काठमाडौं, २७ असार । परराष्ट्र्मन्त्री सुजाता कोइरालाले गोर्खा भूतपर्ूव सैनिकहरुको जायज माग पूरा गराउन आफूले कुटनीतिक पहल गर्ने बताएकी छिन् । मंगलवार ब्रिटिश गोर्खा भूतपर्ूव सैनिकसम्वद्ध सातवटा संस्थाका प्रतिनिधिसंगको भेटमा गोर्खा भूतपर्ूव सैनिकहरुको माग जायज भएकाले बेलायत सरकारसंग कुटनीतिक माध्यमले कुरा राख्ने बताएकी हुन् । भेटमा गोर्खा सैनिकहरुले आफूहरुको आन्दोलन जारी रहेको स्पष्ट पारेका थिए । संयुक्त ब्रिटिश गोर्खा भूतपर्ूव सैनिक संघ नेपालका अध्यक्ष प्रेम र्राईले आन्दोलन तुहाउन केही व्यक्ति लागेपनि अधिकार प्राप्त नभएसम्म सक्रिय भइरहने जानकारी गराएका थिए । सरकारले आफूहरुको माग पूरा गराउन सक्रियता र सहयोग नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए । मन्त्री कोइरालाले आफू गोर्खाहरुको समस्या र चुनौतीबारे जानकार भएको भन्दै कुटनीतिक रुपमा लाग्ने बताइन् । भेटमा समान पेन्सन, युद्धको समाप्तिपछि खाली खुट्टा र खाली हात घर फर्काइएका गोर्खाहरुलाई उचित क्षतिपूर्ति र पेन्सन, विधवाहरुलाई क्षतिपूर्ति र पेन्सन, १८ वर्ष नाघेका भूतपूर्व सैनिकका छोराछोरीहरुलाई आवाशीय भीसालगायतका मागहरु पूरा गर्न बांकी रहेकाले आन्दोलन जारी राख्नुपर्ने जानकारी गराइएको अध्यक्ष र्राईले बताए ।
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment