Skip to main content

शान्ति प्रक्रियाका पक्षधरले प्रतिवद्धता पूरा गरेनन्-ओएचसिएचआरका प्रमुख आयुक्त बेनेट

काठमाडौं, साउन १४ । नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त रिचर्ड बेनेटले शान्ति प्रक्रियाका पक्षधरहरुमा रहेको जवाफदेहीताको अभावले दण्डहीनतामा कमी नआएको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने प्रकृतिका कतिपय मानवअधिकार हननका विषयहरु थाती रहेको आवश्यक सहयोग नहुदा दण्डहीनता विद्यमान रहेको बताए ।
'शान्ति प्रक्रियाका पक्षहरुले दण्डहीनताविरुद्ध लड्ने तथा विश्वसनीय, अधिकारप्राप्त, निष्पक्ष तथा पर्ूण्ातया स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने आफ्ना प्रतिवद्धता पूरा गर्नुपर्छ,' ओएचसिएचआरको समयावधि थपिएपछि पहिलोपटक पत्रकारहरुमाझ बोल्दै उनले भने,'द्वन्द्वसँग सम्बन्धि कसुरका लागि कसैलाई पनि न्यायको कठघरामा खडा गरिएको छैन ।' शान्ति सम्झौतामा भएका राजनीतिक अपराधको स्थितिमा कुनै सुधार नआएको उल्लेख गरे । महाराजगञ्जस्थित भैरवनाथ गणमा भएको मानवअधिकार उल्लंघनको घटना र मादीमा भएको बमकाण्डको स्वतन्त्र न्यायिक छानविन नभएको भन्दै तत्काल प्रतिवद्धता पूरा गर्न आग्रह गरे । मानवअधिकार हननमा संलग्न नेपाली सेनाका अधिकारीहरुलाई बढुवा नगर्न पटक पटक आग्रह गरिएको र माओवादीले मादी बमकाण्डका दोषी भनिएका चारजनाको पूरा नाम र एकजनाको नाममात्र र्सार्वजनिक गर्ने सिवाय केही नगरेको भन्दै असन्तुष्टि पोखे । आफूले प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटी द्वन्द्वसंग सम्बन्धि मानवअधिकार हननका घटनाको विश्वसनीय, अधिकारप्राप्त, निष्पक्ष तथा पर्ूण्ातया स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने आफ्नो प्रतिवद्धता पूरा गर्न आग्रह गरेको खुलासा गरे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा काभ्रेमा अर्जुन लामा, चितवनमा रामहरि श्रेष्ठ र बारामा वीरेन्द्र शाहको हत्यामा संलग्न भनिएका माओवादी नेता कार्यकर्ताबारे पर्ूण्ा अनुसन्धानमा स्वयं माओवादी पार्टर्ीीट सहयोग नभएको बताए । रामहरि श्रेष्ठको हत्यामा संलग्न भनिएका कालीबहादुर खाम मगरलाई तत्काल प्रहरीसमक्ष र्समर्पण गर्न निर्देशन दिन माओवादीलाई आग्रह गरे । वीरेन्द्र शाहको हत्याबारे अनुसन्धानमा माओवादीले पर्ूण्ा सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
बेनेटले नेपाली सेनाले भैरवनाथ गणको घटनामा ओएचरिएचआरले देखाएको चासोबारे पत्र पठाएको तर आफूहरुले चित्तबुझ्दो जवाफ नपाएको बताए । वेपत्ताका परिवारहरुसंग सर्म्पर्कमा रहेको उल्लेख गर्दै भने,'महाराजगञ्जस्थित ब्यारेकमा ६ वर्षअगाडि भएको स्वेच्छाचारी थुना, यातना तथा वेपत्ता कार्यसम्बन्धि प्रतिवेदनमा उठाइएका घटनाहरुमा प्रगति गर्नुपर्नेमा प्रधानमन्त्रीलाई पत्र लेखेको छु ।' घटनामा संलग्न सैनिक अधिकारीहरुलाई तत्काल निलम्बन गर्न आग्रह गरे । दण्डहीनताका कारण अरु हिंसा र मानवअधिकार उल्लंघनका घटना बढ्ने औल्याए । ओएचसिएचआरले वेपत्ता र मानवअधिकार उल्लंघन सम्बन्धि १३ सय वटा घटनाबारे अनुसन्धान गरिरहेको जानकारी गराए ।
मानवअधिकार उल्लंघनमा राजनीतिक तहमा रहेकाहरुको पनि संलग्नताबारे अनुसन्धान हुनुपर्ने बताए । विगतमा नेपाली सेना र प्रहरीबाट भएका मानवअधिकार उल्लंघनमा राजनीतिक निर्देशन रहेको भन्दै त्यसबारे स्वतन्त्र न्यायिक छानविन हुनुपर्नेमा उनको जोड थियो ।
तिब्बती शरणार्थीको शान्तिपर्ूण्ा पर््रदर्शनका क्रममा भएका मानवअधिकार हननबारे गृहमन्त्री भीम रावलसंग कुरा राखेको बताए । शान्तिपर्ूण्ा ढंगले विरोध पर््रदर्शन गर्न पाउने कसैको अधिकार पनि कुण्ठित हुननहुने स्पष्ट पारे ।
ओएचसिएचआरको गतिविध्रि्रति राष्ट्रिय मानवअधिकार आयोग र नेपाल सरकारका निकायहरुबाट सहयोग नभइरहेको भन्ने भनाई निराधार रहेको बताए । आफूहरुले आयोग र सरकारी निकायसंग समन्वय गरेरै काम गरिरहेको जानकारी गराए । ओएचसिएचआर नेपाल सरकारले माग गरेअनुरुप म्याण्डेट लिएर सक्रिय रहेको बताए ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।