Skip to main content

Posts

Showing posts from July 29, 2009

युवराज हृदयेन्द्रको जन्मोत्सव

वीरगंज, १४ साउन । पूर्व राजाको नाति एवं पारस विक्रम शाहको नाति युवराज हृदयेन्दको आठौं शुभ जन्मोत्सवको अवसरमा नेपाल राष्ट्रवाद संघले आज वीरगंजको घण्टाघरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। संघ पर्साका अध्यक्ष जनकलाल साहको अध्यक्षतामा सम्पन्न सो शुभ जन्मासेत्सव समारोहमा प्रमुख अतिथि पशुपति विक्रम शाह, नन्दकिशोर गोयल, राजेश पटेल लगायतले युवराज हृदयेन्द्र वीर विक्रम शाहदेवको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी शुभकामना व्यक्त गरेका थिए।

महिला पत्रकारमाथि हमला गर्ने भारतीय नै हो

मेलबर्न, १४ साउन । सिडनीमा इम्रि्रेशन र शिक्षा घोटालाको पर्दाफाश गर्नको लागि स्टिंग अपरेशन गर्ने क्रममा हमलाको शिकार बनेकी भारतीयमूलकी पत्रकारले यो दाबीको खण्डन गरेकी छन् कि उनीमाथि हमला भारतीयले नै गरेको हो। एबीसी नेर्टवर्ककी पत्रकारले एक पत्रिकाको साक्षात्कारमा भनिन्- म यस घटनाप्रति स्तब्ध छुं कि भारतीय मीडियाले यस घटनालाइ जातिय हमला मानेका छन् । उनले अगाडि भनिन्- मलाइ थाहा छ यो जातिय हमला होइन आजको नवभारत टाइम्सले प्रकाशित गरेको छ।

दुर्घटनामा तीनजना घाइते, राजमार्ग अवरुद्ध

वीरगंज, १४ साउन । पृथ्वी राजमार्गको धादिङ बैरेनी-८ नजिकै आज बिहान बा५च५५९४ नं.को टाटामोबाइल र बा२च४१७९ नं.को माइक्रोबस ठोक्किदा ३ जना यात्रु घाइते भएका छन्। घाइतेको काठमाडौंमा उपचार भइरहेको छ भने टाटामोबाइल चालकलाइ प्रहरीले पक्राउ गरेको छ। यसैगरी अविरल बर्षाको कारण सिन्धुपाल्चोकको जुरेमा आज बिहान पहिरो खसेपछि अवरुद्ध रहेको सो सडकखण्ड बिहान ८ बजेदेखि सुचारु भएको छ भने दोलखा, सिंगटी सडकखण्डमा पहिरो खसेपछी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कोइरालाको अपहरण

र्सलाही, १४ साउन । अज्ञात समूहले एक वृद्धको अपहरण गरेको छ। गए राति ११ बजे भक्तिपुर-८ तीनघरिया निवासी ६० वर्षीय माधवप्रसाद कोइरालालाई उनको घरबाटै करिब ८ जनाले अपहरण गरी बेपत्ता बनाएको प्रहरीले जनाएको छ। उनको खोजतलास भइरहेको छ।

तीर्थ धाम गएका दुइको मृत्यु, दुइजना बेपत्ता

धनुषा, १४ साउन । बोलबम गएको एक व्यक्तिको शव धनुषाको कमलानदीको बगरमा फेला परेको छ। आज बिहान सिंग्याहीमडान-६ नजिकै नदीको वगरमा महोत्तरी, खयरमारा-९ बस्ने बिन्दा नेपालको शव सडिगलेको अवस्थामा फेला परेको हो। उनको मृत्यु बोलबम गएको अवस्थामा खोलामा डुबेर भएको प्रहरी अनुमान छ। यसैगरी गत साउन १२ गते सिन्धुलीको लङगुर खोलाले तीन तीर्थयात्रीलाइ बगाएपछि एकजना मृत अवस्थामा फेला परेको छ भने बांकी दुइजना बेपत्ता भएका छन्। नदी तर्ने क्रममा तीनैजनालाइ बगाएपछि मंगलवार एकजनाको शव गिजियानीमा फेला परेपछि प्रहरीले बेपत्ता दुइजनाको खोजतलास गरिरहेको छ।

जिविस महोत्तरीमा कामकाज सुचारु

महोत्तरी, १४ साउन । कर्मचारीमाथि कुटपिट गरेको विरोधमा आन्दोलनरत जिविसका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन्। आज बिहान जिविस महोत्तरीमा कर्मचारीहरुले गरेको तालाबन्दी खोलिएपछि कामकाज सुचारु भएको छ। गत असार ३० गते कर्मचारीमाथि हातपात गरेको बिषयलाई लिएर जिविसमा तालाबन्दी भएपछि मंगलवार सर्वपक्षीय बैठक बसी दोषी माथि कारवाही गर्ने सहमतिपछि आजदेखि कामकाज सुचारु भएको हो।

शान्ति प्रक्रियाका पक्षधरले प्रतिवद्धता पूरा गरेनन्-ओएचसिएचआरका प्रमुख आयुक्त बेनेट

काठमाडौं, साउन १४ । नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त रिचर्ड बेनेटले शान्ति प्रक्रियाका पक्षधरहरुमा रहेको जवाफदेहीताको अभावले दण्डहीनतामा कमी नआएको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने प्रकृतिका कतिपय मानवअधिकार हननका विषयहरु थाती रहेको आवश्यक सहयोग नहुदा दण्डहीनता विद्यमान रहेको बताए । 'शान्ति प्रक्रियाका पक्षहरुले दण्डहीनताविरुद्ध लड्ने तथा विश्वसनीय, अधिकारप्राप्त, निष्पक्ष तथा पर्ूण्ातया स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने आफ्ना प्रतिवद्धता पूरा गर्नुपर्छ,' ओएचसिएचआरको समयावधि थपिएपछि पहिलोपटक पत्रकारहरुमाझ बोल्दै उनले भने,'द्वन्द्वसँग सम्बन्धि कसुरका लागि कसैलाई पनि न्यायको कठघरामा खडा गरिएको छैन ।' शान्ति सम्झौतामा भएका राजनीतिक अपराधको स्थितिमा कुनै सुधार नआएको उल्लेख गरे । महाराजगञ्जस्थित भैरवनाथ गणमा भएको मानवअधिकार उल्लंघनको घटना र मादीमा भएको बमकाण्डको स्वतन्त्र न्यायिक छानविन नभएको भन्दै तत्काल प्रतिवद्धता पूरा गर्न आग्रह गरे । मानवअधिकार हननमा संलग्न नेपाली सेनाका अधिकारीहरुलाई बढुवा नगर्न पटक