Skip to main content

पूर्वराजा ज्ञानेन्द्र दिल्लिमा

-मातृका दाहाल-
काठमाडौं, २१ मंसिर। पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल तथा आफ्ना अन्य सहयोगीका साथ आइतवार भारतको राजधानी नयांदिल्ली प्रस्थान गरेका छन्।
आइतवार दिउंसो तीन वजे जेट एयरको विमानवाट दिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्रका साथमा उनका नीजि सचिव सागर तिमल्सिना,अंग रक्षक श्र्रीजन तिमल्सिना लगायत रहेका छन।
भारतको उडिसामा आफ्ना फूपूका छोराकोे विवाह समारोहमा सरिक हुन त्यसतर्फप्रस्थान गरेका ज्ञानेन्द्र करिव एक महिना भारतमा रहने पूर्वराजा निकट श्रोतले जनाएको छ। उनी आफ्ना फूपुका छोराको विवाहमा सरिक हुंन भारत गएका हुंन्।
उनको भारत भ्रमण नितान्त पारिवारिक भनिएपनि भारतमा रहंदा उनले भारतका प्रधानमन्त्री मनमोहन सिंह,सत्तारुढ गठवन्धन कांगे्रस आइकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, विपक्षि दलका नेता लालकृष्ण आडवाणी लगायत भारतीय उच्च स्तरीय व्यक्तित्व हरुसंग पनि भेटघाट हुनसक्ने स्रोतले जनायो।
पूर्वराजाको भारत भ्रमण सके लगत्तै उनको युरोपका विभिन्न मुलुककोे समेत भ्रमण हुनसक्ने स्रोतले जनायो। संविधान सभाको पहिलो वैठकले दर्ुइसय चालीस वर्षपुरानो राजतन्त्रको अन्त्य गरेपछि सामान्य नागरिक सरह जीवन यापन गरिरहेका पूर्वराजा यसअघि गतवर्षआफन्तकै विवाह समारोमा सहभागी हुंन भारत गएका थिए।
गत वर्षभारत भ्रमणमा रहंदा उनले कांग्रेस आईकी अध्यक्ष गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, लगायतका नेता हरुसंग भेटघाट गरेका थिए।
पूर्वराजा भारत भ्रमणमा निस्कनु अघि सयौंको संख्यामा रहेका राजावादीले निर्मल निवास तथा त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल गेट वाहिर राजा आउ, देश वचाउ भन्दै राजसंस्थाको पक्षमा नारावाजी गरेका थिए।
माओवादीले आहृान गरेको एकदिने नेपालवन्दको वावजुद पनि उल्लेख्य मात्रामा राजावादीहरु निर्मल निवास र विमानस्थल वरपर पूर्वराजाको स्वागतार्थ भेला भएका थिए।
माओवादीको एकदिने नेपाल वन्दका कारण सवारी साधन आवागमनमा अवरोध भएको भएपनि शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको स्कटिङवाट पूर्वराजा विमानस्थल पुगेका थिए।
यसैबीच पूर्वराजाको भारत भ्रमण हुनु एकदिन अगावै शनीवार नै उनका सहयोगी भरतकेशर सिंह र प्रभाकर शमशेर राणा दिल्लि पुगिसकेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।