Skip to main content

Posts

Showing posts from August 12, 2009

नेशनल मेडिकल कलेजका आन्दोलन कर्मचारीद्वारा सशक्त आन्दोलनको घोषणा

वीरगंज, २८ साउन । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी चिकित्सक संघले निष्काशित तीन कर्मचारीको पुनरबहालीको मांग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। आज वीरगंज टुडेलाइ प्राप्त जानकारी अनुसार भदौ १ गतेदेखि ५ गतेसम्म इमजेन्सी सेवा र आइसीयू बाहेक अन्य सेवा ठप्प पार्ने, ६ गतेदेखि १२ गतेसम्म व्यवस्थापन र प्रशासनको कोठामा तालाबन्दी गर्ने, १३ गतेदेखि अस्पतालको मूलगेटमा तालाबन्दी गर्ने संघका अध्यक्ष संजीवकुमार यादवले बताए। यसैगरी अखिल नेपाल टे्रड युनियन महासंघ केन्द्रीय सचिवालय सदस्य भोजपुरा संयोजक मिनप्रसाद आपागाइले अस्पतालले गैरकानूनी रुपमा निष्काशित गरेको बताएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै उनले तीनजना श्रमिकलाई पुनरबहाली नगरुन्जेल निर्धारित चरणबद्ध आन्दोलन यथावत रहने जनाएको छ। अस्पताल प्रशासनले सहमति कार्यान्वयन नगरी उल्टो श्रमिक राजकिशोर मण्डललाई हाजिर नगराइ इकाइ उपाध्यक्ष जाकिउर रहमान तथा सचिव रमेशप्रसाद भट्टराइलाई सेवाबाट बर्खास्त गरेको बताए। सो कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम

बम विष्फोटबाट एकजनाको मृत्यु, दुइ घाइते

वीरगंज, २८ साउन । वीरगंज र डडेलधुरामा बम विस्फोट हुंदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। गए राति वीरगंज-१५ मर्ुर्ली बगैचा निवासी धु्रवबहादुर कार्कीको घरमा अज्ञात व्यक्तिले बम विष्फोट गराएपछि घरको झ्यालमा क्षति पुगे पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यसैगरी पश्चिम नेपालको डडेलधुरामा मंगलवार राति बम विस्फोटबाट एक जनाको मृत्यु भएको छ भने दुइ बालक सहित तीनजना घाइते भएका छन् । विस्फोटमा परी ५० वषर्ीय मोहन सिंह बोहराको मृत्यु भएको छ भने उनको पत्नी सर्ुमा देवी बोहरा, दुइ छोरा गोबिन्द बोहरा, माधव बोहरा सामँन्य घाइते भएको प्राप्त जानकारीमा उल्लेख छ।।

नेशनल मेडिकल कलेजमा ११ औं दिन पनि धर्ना

वीरगंज, २८ साउन । नेशनल मेडिकल कलेजको व्यवस्थापन पक्षले तीन जना कर्मचारीलाइ निष्काशित गरेको विरोधमा पुनरबहालीको मांग गर्दै आन्दोलनरत कर्मचारीले आज ११ औं दिन पनि नेशनल मेडिकल कलेजको बहिरंग सेवा ठप्प पारेका छन्। अस्पतालको व्यवस्थापनले कार्यरत कर्मचारीहरू राजकपुर मण्डल, जाकिर रहमान र रमेशप्रसाद भट्टर्राईलाई निष्काशन गरेको विरोधमा स्वास्थ्यकर्मीहरूले गत साउन १८ गतेदेखि बहिरङ सेवा ठप्प पार्दै धर्ना दिंदै आइरहेका थिए। बहिरङ सेवा ठप्प हु"दा उपचारका लागि अस्पताल आउने बिरामीहरू मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सर्ाा आन्दोलनरत कर्मचारी र स्वाथ्यकर्मीहरूलाई आज वार्ताका लागि बोलाएको छ भने आजै रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा कर्मचारीले पत्रकार सम्मेलन गर्ने भएको छ।

गण्डकमा आठ घण्टा चक्काजाम

वीरगंज २८ साउन । आफूहरुको मांग सुनुवाइ नभएको विरोधमा बन्द रहेको कृषि औजार कारखाना र वीरगंज चिनी कारखानाका मजदूर, कर्मचारीले पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार ८ घण्टा चक्काजाम गरेका छन्। आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म वीरगंजको गण्डक सडकखण्डमा मजदूर, कर्मचारीले बाटो अवरूद्ध गरेपछि यातायात र सवारीसाधन अलपत्रमा परेका थिए। उनीहरुको मांग सम्बोधन नभएमा भोलिदेखि अनिश्चितकालीन चक्काजाम गर्ने चेतावनी दिएको देवलाल ठाकुरले बताएका छन्।

र्सपदंशबाट दुइ भारतीय महिलाको मृत्यु

वीरगंज, २८ साउन । सर्पको टोकाइबाट रौतहटमा दुइ भारतीय महिलाको मृत्यु भएको छ। गए राति गौरस्थित जिल्ला अस्पतालमा र्सपदंशबाट गम्भीर भएकी भारत, सितामढी निवासी मबिना खातुन र बैरगनीया निवासी उर्मीला देवीको मृत्यु भएको हो।

८० वटा देशमा फोटो प्रदर्शनी

वीरगंज, २८ साउन । रेडक्रस सोसाइटीको अन्तराष्ट्रिय समितिले जेनेभा महासन्धिको ६० औं वर्षगांठको अवसरमा विश्वको ८० वटा देशमा फोटो प्रदर्शनी आयोजना गरेको छ। आज वीरगंजको राणी सति अतिथि सदनमा सुरु भएको फोटो प्रदर्शनी तीन दिनसम्म रहने छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लले उदघाटन गरेको सो प्रदर्शनीमा १०५ वटा फोटो राखिएको छ। जेनेभा महासन्धिको ६० औं वर्षो दिन सो पर््रदर्शनीको आयोजना गरी महासन्धिहरूले सशस्त्र द्वन्द्वका बेलामा व्यक्तिहरूको जीवन र मर्यादाको संरक्षण गर्न खेलेको प्रमुख भूमिकाको महत्व र मूल्यको बारेमा सम्झाउन चाहन्छ- आइसीआरसी विराटनगरकी उपप्रतिनिधि मण्डलकी प्रमुख नताशा एमरसनले भनिन्।

वीरगंजका क्याम्पस तथा उच्च मावि बन्द

वीरगंज, २८ साउन । अखिल क्रान्तिकारीले आजदेखि देशभरका उच्च मावि बन्दको घोषणा गरेपछि वीरगंजको शैक्षिक संस्थामा पनि पढाइ ठप्प भएको छ। आज वीरगंजको उच्च माविमा पठनपाठन ठप्प रहयो भने विद्यार्थीहरु विद्यालय पुगेर घर फर्किन बाध्य भए। त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेज गरेको विरोधमा अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा पनि गरेको छ। यसैगरी ठाकुर राम बहुमुखी क्याम्पसका आठ विद्यार्थी संगठनले प्रवीणता प्रमाणपत्र तह खारेज गर्ने निर्णयविरुद्ध आज जिल्ला प्रशासन कार्यालय, पर्सामा दुइ घण्टा धर्ना दिएका थिए। प्रवीणता प्रमाणपत्र तह खारेज गर्ने नीति लागू गर्न खोजेको विरोधमा आठ विद्यार्थी संगठनले साउन १८ गतेदेखि विरोध गर्दै आइरहेका थिए।