Skip to main content

Posts

Showing posts from July 1, 2009

ब्रिज मेक अप कम्पटीसन

ब्रिज मेक अप कम्पटीसनको लागि पूर्व तयारी गर्दै र्याम्पमा हिडदै मोडलहरु । तस्बिर- उत्तम खडगी, काठमाडौंबाट

गोर्खा सैनिकको माग पूरा गराउन सुजाताद्धारा कुटनीतिक पहलको प्रतिवद्धता

काठमाडौं, २७ असार । परराष्ट्र्मन्त्री सुजाता कोइरालाले गोर्खा भूतपर्ूव सैनिकहरुको जायज माग पूरा गराउन आफूले कुटनीतिक पहल गर्ने बताएकी छिन् । मंगलवार ब्रिटिश गोर्खा भूतपर्ूव सैनिकसम्वद्ध सातवटा संस्थाका प्रतिनिधिसंगको भेटमा गोर्खा भूतपर्ूव सैनिकहरुको माग जायज भएकाले बेलायत सरकारसंग कुटनीतिक माध्यमले कुरा राख्ने बताएकी हुन् । भेटमा गोर्खा सैनिकहरुले आफूहरुको आन्दोलन जारी रहेको स्पष्ट पारेका थिए । संयुक्त ब्रिटिश गोर्खा भूतपर्ूव सैनिक संघ नेपालका अध्यक्ष प्रेम र्राईले आन्दोलन तुहाउन केही व्यक्ति लागेपनि अधिकार प्राप्त नभएसम्म सक्रिय भइरहने जानकारी गराएका थिए । सरकारले आफूहरुको माग पूरा गराउन सक्रियता र सहयोग नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए । मन्त्री कोइरालाले आफू गोर्खाहरुको समस्या र चुनौतीबारे जानकार भएको भन्दै कुटनीतिक रुपमा लाग्ने बताइन् । भेटमा समान पेन्सन, युद्धको समाप्तिपछि खाली खुट्टा र खाली हात घर फर्काइएका गोर्खाहरुलाई उचित क्षतिपूर्ति र पेन्सन, विधवाहरुलाई क्षतिपूर्ति र पेन्सन, १८ वर्ष नाघेका भूतपूर्व सैनिकका छोराछोरीहरुलाई आवाशीय भीसालगायतका मागहरु पूरा गर्न बांकी रहेकाले