Skip to main content

Posts

Showing posts from December 6, 2009

पूर्वराजा ज्ञानेन्द्र दिल्लिमा

-मातृका दाहाल- काठमाडौं, २१ मंसिर। पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल तथा आफ्ना अन्य सहयोगीका साथ आइतवार भारतको राजधानी नयांदिल्ली प्रस्थान गरेका छन्। आइतवार दिउंसो तीन वजे जेट एयरको विमानवाट दिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्रका साथमा उनका नीजि सचिव सागर तिमल्सिना,अंग रक्षक श्र्रीजन तिमल्सिना लगायत रहेका छन। भारतको उडिसामा आफ्ना फूपूका छोराकोे विवाह समारोहमा सरिक हुन त्यसतर्फप्रस्थान गरेका ज्ञानेन्द्र करिव एक महिना भारतमा रहने पूर्वराजा निकट श्रोतले जनाएको छ। उनी आफ्ना फूपुका छोराको विवाहमा सरिक हुंन भारत गएका हुंन्। उनको भारत भ्रमण नितान्त पारिवारिक भनिएपनि भारतमा रहंदा उनले भारतका प्रधानमन्त्री मनमोहन सिंह,सत्तारुढ गठवन्धन कांगे्रस आइकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, विपक्षि दलका नेता लालकृष्ण आडवाणी लगायत भारतीय उच्च स्तरीय व्यक्तित्व हरुसंग पनि भेटघाट हुनसक्ने स्रोतले जनायो। पूर्वराजाको भारत भ्रमण सके लगत्तै उनको युरोपका विभिन्न मुलुककोे समेत भ्रमण हुनसक्ने स्रोतले जनायो। संविधान सभाको पहिलो वैठकले दर्ुइसय चालीस वर्षपुरानो

माओवादी बन्दका कारण संबिधान सभा प्रभावित

-मातृका दाहाल- काठमाडौं, २१ मंसिर। एकिकृत माओवादीको एकदिने नेपाल बन्दका कारण आइतवार बस्ने भनिएको संविधानसभा लगायत विभिन्न समितिहरुका बैठक स्थगित भएका छन्। कैलाली घटनामा प्रहरी प्रशासनले सुकुम्वासीमाथी निर्मम पर्ूवक दमन गरेको भन्दी माओवादीले आइतवार एक दिने नेपाल बन्द आहृवान गरेपछि संविधान सभाको बैठक सोमवार सम्मकालागि स्थगित भएको संविधान सभा सचिवालयले जनाएको छ। बन्दले गर्दा संविधानसभा भवन नया“ वानेश्वरमा माओवादीका सभासद्हरु अनुपस्थित रहेपछि बैठक स्थगित गरिएको हो। माओवादी बन्दले गर्दा अन्य दलका सभासद्हरुपनि समयमा आउन नसेपछि कार्यव्यवस्था पर्रार्मश समितिको बैठकले संविधान सभाको बैठक सूचना टासी स्थगित गरिएकोे सचिवालयले उल्लेख गरेको छ।माओवादी वन्दका कारण आइतवार पहिलो पटक संविधानसभा वैठक स्थगित भएको हो। यसैगरी संविधान सभा अर्न्तगतको संवैधानिक समितिको बैठकपनि माओवादीका तर्फाट संवैधानिक समितिमा रहेका सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ। संवैधानिक समितिले जनाएअनुसार बैठकमा माओवादीका सभासद्हरु नआएपछि बैठक स्थगित गरिएको हो। त्यस्तै माओवादीको बन्दका कारण संसद अर्न्तगतको

सरकारलाई सडकबाटै वर्खास्त् गर्र्छौ - रायमाझी

सडकबाट हटाउन सम्भव छैनः कांग्रेस एमाले नेताहरु काठमाडौं, २१ मंसिर। एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारलाई सडकबाटै बर्खास्त गर्ने चेतावनी दिनुभएको छ। रिपोर्र्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले सहजरुपमा प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने ठोकुवा गर्दै सडक आन्दोलनबाट ढाल्ने चेतावनी दिनुभएको हो। 'हामी मिति नै त तोक्दैनौँ, तर सडक आन्दोलनको एउटा उत्कर्षछि सरकारलाई ज्ञानेन्द्र हटाएजस्तै गरी हटाइदिन्छौँ' क्लब अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेता रायमाझीले भन्नुभयो, 'जसरी ज्ञानेन्द्रलाई सत्ताच्युत गर्‍यौँ, यसलाई पनि त्यसै गरिदिन्छौँ। त्यसबाहेक हामीसँग अब अर्को बिकल्प छैन। माधव नेपालको हालत पनि छिट्टै ज्ञानेन्द्रको जस्तै हुनेछ।' कैलाली घटना नियोजित र षड्यन्त्रमूलक ढंगले सरकारद्धारा सिर्जना भएको भन्दै नेता रायमाझीले यसको सम्पर्ूण्ारुपमा दोषी सरकार रहेको आरोप लगाउनुभयो। 'यो घटना देशका लागि कलंक र दर्ुभाग्यको पराकाष्टा भएको छ, देश विदेशका माओवादी विर

उद्योगी व्यापारीका बीच कालीदास बाबा

वीरगंज, २१ मंसिर/ उद्योग वाणिज्य संघमा सन्त श्री कृष्णानन्द परमहंस श्री १००८ स्वामी श्री कालीदास बाबाको एक समारोह बीच सम्पन्न भयो। उद्योग, व्यापार, कृषि लगायतका क्षेत्रको विकासबाट मात्रै राष्ट्रको समुन्नति हुन सक्ने भएकोले यी क्षेत्रहरुको समुचित विकासमा सबै पक्ष लाग्नुपर्ने उपदेश बाबाले व्यक्त गर्नुभएको थियो। मुलुकमा व्याप्त अराजकता, उदण्डतालाई सदाका लागि समाप्त गर्न हामी सबै बीच एकता, अखण्डता, भाइचारा र शिष्टाचारको आवश्यकता रहेको बाबाले बताउनुभयो। उहाँले शान्ति सुव्यवस्था आजको प्रमुख आवश्यकता भएकोले हामी सबैले मिलेर शान्ति स्थापनामा लाग्नुपर्ने धारणा समेत राख्नु भएको थियो। उक्त समारोहमा संघका कार्यवाहक अध्यक्ष श्री गोपाल केडियाले स्वागत मन्तव्य गर्दै बाबाले देखाउनु भएको मार्ग र्सब प्राणीका लागि उपयोगी हुने बताउनुभयो। संघका सचिव दीपक टिबडेवालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहको संचालन मनोज उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा स्थानीय उद्यमी, व्यवसायी लगायत विभिन्न क्षेत्रका महानुभावहरुको बृहत् उपस्थिति

सरकार विकास निर्माणमा प्रतिबद्ध

रौतहट, २१ मंसिर । प्रधानमन्त्री माधवकुमार नेपालले सरकार विकास निर्माणको कार्यमा प्रतिबद्ध रहेको बताएका छन्। आज रौतहटको सरुठआ गाविसमा मोटर पुलको उद्घाटन गर्दै उनले मुलुकको प्रमुख समस्या समाधान गर्न सरकार लागि परेको बताए। नेकपा एमाले रौतहटको सातौं जिल्ला अधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री नेपाल रौतहट पुगेका छन्।

तीन दिने निशुल्क उपचार शिविर

वीरगंज, २१ मंसिर । इम्प्याक्ट नेपालको सहयोगमा हात-खुट्टा बाङ्गो, पोलियो, हात जोर्नीमा इन्फेक्सन भएको रोगीहरूको निःशुल्क अप्रेशन शिविर आजदेखि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा सुरु भएको छ। मंसिर २३ गते हुने सो शिविरमा पीडित रोगीहरुको निशुल्क अप्रेसन तथा बिना अप्रेशन वा प्लाष्टरद्वारा उपचार गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। सो शिविरमा नेपालको पर्सर्ााबारा, रौतहट र्सलाही तथा भारतको बिहारबाट रोगीहरु आइपुगेका छन्। तीन दिनसम्म हुने सो शिविरमा सम्पूर्ण गरिब असहायहरुले लाभ उठाउन आह्वान समेत गरेको छ।

माओवादी- प्रहरीबीच झडप, एक दर्जन घाइते

वीरगंज, २१ मंसिर। एनेकपा माओवादीले आहवान गरेको एक दिने नेपाल बन्दको क्रममा माओवादी र प्रहरीबीच झडप हुंदा एक दर्जनभन्दा बढी घाइते भएका छन्। आज बिहान वीरगंजको घण्टाघरमा माओवादीले टायर बाल्दा प्रहरीले लाठीचार्ज गरेपछि हीरा साह, विकास साह, गगन देव पटेल, मुक्ति साह, प्रभाकर गुप्ता, इसरायल मियां, रन्जय साह, मनोज कुमार, सुरेन्द्र गुप्ता लगायत घाइते भएका छन्। घाइतेहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। बन्दको क्रममा वीरगंज बजार ठप्प भएको छ भने छिटपुट मोटरसाइकल संचालनमा आएका छन्।

पुस ५-७ गतेसम्म आम हडतालको आहवान

वीरगंज, २१ मंसिर। संयुक्त राष्ट्रिय जनान्दोलन नेपालले तेश्रो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दै पुस ५,६ र ७ गते देशव्यापी आमहडतालको आहवान गरेको छ। आज प्राप्त एक प्रेस विज्ञप्ति अनुसार मंसिर २१ गते पत्रकारहरुको तर्फाट बिहान ८ बजे देशभर र्‍याली, मंसिर २२ गते देशव्यापी शिक्ष्ँण संस्था बन्द, देशभरका मुख्य मुख्य भन्सार कार्यालयमा दुइ घण्टा घेराउ, मंसिर २३ गते अर्थ मन्त्रालय र देशभरिका कोष तथा लेखा नियन्त्रण कार्यालय घेराउ, २४ गते उद्योग कलकारखाना र यातायात हडताल, २६ देखि इलामदेखि कंचनपुरसम्मको अन्तराष्ट्रिय सीमा अवलोकन अभियान, ३० सरकारी प्रति जग्गा वितरण, पुस ४ गते देशव्यापी संयुक्त मशाल जुलुस गर्ने उल्लेख छ।

मंसिर २४ गते उद्योग, प्रतिष्ठान र यातायात हडताल

वीरगंज, २१ मंसिर। अखिल नेपाल टे्रड युनियन महासंघले मंसिर २४ गते देशव्यापी उद्योग, व्यापारिक प्रतिष्ठान र यातायात हडतालको घोषणा गरेको छ। मजदूरहरुको तलबमा ४० प्रतिशत र महंगी भत्ता १०० प्रतिशत वृद्धि गराउन मांग गर्दै अनेटे्रयु महासंघले हडतालको आह्वान गरेको हो।

हेटौंडाका युवाहरुको प्रयासमा चलचित्र निर्माण

-प्रकाश दाहाल- हेटौंडा, २१ मंसिर । हेटौंडाका केहि उत्साहित युवाहरुको एक समुहले हेटौंडामा नै चलचित्रको निर्माण सुरु गरेका छन्। अनम्याचुअर फिल्म मर्ेकर्सको ब्यानरमा निर्माण हुन थालेको नेपाली कथानक चलचित्र प्लानको आज रेडियो मकवानपुरका रेडियो प्रसारण समिति सहसंयोजक रीपेश दाहालले फरेष्ट्रि याम्पसको प्राङगणमा नरीबल फुटाएर सुभमर्ुहुत गरेका छन्। नेपाली चलचित्र छोडिगए पाप लाग्ला तथा टेली श्रृङखला भैगोनित चलचित्रमा अभिनय गरीसकेका लेखक, कलाकार तथा निर्देशक बिशाल सापकोटाका अनुसार पैसाको लासि मान्छेले के सम्म गर्न सक्छ भन्ने कुरा नै चलचित्र प्लानको मुल बिषयबस्तु भएको बताएका छन्। यसअघि पनिे २० मिनेटको लघुचलचित्र पर्फेक्ट मडर बनाईसकेको युवाहरुले अहिले कथानक चलचित्र बनाउन थालेका हुन्। यो चलचित्रमा निर्देशक सापकोटा, धर्मेन्द्र दाहाल, नबराज तिमील्सीना, बिकास उप्रेति, राज केशरी, विक्रम लामा तथा रोजिना कँडेल लगायतकाले अभिनय गर्ने भएका छन्। यो चलचित्रका गित, संगित, कथा, पटकथा, द्वन्द सबै आफूहरुले नै गर्ने चलचित्रका कलाकार धर्मेन्द्र दाहालले जानकारी दिए। युवाहरु सबैको साझा लगानी रहेको चलचित्र २०६७ सालको सुर

न्याय माँग्दा प्रहरीबाटै दुर्व्यबहार

-यादव चौलागाई- हेटौँडा,२१ मंसिर/मकवानपुरको सदरमुकाम हेटौडा बजारका एक ब्यबसायीले न्याय माग्न जिल्ला प्रहरी कार्यालय जादाँ प्रहरीबाटै दर्ुर्व्यबहार भोगेका छन्। श्ानिबार ३ बजेतिर पसलमा आएका एक व्यक्तिले दिएका आइसी रुपैयाँमा शंका लागेर बुझ्न खोज्दा ती व्यक्तिले कुटपिट गर्ने धम्की दिएपछि बानिया प्रहरीकोमा गएका थिए। आफूलाई भूपू प्रहरी बताउने ति व्यक्तिले बानियाले पैसा साटेको प्रहरीमा बताएपछि प्रहरीले बानियालाई न्याय दिनुको सट्टा दुर्व्यबहार गरेको उनले बताए। प्रहरी सहायक निरीक्षक विश्व विकले कुटेर खोरमा थुनिदिने धम्की दिएको बानियाले बताउदैँ व्यापार गरि खानेलाई प्रहरीले आरोप लगाएर दुर्व्यबहार गरेको उनले बताएका छन्। जो रक्षक उही भने झै न्याय माग्दा दुर्व्यबहार भोग्नुपर्छ। उनले भने - आगामी दिनमा प्रहरीले न्याय माग्नेलाई दर्ुर्व्यबहार नगरोस। २०६२ सालदेखि व्यापारमा लागेका उनी स्थानिय कलाकार समेत हुन्।

बन्दको पूर्ण प्रभाव मकवानपुरमा पनि

-यादव चौलागाई- हेटौँडा,२१ मंसिर/एकीकृत नेकपा माओवादीले आज गरेको बन्दको पुर्ण प्रभाव मकवानपुरमा पनि परेको छ। बन्दका कारण सञ्चार तथा अति आकस्मीक यातायात्का साधन समेत चलेका छैनन। विआनैदेखी सदरमुकाम हेटौडा बजारमा एकिकृत माओवादीका कार्यकर्ताले विरोध पर््रदर्शन गरीरहेका छन। विहानदेखी नै तालिम प्राप्त वाइसिएलका कायर्कताहरु ल्ााठी बोकेर प्रदर्शनमा उत्रेका छन। जसका कारण वजार पूर्ण रुपमा बन्द भएको छ। यसै विच बन्दमा झडप हुने स्थिती देखेपछि दगां नियन्त्रण प्रहरी हरु ब्यापक रुपमा परिचालित गरीएको मकवानपुरका प्रमुख जिल्ल्ाा अधिकारी रुद्र पोडेलले बताउनु भएको छ। तनाव नियन्त्रणका लागी ३ सय भन्दा बढी प्रहरीहरु परीचालीत छन्।

वन फडानी गरेर सुकुम्बासीका नाममा बस्ती बसाउने प्रयासको भर्त्सना

वीरगंज, २१ मंसिर। कैलाली जिल्लाको बलिया गाविसमा मंसीर १९ गते भएको घटनाको थारु कल्याणकारिणी सभा घोर निन्दा गर्दै थरुहट क्षेत्रको वन फडानी गरेर सुकुम्वासीका नाममा वस्ती बसाउने जुन प्रयाशप्रति घोर भत्सर्ना गरेको छ। सभाका महामन्त्री राजकुमार लेखीले जारी गरेको प्रेस विज्ञप्तिमा कैलालीको घटना सुकुम्वासीका नाममा वन क्षेत्र अतिक्रमण गरी मानव वस्ती बसाउने दुष्प्रयाश र सो वस्ती उठाउने क्रममा सरकारले गरेको दमनका कारणले भएको स्पष्ट भइसकेको उल्लेख छ। विज्ञप्तिमा थरुहट तर्राई प्रदेशमा पहाडबाट जनसं्ख्या र्सार्ने तथा भारतबाट नागरिकता दिएर आप्रवासी बढाउने सरकार तथा विभिन्न राजनीतिक दलको प्रयाशको हामी कडा विरोध गर्दछौं। यस अघि पश्चिम सेती जलविद्युत आयोजनाबाट विस्थापित हुनेहरुलाई कैलालीमा बसोबास गराउने सरकारी प्रयाशको पनि हामीले कडा विरोध र संर्घष्ा गरेको स्मरण गराउँछौं। विस्थापितका नाममा होस् या सुकुम्वासीका नाममा होस्, थरुहट क्षेत्रमा पहाडी र मधेशीको जनसंख्या बढाएर थारु तथा अन्य स्थानिय आदिवासीलाई अल्पसंख्यकमा पार्ने षडयन्त्र तत्काल बन्द गर्न पनि हामी सम्बन्धित सबैलाई चेतावनी दिन चाहन्छौं। यसका