Skip to main content

नेवा जात्रा पर्व कोष खडा गर्न माग

काठमाडौं भदौ १५। भोली मंगलबारबाट शुरु हुन लागेको इन्द्रजात्राको तयारीको विषयमा इन्द्रजात्रा व्यवस्थापन समितिले रपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि जानकारी गराउदै राज्यप्रति दुखेसो पोखेको छ।

२०६५ साल भाद्र २६ गते नेपाल सरकारको तर्फबाट इन्द्रजात्राको लागि दिदै आएको पुजा खर्च नदिने निर्णय भएपछि नेवार जाति एकजुट भइ आन्दोलनमा उत्रियो र आन्दोलनले उग्ररुप लिएपछि तत्कालिन सरकारले आस्विन ५ गते िसंहदरबार अर्थ मन्त्रालयको सभाकक्षमा कार्यावाहक प्रधानमन्त्रीको हैसियतमा रहनुभएका अर्थमन्त्रीसग १० बुँदे सम्झौता भएको थियो। सो सम्झौता अझै पनि कार्यन्वन नभएको भन्दै व्यवस्थापन समितिले सरकार पौराणिक संस्कृतिलाइ जर्गेना गर्ने सम्वेदनसिल नभएको बताएको छ। सास्कृतिक जात्रा पर्व संचालन गर्नको लागि उपलब्ध गराइ आएको दरबन्दीहरु समय सापेक्ष परिमार्जन गर्न बजार मुल्य अनुसार कायम गर्न माग गर्दै सास्कृतिक जात्रा पर्व संचालन सम्बन्धि कार्य गर्दा ठेकेदारी प्रथाको अन्त्य गर्न सरकार कि्रयासिल नभएको आरोप लगाए। २०६५ साल आस्विन ५ गते भएको १० बुदे सहमित कार्यन्वयन गर्न जोड दिर्दै नेवार समुदयाले मनाउने जात्रा व्यवस्थापन गर्नका लागि अलगै निकाय गठन गर्न माग गरेको छ । कला र संस्कृति जोगाउनका लागि बसेको गुठी संस्थान समय सापेक्ष परिमार्जन नभउकोले यसबाट अब जात्रा संचालन गर्न धौ धौ पर्ने भएको बताउदै व्यवस्थापन समितिले नेवा जात्रा पर्वका लागि छुट्टै निकायको आवश्यकता महसुस गरेका हुन्। जबसम्म नेवारको जात्रा पर्वमा अलग निकाय गठन गरिदैन तबसम्म आन्दोलन जारी रहेने चेतावनी पनि दियो।

२१ औं शताव्दीमा गुठी संस्थानमा रकम लिन जान दश ठाउमा जानुपर्ने बाध्यता रहेको दुखेसो पोखे। यस पटक जात्रा जात्रा पर्व संचालकहरु र स्थानिय संघ संस्था र क्लबहरु एकजुट भइ समय सापैष भव्यता प्रदान गर्न प्रयासरत रहेको जाकारी ईेयो। नेपाल सरकारको निकायहरु पनि आफुले गर्नुपर्ने कतृत्वयबाट विमुख हुनु नहुने भन्दै उनीहरु घच्घच्याएको थिएा। कार्यक्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक मंगलकृष्ण मानन्धर प्रकास ताम्राकारलगाय विभिन्न संघ संस्था र क्लबका प्रतिनिधिहरुले आफ्नो विचार राखेका थिए ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।