वीरगंज, १८ मंसिर। क्रान्तिकारी पत्रकार संघ, नेपाल केन्द्रीय समितिको मंसिर १० गते बैठक सम्पन्न भयो। संगठनका संयोजक महेश्वर दाहालको अध्यक्षतामा सम्पन्न बैठकका निर्णयहरुको आज र्सार्वजनिक गरे्को छ।
नागरिक सर्वोच्चता कायम गर्नुपर्ने, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने, कृष्ण सेनसहितका पत्रकारका हत्याराहरुमाथि कारबाही हुनुपर्नेलगायतका मागलाई लिएर विरोध कार्यक्रम तय गरिएको छ। जसअनुसार यही मंसिर २१ गते बिहान ८ बजेदेखि देशैभरि विरोध र्यालीको आयोजना गरिनेछ। काठमाडौं उपत्यकामा बिहान ८ बजे रत्नपार्कको शान्ति बाटिकाबाट जुलुस सुरु भई बागबजार, पुतलीसडक पर््रदर्शनीमार्ग हुँदै भद्रकालीमा समापन गरिनेछ। देशका हरेक जिल्ला सदरमुकामहरुमा विरोध र्याली आयोजना गरिनेछ। यसैगरी संगठनका मागहरुलाई लिएर अन्तरक्रिया, छलफललगायतका कार्यक्रमहरु गरिनेछ। त्यसैगरी सम्मेलन गर्न बाँकी जिल्ला र राज्यहरुमा आगामी पुस मसान्तसम्म सम्मेलन गरिसक्ने निर्णय गरिएको कार्यालय सचिव दीपक सापकोटाले जानकारी गराएको छ।

Comments
Post a Comment