Skip to main content

नेपाल पत्रकार महासंघ ९ जिल्लाको ध्यानाकर्षण

वीरगंज, ३ माघ। नेपाल पत्रकार महासंघ कैलाली, बझाङ, डोटी, कञ्चनपुर,
दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडी र अछामले आज संयुक्त प्रेस
विज्ञप्ति जारी गरी डेढ बर्षअघि कैलालीका पत्रकार जेपी जोशी-जगतप्रसाद
जोशी पण्डित)को सम्बन्धमा सरकारद्धारा गठित जेपी जोशी हत्या जाँचबुझ
आयोगले छानबिनका क्रममा करीव ३१ लाख रुपैया खर्च गरेकोमा नेपाल पत्रकार
महासंघका सुदूरपश्चिमका नौ वटै जिल्लाका शाखाको गम्भिर ध्यानाकर्षा भएको
जनाएको छ।
विज्ञप्तिमा उल्लेख छ- आर्थिक अबस्था दयनीय भएका कारण अत्यन्त बिचल्लीमा
परेको पत्रकार जोशीका परिवारलाई डेढ बर्षबित्नलाग्दा पनि ३१ पैसा सहयोग
नगर्ने सरकारले जोशीकै घटनाको छानबिनका लागि करीव ३१ लाख रुपैया खर्च
गरेकोमा महासंघ गम्भिर आपत्ती प्रकट गर्दछ।
प्रतिबेदन र्सार्बजनिक नभएको र डिएनए रिपोर्ट र्सार्बजनिक नभएकै कारण
डेढ बर्षबित्नलाग्दा पनि जोशीका परिवारले सदगती गर्न पाएका छैनन।
परिवारको अभिभावक नै मारिएका कारण जोशी परिवार बिचल्लीमा परेको छ।
तर बिभिन्न बहानामा पत्रकार जोशीका परिवारलाई राहत तथा क्षतिपर्ूर्ति
दिन आनाकानी गर्दै आएको सरकारले छानविन समितीलाई यति ठूलो रकम दिएको
घटनाप्रति महासंघ आर्श्चर्यचकित भएको छ। मोफसलमा सञ्चारकर्मी मारिदा
आयोगका नाममा सरकार निकट केही व्यक्तिहरु भने मोटाउने प्रबृति मौलाउदै
गएको यो घटनाले पुष्टी गरेको छ। सञ्चारकर्मीका लागि यो ठूलो दर्ुभाग्य
हो।
राज्यको ढुकुटीको चरम दुरुपयोग गर्ने आयोगका संयोजक उमेश
गौतम-अधिवक्ता),शालिकराम सापकोटा-अधिवक्ता),महेन्द्र बिष्ट-पत्रकार),राज
बहादुर बिष्ट-प्रहरी बरिष्ठ उपरिक्षक)ले पत्रकार जोशीको सम्बन्धमा
छानबिनका नाममा खर्च गरिएको रकम असुल उपर गरी राज्यको ढुकुटीमा फिर्ता
गर्न महासंघ जोडदार आग्रह गर्दछ।
साथै पत्रकार मारिदा राज्यको ढुकुटीमाथि ब्रहृमलुट मच्चाउने यस्ता
व्यक्तिहरुलाई र्सार्बजनिक रुपमा बहिस्कार गर्न समेत महासंघ सबैपक्षसंग
आग्रह गर्दछ।
साथै तीन बर्षघि कञ्चनपुरबाट बेपत्ता पारिएका पत्रकार प्रकाश ठकुरी
र डेढ बर्षघि कैलालीबाट अपहरणपछि हत्या गरिएका पत्रकार जेपी जोशीका
परिवारलाई तत्काल क्षतिपर्ूर्ति दिन तथा दोषीमाथि कारबाही गर्न महासंघका
नौ वटै शाखा सरकारसंग जोडदार माग गर्दछन। पत्रकार ठकुरीको अपहरणमा संलग्न
माओवादी कार्यकर्ता पोमलाल शर्मा सहितका व्यक्तिहरुको फिर्ता लिईएको
मुद्दा पुनः चलाई दोषीहरुलाई कारबाही गर्न महासंघ माग गर्दछ।
सुदूरपश्चिमका सञ्चारकर्मीहरुका समस्या र पीडा प्रति सरकार
उदासिन,गैरजिम्मेवार भएको र पिडित परिवारलाई न्याय र दोषीमाथि कारबाही
गर्ने भन्दा पनि छानबिनका लागि भन्दै राज्यको ढुकुटीको चरम दुरुपयोग
गरिएको घटनाको बिरोधमा महासंघका नौ वटै शाखाले साता व्यापी आन्दोलनको
कार्यक्रम घोषणा गरेको छ।
१) सुदूरपश्चिममा तीन दिनसम्म-२०६६ माघ ३,४र ५ गते) सरकार र छानबिन
समितिका बिरुद्ध फण्डाफोर अभियान सञ्चालन गर्ने। कैलालीमा ३ गते दिउसो २
बजे अत्तरियामा र ४ बजे धनगढी ट्राफिक चौकमा भण्डाफोर कार्यक्रम गर्ने र
अन्य जिल्लाको हकमा शाखाहरुले समय र स्थान तय गर्नेछन्।
२) सरकारले सुदूरपश्चिमलाई उपेक्षा गरेको र सुदूरपश्चिमका पत्रकारका
पीडालाई नदेखेझै गरेकोमा २०६६ माघ ६ गते प्रमुख जिल्ला अधिकारी मार्फ
सरकारलाई फुटेको चश्मा पठाउने।
३) सरकारले सुदूरपश्चिमका पत्रकारहरुका माग र आग्रहलाई नसुनेकोमा २०६६
माघ ७ गते प्रमुख जिल्ला अधिकारी मार्फ सरकारलाईर् इयर फोन पठाउने।
सरकारले सुदूरपश्चिममा मारिएका पत्रकार जेपी जोशी र बेपत्ता पारिएका
पत्रकार प्रकाश ठकुरीका परिवारलाई राहत तथा क्षतिपर्ूर्ति नदिएकोमा
सुदूरपश्चिमका पत्रकारहरुले एक एक रुपैया संकलन गरी २०६६ माघ ७ गते
प्रमुख जिल्ला अधिकारी मार्फ सरकारलाई पठाउने।
४) बिभिन्न पक्षले सञ्चारकर्मीहरुमाथि आक्रमण गरिरहदा पनि सरकार
दोषीमाथि कारबाही गर्न उदासिन रहेको र जिम्मेवार पार्टर्ीी समूहद्धारा
सञ्चारकर्मीहरुमाथि दर्ुर्व्यबहार,आक्रमण र हत्याका घटना नरोकिएको प्रति
बिरोध गर्दै २०६६ माघ ८ गते सुदूरपश्चिमका नौ वटै जिल्लामा स्थानीय
चौकहरुमा पत्रकारहरुद्धारा आँखा र मुखमा कालो पट्टी बाध्ने र हात बाधेर
बिरोध पर््रदर्शन गर्ने।
५) साता व्यापी आन्दोलनका क्रममा पनि सरकारले महासंघको आन्दोलनको
सुनुवाई नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौ। महासंघले थालेको
आन्दोलनप्रति एक्येबद्धता र र्समर्थन जनाई साथ दिन सम्पर्ूण्ा पक्षसंग
आग्रह गर्दछौ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।