वीरगंज, २८ साउन । अखिल क्रान्तिकारीले आजदेखि देशभरका उच्च मावि बन्दको घोषणा गरेपछि वीरगंजको शैक्षिक संस्थामा पनि पढाइ ठप्प भएको छ।
आज वीरगंजको उच्च माविमा पठनपाठन ठप्प रहयो भने विद्यार्थीहरु विद्यालय पुगेर घर फर्किन बाध्य भए।
त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेज गरेको विरोधमा अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा पनि गरेको छ।
यसैगरी ठाकुर राम बहुमुखी क्याम्पसका आठ विद्यार्थी संगठनले प्रवीणता प्रमाणपत्र तह खारेज गर्ने निर्णयविरुद्ध आज जिल्ला प्रशासन कार्यालय, पर्सामा दुइ घण्टा धर्ना दिएका थिए।
प्रवीणता प्रमाणपत्र तह खारेज गर्ने नीति लागू गर्न खोजेको विरोधमा आठ विद्यार्थी संगठनले साउन १८ गतेदेखि विरोध गर्दै आइरहेका थिए।

Comments
Post a Comment