभएकोले उपचार्रार्थ आएका विरामीहरूलाई अहेवले नै चेकजांच गरेर फर्काउने गरेको सेवाग्राहीहरू बताउंछन्। सम्बन्धित चिकित्सक नहुंदा अहेबहरूले उपचारका नाममा अल्मल्याउने गरेर विरामीहरूको रोग निको पार्नुको सट्टा झनै बल्झाईदिने गरेको नजिकैको गाविस शिवर्वाका स्थानियवासी पदारथ प्रसाद कानुले बताए।
चिकित्सकको अभावमा विभिन्न मेडिकल कलेजबाट प्रयोगात्मक सिकाईका लागि आएका अनमी तथा स्टाफ नर्सहरूको सिकाई समेत प्रभावित भएको छ। अस्पतालमा विरामीहरूको चांप भए पनि उपचार पद्धतिबारे सिकाउने प्रशिक्षक अर्थात् डाक्टर नै नभएपछि आफू सरहका अहेबहरूबाट सिक्नु परेकाले सिकाई उपलब्धिमूलक नभएको विद्यार्थीहरूले गुनासो गरे।
सो केन्द्रमा पोखरीया लगायत नजिकाका पन्ध्र बीस वटा गाविसका गरी दैनिक झण्डै तीन हजार विरामीहरू आउने गरेपनि उनिहरूलाई सेवा प्रदान गर्न नसकिएको अहेब बृजेशले बताए।
दरबन्दि अनुरूपको चिकित्सक नभएपछि अस्पतालमा भएका बेडहरूलाई कर्मचारीहरूले क्वाटरमा लगेर सुत्ने ओच्छ्यानको रूपमा प्रयोग गर्दै आएका छन्। अस्पतालका लागि सरकारले दिएको १५ वटा बेडहरू मध्ये अस्पतालमा ६ वटा मात्र बेड राखिएका छन् भने बाँकी कर्मचारीको क्वाटरमा ओछ्यानको रूपमा प्रयोग भईरहेका छन्। हुन त चिकित्सक नै नभएपछि बेड के काम। सायद त्यसैलाई बुझेर पनि कर्मचारीले बांकी बेडको सदुपयोग गरेका होलान्।
सरकारले र्सवसुलभ स्व्ाास्थ्य सेवाका लागि गाउं गाउंमा यस्ता सुविधा सम्पन्न स्वास्थ्यकेन्द्र बनाईदिएर रकम नखर्चिएको त होइन तर तिनीहरू कसरी चलिरहेका छन् भन्ने बिषयमा चनाखो नहुंदा स्वास्थ्य क्षेत्रमा गरेकेा लगानी बालुवामा पानी खन्याए जस्तै भएको यसै स्वास्थ्य केन्द्रले पुष्टि गरेकेा छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।