Skip to main content

Posts

Showing posts from January 17, 2010

मधेशी जन अधिकार फोरमको आन्दोलन सुरु

वीरगंज, ३ माघ । मधेशी जनअधिकार फोरम नेपालले पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आजदेखि तराइको जिल्लमा आन्दोलन सुरु गरेको छ।     विगतको सहमति कार्यान्वयनको मांग गर्दै आज मधेशी जन अधिकार फोरम पर्साका जिल्ला अध्यक्ष शशी कपुर मियांले प्रमुख जिल्ला अधिकारी यादब कोइरालामार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र बुझाएको हो।     आन्दोलनको पहिलो चरण अन्तर्गत आज फोरमले विभिन्न जिल्ला प्रशासनहरूमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो।     फोरमले समग्र मधेस प्रदेशको माग गर्दै  मधेश प्रदेशको आन्दोलनलाई मधेशको राष्ट्रिय स्वधीनताको आन्दोलनसंग समेत जोडेर आन्दोलन सुरु गरेको हो।

दिप-ज्योति समूह बहराइनको प्रथम साधारण सभा सम्मन्न

-दिपक नेपाल, बहराइन, ३ माघ। बहराइनको सीत्रा स्थित मोःमो एण्ड क्याटरीङ्ग सेन्टरको हलमा यही १५ जनवरी २०१० का दिन दिप-ज्योति समूह बहराइनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ। उक्त साधारण सभाको सभापति सोही समूहकी अध्यक्ष श्रीमती कृष्णकुमारी बिष्टले गर्नु भएको थियो। भने प्रमुख अतिथी नेपाली क्लब बहराइनका अध्यक्ष श्री दर्ुगा गिरी हुनुहुन्थ्यो। अतिथीहरुमा एनआरएनए आइसीसी का सदस्या निलेसमान सिह प्रधान, म्याग्दी उद्दार समितिका उपाध्यक्ष भेष बहादुर सेन, युनिटी लाइफ एसोरेन्स बहराइनका अध्यक्ष श्री छबीलाल बीक लगायत बिभिन्न संस्थाका प्रतिनिधीहरु हुनुहुन्थ्यो। आफ्नो मनतव्य दिने क्रममा बिभिन्न संस्थाका प्रतिनिधीले यस संस्थाले छोटो समयमा गरेको उल्लेखनीय कार्यहरुको प्रसंषा गर्नु भएको थियो। उक्त समूहका महासचिव श्री सुवाष हमालले उक्त सभा सञ्चालन गर्नु को साथै सो समूहको वाषर्ीक गतीविधी पनि प्रस्तुत गर्नु भएको थियो। भने उक्त समूहका सदस्यहरुलाई सदस्यता पत्र म्याग्दी उद्दार समितिका उपाध्यक्ष भेष बहादुर सेनले बितरण गर्नु भएको थियो। रेडीयो नेपालका गायक बीर ध्वज सिवा लगाएत स्थानीय कलाकारहरुले आ-आफ्नो कला प्र

दैनिक ९ घण्टा लोडसेडिङ, सवै मर्कामा

वीरगंज, ३ माघ । विद्युत प्राधिकरणले आजदेखि ९ घण्टा विद्युत आपूर्ति कटौति गर्ने भएपछि सर्वसाधारणदेखि उद्योगी व्यापारीहरु झन मर्कामा परेका छन्। नयां सूची अनुसार ४ र ५ गरी दिनमा दुइ पटकमा ९ घण्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जानकारी गराएको छ। यसबाट संचारकर्मी, सर्वसाधारण, उद्योगी, व्यापारी, कलकारखानाहरुलाइ कति ठूलो पीडा दिएको छ त्यो भनि साध्य छैन। यसअघि सातामा ५ दिन ५ घण्टा र २ दिन २ घण्टा लोडसेडिङ हुनेगरेको थियो ।

गैरसरकारी संस्थालाइ पर्साको वैरिया, विर्ता, दापुमा प्रवेश रोक

वीरगंज, ३ माघ । सर्वसाधारणलाइ विभिन्न प्रलोभनमा पारेर आफनो दुनो सोझयाउने गैरसरकारी संस्थालाइ पर्साको वैरिया, विर्ता, दापु गाउंमा प्रवेश रोक लगाएको छ। आज सो गाविसका नायब सुब्बा एवं गाविसका सचिव रामजोगिन्द्रप्रसाद साहले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यस्ता गैरसरकारी संस्थाहरु यस गाविसमा आउंदा गाविसको स्वीकृति लिई मात्र आउने र सवै कार्य पारदर्शी नभएसम्म रोक लगाउने शनिवार पार्टी प्रतिनिधिहरुको संयुक्त बैठकले निर्णय गरेको उल्लेख छ। पर्सा जिल्लाको वैरिया विर्ता, दापुमा केही गैरसरकारी संस्थाहरुले गाविसमा कार्यक्रमको प्रलोभन देखाइ गाविसका सर्वसाधारण जनताहरुको नाममा आफूले विदेशी रकम खाने र मोटो रकम कमाउनुको साथै कमिशन खाइ, दुइ चार ठाउमा नोकरी गर्ने, आफनो नातेदार, खुसामद गर्ने व्यक्तिलाई काममा लगाउने, झूटो आश्वासन बांडदै हिंड्ने काम गरेकोमा उनीहरुलाई गाउं प्रवेशमा रोक लगाएको विज्ञप्तिमा उल्लेख छ।

महाशिवरात्री महामहोत्सव महा-यात्रा

वीरगंज, ३ माघ। महाशिवरात्री महामहोत्सव महा-यात्रा २०६६ आजदेखि प्रारम्भ भएको छ। आज बिहान वीरगंजमा निस्किएको १००८ कलशद्वारा नगर परिक्रमा गराइएको थियो। वीरगंजको नेशनल मेडिकल कलेज, वीरगंजको दक्षिण पवित्र सिंघिया नदीको किनारमा यस वर्ष विश्वकै इतिहासमा प्रथम पटक श्री महाशिवरात्री महामहोत्सव महायात्रा २०६६ मनाइने भएको छ। महायात्रामा १००८ देव-देवताको मूर्तिहरू एवं विश्वप्रसिद्ध १२ ज्योर्तिलि·हरूको एकै स्थानमा दुर्लभ दर्शनको व्यवस्था एवं शिव महायज्ञको शुभारम्भ गरिने पुण्य कार्यमा समस्त धर्मावलम्बीहरूलाई आयोजक संस्थाले आमन्त्रण गरेको छ। माघ २७ गतेसम्म देवीदेवताका १००८ मूर्ति र प्रसिद्ध १२ ज्योतिलि·हरूको प्रदर्शनी, माघ २८ गते सम्पूर्ण मूर्तिलाई पशुपतिनाथ मन्दिरमा समाहित गर्न महायात्रा चलाइने आयोजकले जनाएको छ।

जग्गाको मूल्य घट्ने संकेत

वीरगंज, २ माघ। वीरगंज नगर क्ष्ँेत्रभित्रको जग् गाको मूल्य एक्कासी घट्न थालेपछि अहिले जग्गाको कारोबार गर्ने कारोबारीहरु बिचल्लीमा पर्ने भएको बुझिन आएको छ। विगत समय जग्ग्ाामा आंखा चिम्लेर स्थानीय बैंकहरुले लगानी गर्ने गरेको कारण प्रत्येक घरजस्तोमा जग्गाको कारोबार गर्ने व्यक्तिहरु देखिने गरेको अवस्था अब बैंकले जग्ग्ाामा लगानी गर्न रोक लगाएपछि नरहने बताइंदैछ। वीरगंज नगरमै ठूलो रुपमा जग्गाको काम गर्ने केही कारोबारीहरुलाई बैंकले लगानी गर्न नमानेपछि अब तिनीहरुले व्यक्तिहरुको जग्गामा बैना गरेको रकम डुब्ने निश्चित भएको बताइंदैछ। भनिन्छ यस्ता कारोबारीहरु वीरगंजमा दुइ-तीनजना रहेका छन् भने तिनीहरुको तीन-चार करोड रकम जग्गा बैना वापत फसेको छ। स्थानीय जग्गा खरिद-बिक्री गर्ने कारोबारीहरुको बैना गरिएको जग्ग्ाामा वीरगंजका बैंकहरुले लगानी गर्न नमानेपछि अहिले ती जग्गाका कारोबारीहरुको बैना रकम समेत डुब्ने भएको भरपर्दो स्रोतबाट बुझिन आएको छ। बैंकले जग्गामा लगानी गर्न कम गरेपछि अहिले वीरगंज नगर क्षेत्रको जग्गाको मूल्य समेत ओरालो लाग्न थालेको जग्गाका कारोबार गर्नेहरुले बताएका छन्।

नेपाल पत्रकार महासंघ ९ जिल्लाको ध्यानाकर्षण

वीरगंज, ३ माघ। नेपाल पत्रकार महासंघ कैलाली, बझाङ, डोटी, कञ्चनपुर, दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडी र अछामले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी डेढ बर्षअघि कैलालीका पत्रकार जेपी जोशी-जगतप्रसाद जोशी पण्डित)को सम्बन्धमा सरकारद्धारा गठित जेपी जोशी हत्या जाँचबुझ आयोगले छानबिनका क्रममा करीव ३१ लाख रुपैया खर्च गरेकोमा नेपाल पत्रकार महासंघका सुदूरपश्चिमका नौ वटै जिल्लाका शाखाको गम्भिर ध्यानाकर्षा भएको जनाएको छ। विज्ञप्तिमा उल्लेख छ- आर्थिक अबस्था दयनीय भएका कारण अत्यन्त बिचल्लीमा परेको पत्रकार जोशीका परिवारलाई डेढ बर्षबित्नलाग्दा पनि ३१ पैसा सहयोग नगर्ने सरकारले जोशीकै घटनाको छानबिनका लागि करीव ३१ लाख रुपैया खर्च गरेकोमा महासंघ गम्भिर आपत्ती प्रकट गर्दछ। प्रतिबेदन र्सार्बजनिक नभएको र डिएनए रिपोर्ट र्सार्बजनिक नभएकै कारण डेढ बर्षबित्नलाग्दा पनि जोशीका परिवारले सदगती गर्न पाएका छैनन। परिवारको अभिभावक नै मारिएका कारण जोशी परिवार बिचल्लीमा परेको छ। तर बिभिन्न बहानामा पत्रकार जोशीका परिवारलाई राहत तथा क्षतिपर्ूर्ति दिन आनाकानी गर्दै आएको सरकारले छानविन समितीलाई यति ठूलो रकम दिएको घटनाप्रति

हिन्दी फिल्म प्रदर्शनमा रोक

सुनिल खड्का हेटौडा, ३ माघ। सयुक्त राष्ट्रिय जनआन्दोलन,नेपाल मकवानपुरले माघ ५ देखि माघ १० गते सम्म सवै फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने भएको छ। राष्ट्रियता,र्सार्वभौम्ासत्ता,दिगो शान्ति र जनसंविधान निर्माण गर्नको लागि संञ्चालन गरिएको चौंथो चरणको आन्दोलन अर्न्तर्गत माघ ५ गते देखी सवै फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको सयुक्त राष्ट्रिय जनआन्दोलन,नेपाल मकवानपुरका संयोजक बलराम बल द्वारा आज जारी प्रेश विज्ञप्तीमा जनाईएको छ। भारतीय विस्तारवादले देशको सीमा अतिक्रमण गरी हाम्रो राष्ट्रियतामाथि नांगो हस्तक्षेप गरिरहेको छ। यसकारण पनि हाम्रो राष्ट्रिय स्वाधिनताको मुद्दा घनिभूत ढंगले उठाउनुपर्ने अनिवार्यता छ। विज्ञप्तीमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताको मुद्दालाइ सहि ढंगले हल गर्न एकिकृत माआवादीले सञ्चालन गरेको भण्डाफोर अभियान अर्न्तर्गत माघ ५देखि माघ १० गते सम्म सवै फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने कार्याक्रम भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

तामाङ्गहरुले बहराइनमा ल्होछार मनाए

-सन्तोष दाहाल बहराइन, ३ माघ । २८४६ औं ताक ल्होछार पर्व १५ जनवरी २०१० का दिन गुदेबीया स्थित साउथपार्क रेष्टुरेष्ट बहराइनमा तामाङ्गहरुले सफलतापर्ूवक ल्होछार मनाए । भरखरै स्थापना गरीएको यो संस्थाको विधिपर्ूवक उद्दघाटन यसै दिन गरीएको थियो । लामागुरुहरु भक्त बहादुर लामा र धमल लामाहरु बाट लामापाठ गरी सञ्चालन गरीएको उक्त कार्यक्रमा सहभागी सबैले भगवान गौतम बुद्धको पुजागरी प्रसाद ग्रहण गर्नु भएको थियो । यस कार्यक्रमको सभापति सोही समाजका अध्यक्ष श्री गणेश लामा हुनुहुन्थ्यो भने प्रमुख अतिथी सोनाम वाङ्गदी लामा हुनुहुन्थ्यो । बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु अतिथीको रुपमा सहभागी हुनु भएको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य सोही समाजका धनबहादुर तामाङ्गले गर्नु भएको थियो । भने उक्त समाजको विधान सोही समाजका महासचिव जयन्द्र घिसिंङ्गले पढेर सुनाउनु भएको थियो । बिभिन्न प्रकारका सांगीतीक कार्यक्रम प्रस्तुत गर्ने क्रममा गायक दिनेश गुरुङ्गले उहाँको आफ्नै एलबमहरु क्रमश "निस्ठुरी मायालु" र "मिसीङ्ग" बाट एक एक वटा गीतहरु क्रमश "खानालाई मिठो मार्फाको स्याउ" र "ओ जा

सवारी दुर्घटनामा दुइको मृत्यु

-यादव चौलागाई हेटौडा, २ माघ/पूर्व पश्चिम राजमार्ग अर्न्तगत हेटौडा सडक खण्डको कर्रामा आज दिउसो भएको सडक दुर्घटनामा परी दुइजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन। दुर्घटनामा परी मृत्यु हुनेहरुमध्ये चुरीयामाइ २ मयुरधापका रामबहादुर महत र गोरखबहादुर गण चितवनका बेदबहादुर खड्का रहेका छन भने अन्यको नाम खुल्न सकेको छैन। हेटौडाबाट विरगञ्जतर्फगइरहेको ना १ क ३७२८ नंको टि्रपरले विपरीत दिशाबाट आइरहेको दुइृवटा मोटरसाइकललाई एकसाथ ठक्कर दिदां दुर्घटना भएको हो। न्ाा १प ७२८६ र ना २प ५०६७ नं को दुइवटा मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। घटना पछि अहिले आक्रोसित समुहले राजमार्ग अवरुद्ध गरेका छन।भने ४ घण्टा पछी अवरुद्ध राजमार्ग भोली क्षतिपुर्तिको लागी जिल्ल्ाा प्रशासनमा छलफल गरी गरी खुलेको छ।

नेपाल पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण

मकवानपुर, ३ माघ । हेटौंडा-४ कर्रामा माघ २ गते शनिवार भएको सवारी दुर्घटनाको समाचार सम्प्रेषण गर्ने क्रममा रेडियो मकवानपुर संचालन समितीका सह-संयोजक सञ्चारकर्मी रिपेश दाहाल माथि भएको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको ध्यानाकर्षण भएको छ। समाचार संकलनको क्रममा रहेका सञ्चारर्कमी दाहाल माथी भएको दुव्र्यवहार प्रति महासंघ घोर भर्त्सना र निन्दा गर्दछ। घटनामा संग्लन रहेका व्यक्तिहरुलाई तत्काल कार्वाही गर्न समबन्धित निकाय सँग महासंघ जोडदार माग गर्दछ। साथै स्वतन्त्र रुपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने कार्यमा कोही,कसैबाट अवरोध सिर्जना नगर्न महासंघ यसै विज्ञप्ती मार्फ सचिव सुनील खडकाले आग्रह गरेका छन्।