Skip to main content

Posts

Showing posts from August 31, 2009

व्यापारी केडियाको निधन

वीरगंज १५ भदौ । व्यापारी तथा तराइ टेलिभिजनका शेयर होल्डर नरेन्द्र केडियाको हृदयघातबाट निधन भएको छ। आफनो ससुराली गएका केडियाको भारतको रांचीमा हृदयघात भएपछि उपचारको क्रममा दिल्लीमा निधन भएको प्राप्त जानकारीमा बताइन्छ। आज केडियाको नेपालस्थित अशोक वाटिका श्मशान घाटमा अन्त्येष्टि गरियो। केडिया रेम्बो टेलिभिजन प्रँलिका प्रोप्राइटर एवं तराइ टेलिभिजनका शेयर होल्डर समेत रहेका थिए।

नेपालमा १८ लाख बाल श्रमिक , विद्यालय व्यवस्थापन खारेजीको मांग, टयाक्टर संघ पर्साको साधारणसभा

वीरगंज १५ भदौ । राष्ट्रिय मानव विकास सूचांक २००४ को प्रतिवेदन अनुसार १८ लाख नेपाली बालबालिका पूरा समयका श्रमिक रहेको आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कारमा शिक्षुको लागि नेपाल यात्राले जनाएको छ। कर्णबहादुर शाही दामोदर शर्मा र सुभाष न्यौपानेको टोलीले शिक्षुको लागि नेपाल यात्राको अवधारणा पत्र प्रस्तुत गर्दै २० लाख बाल श्रमिक छन् जसमध्ये ५० प्रतिशत बधुवा बालश्रमिक १० देखि १४ वर्षका स्कूल जाने उमेरका ४२ प्रतिशत बालबालिका बालश्रमिक हुन पुगेका छन् भने साक्षरताको अवस्थालाई हेर्दा १५ वर्ष माथिका मध्ये ६३ प्रतिशत पुरुष तथा ३५ प्रतिशत महिलाले मात्र लेखपढ गर्न सक्ने तथ्याकं छ । बाल श्रमिक मध्ये ६० प्रतिशत बालिका छन् वेश्यावृत्तिमा लाग्ने मध्ये अधिकांश १८ वर्षभन्दा मुनी रहेका छन् । यौन शोषणका लागि वर्षेनी १० देखि १२ हजार महिला देश बाहिर बेचबिखनमा परिरहेको उल्लेख छ। विद्यालय व्यवस्थापन खारेजीको मांग वीरगंज १५ भदौ । ब्रहमदेव नेराप्रावि उदयपुर घुर्मीको व्यवस्थापन समितिको खारेजीको मांग गर्दै आज जिल्ला शिक्षु कार्यालय पर्सा घेराउ गरेका छन्। प्राविका सहायक प्रधानाध्यापक साहेब प्रसाद यादवले

बाराको समाचार

-सुभाष साह- बारा १५ भदौ। नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा बिगत एक महिनादेखी कर्मचारीहरुले गरिरहेको आन्दोलन प्रति समर्थ जनाउंदै व्यवस्थापन पक्षसंग कर्मचारीको मांग वार्ताको माध्यमबाट समाधान गर्न व्यवस्थापन पक्षसंग अनुरोध गरिएको छ। नेपाल स्वास्थ्य प्राबिधिक संघका केन्द्रीय सदस्य रामबिध्याप्रसाद कुशवाहाले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो मांग गरेका हुन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरुको जाय माग पुरा गर्नुको साटो व्यवस्थापन पक्षले बाहिरको मान्छेलाई प्रयोग गरी बलको आधारमा दवाउन खोज्ने कार्यको बिज्ञप्ति मार्फत भत्स्रना गरीएको छ। प्ररायु संघ बारा युवाहरुको भेलाले कलैया नगरपालिका वडा नम्बर १ ९ र ११ मा नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको कमिटि आज गठन भएको छ। वडा नम्बर १ मा रामबाबु महतोको अध्यक्षतामा ११ सदसिय वडा नम्बर ९ मा सुभाष भगत मालीको अध्यक्षतामा ११ सदसिय र वडा नम्बर ११ मा राजकुमार यादवको अध्यक्षतामा ११ सदसिय कमिटि जिल्ला सचिव ध्रुव यादव नगर अध्यक्ष मोहन लामिछानेको बिशेष उपस्थितिमा गठन भएको प्ररायु संघ बाराका सदस्य सुभाषप्रसाद साहद्वारा जारी

सर्वोच्चको आदेश फोरमले पालना नगर्ने ः अध्यक्ष यादव

वीरगंज १५ साउन । मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले उपराष्ट्रपतिको सपथको सम्बन्धमा सर्वोच्चले आफनो क्षेत्राधिकार भन्दा बहिर गएर निर्णय गरेकेाले सो आदेश फोरमले पालना नगरेको बताए। सार्वजनिक पदमा बसेका व्यक्तिले प्रयोग गर्ने भाषा तथा भेषभुषामा उत्पन्न समस्या न्यायिक नभइ राजनीतिक मुद्दा भएको जिकिर गर्दै यादवले सो समस्या संविधान अनुसार समाधान गरिनुपर्ने बताए। रिपोटस्र क्लब पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले अहिलेकॊ सरकार हरुवाहरुको लाचार र बैशाखीको सहारामा उभिएको सरकार भएको आरोप लगाउंदै यस सरकारले कुनै गतिलो काम गर्न नसक्ने ठोकुवा गरे । सरकारले मधेशीदलहरुको सहमति विना ल्याएकेा विशेष सुरक्षा योजनाको आडमा निर्दोषहरुलाई दण्डित गरेर मुलुकमा झनै आतंक मच्याएको आरोप लगाए। अध्यक्ष यादवले शान्ती कायम गर्छु भनि प्रतिबद्धता जनाउँदै हिड्ने गृहमन्त्रीले पहिले युथफोस्रको अराजक गतिविधि बन्द गरेर देखाउन चुनौती दिए। यादवले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मधेशी तथा दलित जनजाती पिछडावर्गले चाहेको संघियता विपरित अभिव्यक्ति दिएक

जलबायुको चलचित्र महोत्सब

भक्तपुर १५ भदौ।नेपालले हरीत गृह ग्याँसको नगन्य मात्रामा उत्सर्जन गर्ने गरेको छ तर यहाँ नै जलबायु परिबर्तनको सबैभन्दा बढी नकारात्मक परिबर्तन हुने छाँट देखिएको छ। पुर्वानुमान गर्न नसकिने बर्षा अत्याधिक सुख्खा हिउँद र हिमताल फुट्ने सक्ने खतराहरुको मुल कारण नै जलबायु परिबर्तन हो। नेपमलका सेता हिमाली क्षेत्रका पर्याबरणलाई साह्रै नोक्सना पुराउदै आएको यस किसिमको परिबर्तनलाई मानब सिर्जित समस्याको रुपमा चित्रण गरिएको छ। मानबिय गल्तीहरुको कारण प्रकृति बिनास हुने सम्भावना बढे पछि नेपालमा जलबायु परिबर्तन बिषयको चलचित्र महोत्सब हुने भएको छ। जलबायु परिबर्तनले मानव समाजमा पुराउन क्षतिका बारेमा जनचेतना जगाउने खालका बढीमा तीन मिनेट लामो चलचित्रका महोत्सब हिमाल एसोसियसनले गर्न लागेको हो। महोत्सबमा सहभागी हुने चलचित्रहरुको नाम सोमबारको घोषणा गरिएको छ। महोत्सब डिसेम्बर १० तारिख देखि १४ तारिखसम्म काठकाण्डौंमा हुनेछ। उत्कृष्ट हुने प्रथम द्धितीय र तृतीय हुने फिल्मलाई क्रमश ६० हजार ४० हजार र ३० हजार रुपैया पुरस्कार दिइनेछ। उत्कृष्ट चलचित्रहरु काठमाण्डौंमा हुने जलबायु परिबर्तन क्षेत्रिय सम्मेलनमा देखाउने आयोज

सिद्धपोखरीमा इन्द्रजात्राको मेला

भक्तपुर १५ भदौ। इन्द्रजात्राको भोलिपल्ट आधुनिक पुस्ताले लभ स्टेसन भनेर नामाङकन गरेको भक्तपुरको सिद्धपोखरीमा मेला लाग्ने भएको छ। मेला आगामी शुत्रवार भदौ १९ हुने भएको छ। इन्द्रजात्राको दिन भक्तपुरको इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ। त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ। यसै दिन यहाँ मेला लाग्ने गरेको हो।<br> मेलाका दिन बिहान पख भक्तजनहरुको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने गरेका छन्। दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पुजा अर्चना हुने गर्दछ। इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई इन्द्रसरोबर पनि भन्ने गरिएको छ। <br> एक दशक अघि पोखरी पुरिन लागेको बेलामा लोप हुने देखिएको सिद्धपोखरी मेला केही बर्ष यता फेरी भब्यताका साथ मनाउन थालिएको हो। पोखरीको जिर्णोद्धार भए पछि युवाहरुको लागि यो स्थान युवाहरुको लागि डेटिङ स्पटको रुपमा बिकसित हुदै आएको छ। यस बर्ष भने सिद्धपोखरी मेलाको रौनक दिन साँझ पोखरी परिसरमा स्थानीय युवाहरुले दिपावली गर्ने भएका छन्। अघिल्ला बर्षहरुमा पनि उनीहरुले अवेर राति सम्म दिपावली गरेर राति पोखरीमा घुम्ने चाहने युवाहर

रोजगारी बढाउन सीपबिकास मेला

भक्तपुर १५ भदौ। गत हप्ता फिल्म सुटिङको लागि भक्तपुरको कुम्ह टोल आइपुगेकी हिरोनी सिाचता लुइँटेलले भक्तपुर कुम्ह टोलको कुम्हाले कृष्ण प्रजापतिले बनाएका माटाका सोभेनियर किने। सिाचताले सीप भएका मानिसहरुको पेशालाई प्रोत्साहन गर्न माटाका सामाग्रीहरु आफ्ना हितैषीहरुलाई कोसेली दिनको लागि खरिद गरेका हुन। उनलाई मेक अप गराउनेको सीपले पर्दामा उनी अझ बढी राम्री देख्न सहयोग हुने गरेको छ। फिल्मको सुटिङ अबधिभर नायिकाको अनुहार घाम नलागोस भनेर ब्युटिसियनहरुले खुल्ला ठाउँमा घाम छेक्ने सिाचतालाई छाता ओढाएका थिए। सुटिङ गरिएको कुम्ह फल्चामा अरुबेला हातमा सीप नहुने युवाहरु ५२ पट्टी तास लिएर फुस्रद कटाउथे। त्यस भने उनीहरु काम खोज्न अन्त्यै हिडे। सुटिङ युनिटको उपस्थितिले पनि उनीहरुलाई तास खेल्न रोक्न सकेकोमा स्थानीयबासीले खुसी प्रकट गरे। नेपालको बढ्दो बेरोजगारीको मुख्य समस्याको रुपमा रहेको सीप अभावलाई न्युनिकरण गर्न रोजगारीको लागि चाहिने आबश्यक सीप बिकासका तालिमको जानकारी गराउने उदेश्यले सीप बिकास मेला हुन लागेको छ। भदौ २४ २५ र २६ गते मेला काठमाण्डौंको डिरेक्सन हलमा हुन लागेको हो। नेपालमा ब्यबासायिक तालिम र

साना ऋणी सम्बन्धि अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं भदौं १५। राष्ट्रिय वित्तिय समस्या समाधान संयुक्त समितिले साना ऋणी समस्या अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन र कार्यान्वयन संयन्त्रको निर्माण गरि समस्या समाधानतर्फ पहल गर्न माग गरेको छ। व्यवसायीहरुको माग सम्बोधन तथा समस्या समाधान नभएको खण्डमा देशभरका असल नियत भएका ऋण तिर्न पयत्नरत ऋणी व्यवसायीहरुलाइ काठमाडौंमा भेला गराइ धर्ना र् याली जुलुस घेराउ रिले तथा आमरण अनशनलगायतका शान्तिपुर्ण विरोध कार्यक्रम संचालन गर्ने चेतावनी समेत रिपोर्टस क्लबमा सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइयो। २०५२ सालबाट शुरु भएको माओवादी जनयुद्धको समयमा भएको द्वन्द्वात्मक अवस्था एवं त्यसपछि लामो समयसम्म रहेको संक्रमणकालिन अवस्थाको कारण देशको विभिन्न भागमा स्थापना तथा साचालन भएको उद्योग व्यापार कृषि ढुवानी पर्यटन यातायात एवं पेशा व्यवसायहरु रुग्ण तथा बन्द अवस्थामा रहेर विभिन्न वित्तिय संस्थाबाट लिइएको ऋण तिर्न नियत हुद हुदै पनि तिर्न नसकेको संगठनका रुपमा राष्ट्रिय वित्तीय समस्या समाधान संयुक्त समिति रहेको छ। यो समिति २०६२ सालमा स्थापना भइ सरकारसमक्ष समस्या समाधानका लागि आग्रह गरिर

नेवा जात्रा पर्व कोष खडा गर्न माग

काठमाडौं भदौ १५। भोली मंगलबारबाट शुरु हुन लागेको इन्द्रजात्राको तयारीको विषयमा इन्द्रजात्रा व्यवस्थापन समितिले रपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि जानकारी गराउदै राज्यप्रति दुखेसो पोखेको छ। २०६५ साल भाद्र २६ गते नेपाल सरकारको तर्फबाट इन्द्रजात्राको लागि दिदै आएको पुजा खर्च नदिने निर्णय भएपछि नेवार जाति एकजुट भइ आन्दोलनमा उत्रियो र आन्दोलनले उग्ररुप लिएपछि तत्कालिन सरकारले आस्विन ५ गते िसंहदरबार अर्थ मन्त्रालयको सभाकक्षमा कार्यावाहक प्रधानमन्त्रीको हैसियतमा रहनुभएका अर्थमन्त्रीसग १० बुँदे सम्झौता भएको थियो। सो सम्झौता अझै पनि कार्यन्वन नभएको भन्दै व्यवस्थापन समितिले सरकार पौराणिक संस्कृतिलाइ जर्गेना गर्ने सम्वेदनसिल नभएको बताएको छ। सास्कृतिक जात्रा पर्व संचालन गर्नको लागि उपलब्ध गराइ आएको दरबन्दीहरु समय सापेक्ष परिमार्जन गर्न बजार मुल्य अनुसार कायम गर्न माग गर्दै सास्कृतिक जात्रा पर्व संचालन सम्बन्धि कार्य गर्दा ठेकेदारी प्रथाको अन्त्य गर्न सरकार कि्रयासिल नभएको आरोप लगाए। २०६५ साल आस्विन ५ गते भएको १० बुदे सहमित कार्यन्वयन गर्न जोड दिर्दै नेवार समुदयाले मनाउने जात्रा व्यवस्थापन गर्नका

थारुहटद्वारा आन्दोलनको घोषणा

काठमाडौं भदौ १५। थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनको साझा कार्यक्रम सार्वजनिक गरेको छ। रिपोर्टस क्लब नेपालमा एक कार्यक्रम गर्दै समितिले भर्दाै १५ देखि २५ गतेसम्म प्रचार प्रसार र भदौ २५ देखि असोज १७ गतेसम्म भेला र आमसभाको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। भर्दाै २५ गते इटहरी २६ गत लहान २७ गते विरगंज असोज २ गते चितवन असोज ४ गते भैरहवा असोज १५ गते घोराही असोज १६ गते नेपालगाज असोज १७ गते धनगढी र असोज २० गते तराईका २२ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। तोकिएकै समयमा सिमा भित्रै नयाँ संविधान निर्माण कार्य पुरा गर्न थारु र उर्दु भाषामा प्राथमिक तहदेखि उच्च शिक्षासम्म पठन पाठनको व्यवस्था मिलाउन तथा पाढ्यक्रम निर्माण कार्य तत्काल राज्यको लागानी तथा व्यवस्थापनमा शुरु गरिनुपर्ने २०६५ चैत १ सरकारसँग भएको ६ बुँदे सम्झौत्ा कार्यान्वयन गर्ने लगायतका माग राख्दै थरुहट संयुक्त संघर्ष समितिअन्तर्गतरहेको नेपाल लोकतान्त्रिक समाजवादी दल थारु महिला समाज नेपाल मुस्लिम नागकिर समाज थारु विद्यार्थी समाजलगायतले हस्ताक्षर गरि विज्ञप्ति जारि गरेका छन्। त्यस्तै

टे्रड युनियन महासंघहरुको साझा माच स्थापना

काठमाडौं भदौ १५। पुर्व रजिष्टार श्रीप्रसाद पण्डितले मुलुकभरिका श्रमिकहरुको महासंघहरुलाइ संगठित गरि बनाइएको साझा माच नेपाल संयुक्त टे्रड युनियन माचको आज रिपोर्टस्ा क्लबमा उद्घाटन गर्नुभएको छ। नेपाल राज्यभरिका श्रमिकहरुको हक हितको संरक्षण र सम्बद्र्धन गर्न संगठनत्मक आधारलाइ संस्थागत रुपमा विकास गर्नका लागि साझा माज स्थापना गरिएको बताइएको। पुर्व रजिष्टार श्रीप्रसादले यो तटस्थ संस्था रहेको बताउर्दै यसले श्रमिकको हितका लागि कार्य गर्ने कुरामा आशा व्यक्त गर्नुभयो। यस माचको उद्देश्य नेपार राज्भरिका श्रमिकरुको हकहितको संरक्षण र सम्बद्र्धन गर्न संगठनात्मक आधारलाइ संस्थागत रुपमा विकास गर्दै देशभरिमा छरिएका श्रशक्ति तथा श्रमिकहरको मासंघहरुलाइ संगठित गरि संयुक्त म१चको रुपमा काम गर्नु रहेको छ। यस माचले श्रमिक संगठनहरुबिच भएको भेदभावलाइ अन्त गर्ने श्रम कानुनहरुलाइ कार्यान्वयन गर्न पहल गर्नैलगायतका कार्य गर्न बताइउको छ। यस कार्यक्रममा नेपाल समावेशी टे्रड युनियन महासंघ स्वतन्त्र प्रजातान्त्रिक टे्रड युनियन महासंघ नेपाल राष्ट्रिय प्रजातान्त्रिक टे्रड युनियन महासघ नेपाल टे्रड युनियन फेडरेशन सदभावना टे

असुरक्षाका कारण सदरमुकाम छाडदै

-सुभाष साह- बारा १५ भदौ । असुरक्षाका कारण बर्षौदेखि यहां स्थायी वसोवास गर्दै आएका धेरैजना ज्यान जोगाउन बाराको सदरमुकाम कलैया छाडी अन्यत्र सरेका छन्। तराइका भूमिगत संगठनको जबरजस्ती चन्दा माग र नदिए ज्यान लिने धम्कीसंगै सदरमुकाममा विस्फोट गोली प्रहार एवं हत्याका घटना बढेपछि उनीहरु ब्ााराको सदरमुकाम कलैया छाडेका हुन्। त्रासको वातावरणमा कमी नरहेको सर्वसधारणहरु बताउंछन्। पछिल्लो समयमा यहांका केही भूमिगत संगठनले पहाडे समुदायका व्यक्तिलाई तराइ छाड्न उर्दी जारी गरेका थिए। सर्नेहरु अधिकांस पहाडे मुलका हुन्। यी मध्ये कतिले घर बेचेर सपरिवार सहित स्थायी रुपमा सरेका छन् भने कति अस्थायी । उनीहरु राजधानी हेटांैडा र नजिकैको पहाडे वाहुल्य भएको वस्तीमा सरेका हुन्। सरेकै ठाउंमा उनीहरु आफ्नो कार्य थलो बनाउन थालेका छन्।

बन्दले बाराको जनजीवन प्रभावित

-सुभाष साह- बारा १४ भदौ । उपराष्ट्रपति प्रमानन्द झाको सपथको बिषयमा सर्वोच्च अदालतले गरेको निर्णयको बिरोधमा मधेसबादी दलहरुले गरेको आज तराई बन्दको कारण बाराको जनजिवन प्रभावित भएको छ। मधेसी जनअधिकार फोरम नेपाल तराइ मधेस लोकतान्त्रिक पार्टी सदभावना निकटका युवाहरुले सदरमुकाम कलैयको भरत चोकमा टायर बालेर बिहानै देखी प्रदर्शनमा उत्रेका छन्। बन्दको कारण बाराको शैक्षिक संस्था यातायात लगाएत बन्द रहेका छन्।