Skip to main content

Posts

Showing posts from December 3, 2009

हतियारसहित वाइसिएल र भारतीय नागरिक पक्राउ

वीरगंज, १८ मंसिर । हतियारसहित एक वाइसिएल र भारतीय नागरिक पक्राउ परेका छन्। आज दिउंसो ३ बजे भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेका सिन्धुलीको जरायोटार-२ बस्ने शेरबहादुर राना र भारत, मोतिहारी मलाही गाउंका कृष्ण यादवलाई प्रहरीले नियमित चेकजांच गर्ने क्रममा अवस्थामा वीरगंज-१९ इनरवाबाट पक्राउ गरेको हो। पक्राउ परेका राना वाइसिएल सिन्धुलीका एसिएम तथा पार्टी सदस्य रहेको प्रहरीले जनाएको छ। भारतको बेतिया नजिकैबाट रु १५ हजार ५ सयमा १ थान अमेरिकन पेस्तोल, २ थान म्यागजिन र सोमा लाग्ने १० वटा गोलीसहित प्रहरीले पक्राउ गरेको हो।

कांग्रेसका नेता देउवाद्वारा हेल्थ पोष्टको उदघाटन

बीरगंज १८ मंसिर। पर्साको निचुटा गाविसमा रहेको निचुटा हेल्थ पोष्टको एक समारोह बीच नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादु देउवाले उदघाटन गर्नु भएको छ। स्थानिय समाज सेवी प्रमेशवर चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी देउवाले हेल्थ पोष्टको उदघाटन गर्नु भएको हो। साथै हेल्थ पोष्टलाइ ५ कठा जग्गा प्रदान गर्ने गाविसका पूर्व गाविस अध्यक्ष शिव शंकर चौधरीलाई नेता देउवाले दोसल्ला ओर्ढाई सम्मान गर्नु भएको थियो।

१८ औ अन्तराष्टि्य अपागं दिवस

बीरगंज १८ मंसिर। १८ औ अन्तराष्टि्य अपागं दिवस आज बीरगंजको घण्टाघरमा एक समारोह बीच सम्पन्न भएको छ। मुल समारोह समिती पर्साको आयोजना भएको उक्त कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले अपागं दिवस दिवसमा मात्र नभई क्षेमता अभिवृद्धिमाको रुपमा मनाउनु पर्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा बोल्दै उहाले अहिलेका लागि सबै संस्था राजनितीक दल, नागरिक समाज एक हुनु पर्नेमा जोड दिदै एक भएमा मात्र अधिकार प्राप्ती हुने भएकाले सबै एक जुट हुन आग्ह गर्नुभयो। राष्टि्य मधेशी अपागं महासंघ पर्सा बीरगंजका केन्द्रिय अध्यक्ष प्रम नारायण झाको सभापतित्वमा सम्पन्न भएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते

बीरगंज १८ मंसिर। बाराको निजगठमा मोटरसाइकलले साइकल यात्रीलाइ ठक्कर दिदा १ जना घाइते भएका छन्। पर्ूवबाट पश्चिम तर्फजादै गरेको बा.१२.प ६४४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बााको डुमरवाना गाबिस ७ निवासी साइकलयात्री गोरख बहादुर आले घाइते भएका छन्। र्घाईते आलेको बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई बारा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।

जिशिअमा तालाबन्दी

बीरगंज १८ मंसिर। स्थानिय शिक्षक आन्दोलन जिल्ला कार्य स्थानिय शिक्षक आन्दोलन जिल्ला कार्य समिती पर्साले आज बिहान देखि जिल्ला शिक्षा कार्यालय पर्सामा तालाबन्दी गरेका छन्। स्थायि शिक्षक आन्दोलन केन्द्रिय संचालन समिती काठमायडौ, शिक्षक युनियन र शिक्षामन्त्रालयको बीचमा भएको सहमती बिपरीत स्थायि शिक्षकलाई खुल्ला प्रतिस्पर्धामा आफुहरुलाई निश्काशित गर्ने काम शिक्षा मन्त्रालयबाट भएको भन्दै बिरोध स्वरुप आज देश भरका सबै जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने निर्ण्र्ााअनुसार तालाबन्दी गरिएको स्थानीय शिक्षक आन्दोलन पर्साले जनाएको छ।

मेनरोडबाट टि्रपरको आवागमनले जनजीवन प्रभावित

वीरगंज, १८ मंसिर। रोडा ढुङ्गा लोड गरिएको टि्रपरहरु विगतमा ठुुला सवारीका लागि नै बनाईएको वीरगंजको बाईपास रोड भएर जाने गरेकोमा हालका दिनमा बीरगंजका मुख्य बजार क्षेत्रको मेनरोड भएर नै आवत जावत गरिरहेकोले सवारी दर्ुघटना हुने सभावना प्रवल भएको छ भने सो सडक छेउको भवनमा बसोवास गर्ने आम जनता दिन र रातको समयमा समेत सवारीको ध्वनी प्रदुषणका कारण शान्तिपर्ूण्ा बसोवास गर्न अर्समर्थ भएका छन। मालसामान ढुवानीको लागि वैकल्पिक बाटोको रुपमा बाईपास रोड हुँदाहुँदै वीरगंज बजार क्षेत्र भित्रको २४ घण्टा नै मानिसहरु आवागमन गर्ने सडक र बसोबास क्षेत्रमा रहेको साँगुरो सडकमा रोडा ढुङ्गा ढुवानी गर्ने टि्रपरहरुको आवागमनले सडक जाम हुनुका साथै दर्ुघटना हुने सम्भावना देखिन्छ। यस सम्बन्धमा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकरिया संग सर्म्पर्क गर्दा बजार क्षेत्रको सडक धरै सागुरो रहेको र सडकको तुलनामा साना सवारी चाप र जनसंख्या नै अत्याधिक रहेको अवस्थामा ठुला सवारीको आवगमनले खतराको संभावना बढनुका साथै जनजीवन समेत अस्तव्यस्त भएको छ।

कुटपिटबाट राउत गम्भीर

वीरगंज, १८ मंसिर । अज्ञात समूहले श्याम रबर कारखानामा कार्यरत गार्डलाइ कारखाना भित्र बांधेर कुटपिट गरेका छन्। गए राति २ बजे पर्साको मनीयारी बस्ने वर्ष ५५ को भरत राउत अहिरलाई वडा नं. ६ मा रहेको श्याम रबर कारखानामा राति २ बजे १०/१५ जना अज्ञात व्यक्तिहरुले बाधेर कुटपिट गरेका हुन्। घाइते अहिरको ना.उ.क्षे.अस्पताल बीरगंजमा उपचार भइरहेको छ भने कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ।

बेवारिसे अवस्थामा फेला परिएको बम डिस्पोज

वीरगंज, १८ मंसिर । बेवारिसे अवस्थामा फेला परेको बम प्रहरी र सेनाको संयुक्त टोलीले आज बिहान सवा ९ बजे डिस्पोज गरेको छ। बिहान ६ बजे बाराको गञ्जभवानीपुर-९ कच्ची सडकमा फेला परेको प्रेसर कुकर बम सुरक्ष्ँाकर्मीले सुरक्षति स्थानमा लगी डिस्पोज गरेको हो। बम राख्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । यसैवीच गए राति ७ः३० बजे पर्साको चोर्नी -२ मा रहेको हिमाल आइरन फयाक्ट्रीको गेट भित्र सकेट बम पड्किएको छ। बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

स्थानीय निकायमा कार्यरत कर्मचारीद्वारा आन्दोलनको घोषणा

वीरगंज, १८ मंसिर । स्थानीय निकायमा कार्यरत कर्मचारीहरुका आधारभूत पेशागत मागहरु पूरा नभएको विरोधमा संयुक्त दबावमूलक विरोधका कार्यक्रम र्सार्वजनिक गरेको छ। आज स्थानीय निकाय संयुक्त आन्दोलन केन्द्रिय समन्वय समिति काठमाण्डौ, नेपालले एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो। मंसीर २० गतेदेखि देश भरका स्थानीय निकाय -जिल्ला विकास समिति, नगरपालिका, गा.वि.स.हरु) का कार्यालय प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरी स्थानीय विकास मन्त्रालय फिर्ता गर्ने, कार्यक्रममा ऐक्यवद्धताका लागि स्थानीय निकाय संचालनका गठित संयन्त्र भित्रका प्रमुख राजनैतिक दल संग सम्वन्धीत सदस्यहरुलाई अनुरोध गर्ने, पत्रकार सम्मेलन, कोण सभा, अन्तक्रिर्या गर्ने, ५ वटै पेशागत संघ, संगठन, संस्थाको आपसी समन्वयमा क्षेत्रीय, जिल्ला तथार् इकाइ तहमा कार्यक्रम गर्ने, मंसीर ३० गतेदेखि अनिश्चित माग पूरा नभए सम्म देशभरका स्थानीय निकायहरु वन्द, पौष ५ गतेदेखि अनिश्चित कालसम्म अत्यावश्यक सेवा सहित देश भरका स्थानीय निकायहरु वन्द गर्ने उल्लेख छ ।

मधेश आन्दोलनको लागि तयार होउ- यादव

वीरगंज, १८ मंसिर । मधेशी जन अधिकार फोरम नेपालका महासचिव एवं सभासद रामसहायक यादवले भावी मधेश आन्दोलनको लागि तयार हुन आह्वान गरेका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले सरकार पार्टी विभाजन गर्ने प्रयासमा लागेको हुंदा आन्दोलनको घोषणा गरिएको बताएका छन्। साक्षात्कारमा फोरमले आन्दोलनको कार्यक्रम र्सार्वजनिक गरेको छ । आन्दोलन अर्न्तर्गत सोमवार वीरगंजमा विशाल जनसभा, विरोध सभा गरिने, विराटनगर, भैरहवा, पोखरा, कपिलवस्तु, बर्दिया, कैलाली लगायतका ठाउंहरुमा पनि सभाको आयोजना गरिने जानकारी गराइयो। यसैबीच संयुक्त मधेसी विद्यार्थीद्धारा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। एकिकृतको विद्यार्थी भातृसंगठनले तर्राई विर्द्यार्थी समाजले छैटौं अधिवेसन बन्द सत्रमा भइरको अवस्थामा अखिल क्रान्तिकारी र वाइसिएलले आक्रमण गरेको हुँदा सो आन्दोलन घोषणा गरेको हो । आक्रमणकारीले आम माथी, दोषि उपर कारबाही , घाइते विद्यार्थीलाई उचित क्षतीपूर्ति लयायतको माग राखेको छ। सो संघर्षका कार्यक्रमहरुमा यहि मंसिर १८ गते त्रिवि क्याम्पस बन्द गर्ने, १९ गते मधेसका क्याप्पसहरु बन्द गर्ने, २१ गते म

महिलाद्वारा ज्रि्रका पर्सा घेराउ

वीरगंज, १८ मंसिर । राष्ट्रपतिको असंवैधानिक कदम खारेज र नागरिक सर्वोच्चता कायम गर्न दबाब स्वरुप अखिल नेपाल महिला संघ -क्रान्तिकारी ) पर्साले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ। आज बिहान १० बजेदेखि १२ बजेसम्म संघका केन्द्रीय सदस्य शान्ति पौडेलको नेतृत्वमा धर्ना दिइएको हो। घेराउ अवधिभर कार्यालयभित्र छिर्न र निस्किन कसैलाई दिइएको थिइन् । पूर्व निर्धारित कार्यक्रम अनुसार आज देशभरिका जिल्ला प्रशासन कार्यालयहरु घेराउ गरिएको हो।

९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी

बारा, १८ मंसिर । बाराको अमलेखगञ्जस्थित श्री नेपाल माध्यमिक विद्यालयका ९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी पाइएको छ । सो विद्यालय स्थापना भएको पाँच वर्षपछि वि.सं. २०३३ सालमा विद्यालय हातामै तीनसय २४ ड्रममा ४० मेट्रिकटन विषादी भण्डारण गरेको कारण उनीहरुमा प्रतिकूल असर परेको हो । सो विद्यालयका अधिकाँश विद्यार्थीको शरीरमा विषादीको मात्रा उच्च पाइएको हालै गरिएको एक अध्ययनले देखाएको छ । सो विद्यालयका ९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । भारत लुधियानास्थित गुरु अङ्गद देव भेटेनरी एण्ड एनिमल साइन्स युनिभर्सिटीबाट भेटेनरी जनस्वास्थ्यमा स्नातकोत्तर उत्तीर्ण डा. शीतलकाजी श्रेष्ठले विषादी भण्डारणस्थल नजिकको विद्यालयका सात शिक्षक तथा ४३ विद्यार्थीमाथि २०६५ पुसमा अनुसन्धान गरेका थिए । वि.सं. २०३४ देखि बिषादी भण्डारण गरिएकोले विद्यार्थी तथा स्थानीयवासिन्दाहरु मन्दवीषका कारण बिस्तारै अस्वस्थ्य हुँदै गइरहेका र कक्षा १० मा अध्ययनरत् छात्रा सरोदा ठकुरीको मृत्युसमेत भएको विद्यालयका लेखापाल तथा स्थानीय पुष्पा केसीले बताईन् । अमलेखगन्जका बासिन्दा तथा श्री नेपाल माध्यामि

एमाले क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न

बारा, १८ मंसिर। नेकपा एमाले क्षेत्र नम्बर ३ बाराको प्रथम क्षेत्रीय अधिबेशन आज सम्पन्न भएको छ। कलैया नगरपालिको सभाहलमा सम्पन्न सो क्षेत्रीय अधिबेशनले बिनोद साहको अध्यक्षतामा निर्बिरोध ३१ सदसिय क्षेत्रीय कमिटि गठन गरेको छ। कमिटिको उपाध्यक्षमा धुरी यादव - ध्रुव ) सचिवमा रबिन्द्र साह र उपसचिवमा शेषनाथ कुशवाहा रहनु भएको छ। यसैगरी सदस्यहरुमा रामप्रबेश साह, कुशेश्वर साह, शर्मा बैठा, कपिलदेव साह, ध्रुव यादव, बच्चा गीरि, नुरहसन मियाँ, अमिर हवारी, एमामुलहक अंंसारी बीरेन्द्र यादव, रामचन्द्र राम, जवाहीर पटेल, जवाहीर अंसारी, स्यब मन्सुर, रामचन्द्र यादव, लगायतका रहनु भएको छ। अध्यानन्द पाण्डेको अध्यक्षतामा सम्पन्न सो अधिबेशनको उदघाटन शत्रमा महमुद आलम, अच्युत मैनाली, पुरुषोतम पौडेल, पलट चौधरी, बलबिर चौधरी, सुन्दर बिश्वकर्मा, श्रीप्रसाद पासवान, सीता गुरुङ्ग, भरत खडका, कृष्ण पौडेल, रामचन्द्र प्यासी, मखन पासवान, राजमहमद राय लगाएतकाले सम्बोधन गर्नु भएको थियो।

क्रान्तिकारी पत्रकार संघद्वारा विरोधको कार्यक्रम र्सार्वजनिक

वीरगंज, १८ मंसिर। क्रान्तिकारी पत्रकार संघ, नेपाल केन्द्रीय समितिको मंसिर १० गते बैठक सम्पन्न भयो। संगठनका संयोजक महेश्वर दाहालको अध्यक्षतामा सम्पन्न बैठकका निर्णयहरुको आज र्सार्वजनिक गरे्को छ। नागरिक सर्वोच्चता कायम गर्नुपर्ने, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने, कृष्ण सेनसहितका पत्रकारका हत्याराहरुमाथि कारबाही हुनुपर्नेलगायतका मागलाई लिएर विरोध कार्यक्रम तय गरिएको छ। जसअनुसार यही मंसिर २१ गते बिहान ८ बजेदेखि देशैभरि विरोध र्‍यालीको आयोजना गरिनेछ। काठमाडौं उपत्यकामा बिहान ८ बजे रत्नपार्कको शान्ति बाटिकाबाट जुलुस सुरु भई बागबजार, पुतलीसडक पर््रदर्शनीमार्ग हुँदै भद्रकालीमा समापन गरिनेछ। देशका हरेक जिल्ला सदरमुकामहरुमा विरोध र्‍याली आयोजना गरिनेछ। यसैगरी संगठनका मागहरुलाई लिएर अन्तरक्रिया, छलफललगायतका कार्यक्रमहरु गरिनेछ। त्यसैगरी सम्मेलन गर्न बाँकी जिल्ला र राज्यहरुमा आगामी पुस मसान्तसम्म सम्मेलन गरिसक्ने निर्णय गरिएको कार्यालय सचिव दीपक सापकोटाले जानकारी गराएको छ।