Skip to main content

Posts

Showing posts from September 14, 2009

दशैंदेखि छठसम्म वीरगंज महोत्सव

वीरगंज २९ भदौ । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारियाले वीरगंज महोत्सव २०६६ हरेक क्षेत्र लाभान्वित हुने दाबी गरेका छन्। आज वीउवासंघको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले महोत्सव सफलतापूर्वक सम्पन्न गराउन सहयोगको आशा गरेका थिए। नेपालीहरुको महान राष्ट्रिय चाड इद विजयादशमी दीपावली छठ पर्वको अवसरमा असोज ३ गते घटस्थापनादेखि छठ पर्वसम्म वीरगंज महोत्सव २०६६ को आयोजना गर्ने भएको अध्यक्ष सिकारियाले बताए। महोत्सवको क्षेत्र बसपार्कदेखि घण्टाघर घण्टाघरदेखि वीरगंज उद्योग वाणिज्य संघ कैलाश होटेलदेखि त्रिभुवन स्कूलसम्म रहने छ। महोत्सव २०६६ मूल समितिका संयोजकमा अशोककुमार टेमानी सहसंयोजक प्रेमचन्द्र गोयल सदस्यहरु गणेश लाठ गोपाल केडिया दीपक टिवडेवाल ताराप्रसाद रविन्द्र वर्णवाल सत्यनारायण मित्तल सुमन क्याल गोविन्द ासह नरेशकुमार टिवडेवाल निशान्त लामिछाने विद्युत प्राधिकरणका कार्यालय प्रमुख ट्राफिक इन्स्पेक्टर वीउमनपाका अधिकृत र सल्लाहकारमा वीउवासंघका अध्यक्ष ओमप्रकाश सिकारिया रहेका छन्।

वीरगंज-पथलैया सडक अवरुद्ध

वीरगंज २९ भदौ । विद्यार्थीलाई कुटपिट गर्नेलाई कारबाही र क्षँतिपुर्तिको मांग गर्दै आज बिहानदेखि अवरुद्ध रहेको वीरगंज-पथलैया सडकखण्ड सुचारु भएको छ। बिहान बाराको लिपनीमाल-९ स्थित भोज भगत उ।मा।वि।sा बिद्यार्थीहरु र बिजय महत्तो बीच झडप हुंदा बलुवा-८ बस्ने गम्भिर चौहान घाइते भएपछि बिद्यार्थीहरु सो सडकखण्ड अवरुद्ध पारेका थिए। यसैगरी आज बिहान बाराको रामपुर टोकनी -३ नजिकै ना।३ख ७९४९ नं।sाे बसले सोही ठाउं बस्ने बर्ष १५ को सरोज राउत कुर्मीलाई ठक्कर िदंइ घाइते बनाएको छ । घाइतेको नाउक्षँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ।

हतियारसहित एकजना पक्राउ

धनुषा २९ भदौ । हतियारसहित भूमिगत समूहको कागजात फेला परेपछि प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। आज प्रहरीले जनाए अनुसार हिजो सांझ जनकपुर -१५ घर भइ हाल वडा नं। -२ मा कपी फयाक्ट्री खोली बसेको २५ वर्षीय शिवशंकर मण्डलको फयाक्ट्रीबाट प्रहरीले कटुवा पेस्तोल १ थान सोको गोली १ राउण्ड र राष्ट्रिय तराई मुक्ति मोर्चा सेना अध्यक्ष पृथ्वी िसंह लेखिएको खाली लेटर प्याड फेला परेको हो। पक्राउ परेका मण्डललाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ।

८ सुत्रीय मांग पूरा नभए कडा आन्दोलन<

वीरगंज २९ भदौ । नेपाल पिछडा वर्ग महासंघका केन्द्रीय सदस्य उषा यादवले आफूहरुको मांग पूरा नभए धर्ना घेराउ लगायतको आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिएकी छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कारमा बोल्दै उनले महासंघको नाममा जोकोहीले पनि सरकारसंग सहकार्य गरेमा सरकारविरुद्ध नै आन्दोलनमा उत्रिने बताइन्। आफूहरुको ८ सूत्रीय मांग प्रति सरकार गम्भीर नभए जिविसमा तालाबन्दी धर्ना र जिल्ला प्रशासन कार्यालयमा धर्ना घेराउ गरी आन्दोलन हुने पत्रकार सम्मेलनमा यादवले बताएकी छन्। कार्यक्रममा बारा पर्सा लगायत विभिन्न जिल्लाका कार्यकर्ताहरुको उपस्थिति थियो।

बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज, २९ भदौ । ४५ औं बाल दिवसको अवसरमा आज वीरगंजमा विभिन्न विद्यालयहरुले विविध कार्यक्रम गरी भव्यतापूर्वक मनाएको छ। आज नेपाल पत्रकार महासंघको सभाकक्षमा लुमन्तिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो। यसैगरी हामी सबैको सरोकार नयां संविधानमा सुनिश्चित बाल अधिकार भन्ने नाराका साथ विभिन्न स्कूले विद्यार्थीहरुको सहभागितामा घण्टाघरबाट निस्किएर रयालीले नगर परिक्रमा गरेको थियो। रयालीपछि आयोजित कोणसभामा वक्ताहरुले बाल अधिकारको बारेमा बोलेका थिए। कार्यक्रमका माता चौधरी पुनिता कुमारी गिरी शिकुमार यादव गोविन्द अधिकारी ममता साह अनिल महतो सुलभ चौधरी साहीना खातुन लगायतलाई पुरस्कार वितरण गरिएको थियो।

पर्यटक बढाउन खेल पर्यटन

भक्तपुर २९ भदौ। भक्तपुरमा आउने पर्यटकहरुको संख्या बर्षेनी बढ्दो छ। तर पर्यटकीय गतिबिधि नहुदा स्थानीयबासीले प्रत्यक्ष रुपमा लाभ लिन सकेका छैनन्। पर्यटन उद्योगमा स्थानीय सहभागिता जनाउन भक्तपुरका अनिल सुवालले भक्तपुर पर्यटनलाई पाँच घेरा बिभाजन गरेका छन्। पहिलो घेरामा उनले संरक्षित क्षेत्रहरु राखेका छन्। ङातापोल दत्तात्रय मन्दिर र दरवार क्षेत्र यस घेरामा पर्दछन्। यो क्षेत्र मुर्त सस्कृतिहरु जोगाएर राख्नु पर्ने सुवालको कथन छ। यहाँ भित्र आधुनिक गतिबिधि हुन नदिइ पर्यटकहरुलाई ऐतिहासिक अनुभुति दिनु पर्दछ। सवारी साधन प्रबेश रोक लगाउनु पर्दछ। दोश्रो घेरा यहाँ रहेका अन्य मठमन्दिर समाबेश गरिएको सास्कृतिक घेरा हो। बिभिन्न जात्रा पर्बको अवसरका गरिने नगरपरिक्रमामा क्रम जाने गरिएका स्थानहरु यस अन्र्तगत पर्दछन्। यो घेरा चाडपर्ब मनाउन र अमुर्त सस्कृति अवलोकनको लागि प्रयोग भैरहेको छ। गाइजात्रा बिस्केटजात्रा र इन्द्रजात्राको बेलामा पर्यटकहरु यस घेरा भित्र हुने गतिबिधिमा संग्लग्न हुन सक्छन्। तेश्रो घेरा खेल पर्यटनको घेरा हो। यहाँ रहेका पोखरी खोलानाला र मैदानहरु यस घेरा अन्तर्गत पर्दछन्। पर्यटकीय गतिबिधि बढा

नवरात्री पछि घरजम गर्ने जात्रा

काठमाडौं २९ भदौ। बिजया दशमीको दिनलाई कुनै पनि शुभकार्य गर्न साइत नचाहिने दिनको रुपमा लिइन्छ। यसै कारण यस दिन घरजम गर्नेहरु पनि धेरै नै हुन्छन्। भक्तपुरमा भने पायोजात्राको समाप्तिसंगै घरजम गर्ने गरिएको छ। पायोजात्रा बिजयादशमीको रातमा मनाइने जात्रा हो। यस दिन भक्तपुरको तलेजुमा राखिएको कुमारीलाई नगर परिक्रममा गराउन परम्परा रहेको छ। कुमारीसंग तलेजु मन्दिरमा रहेका पुराना राजाहरुका हातहतियार सार्बजनिक रुपमा बर्षको एक पटक नगरपरिक्रमा गर्ने गरिएको छ। यसरी कुमारी सहित हातहतियार प्रदर्शन गर्ने जात्रालाई नै पायो जात्रा भन्ने गरिएको छ। पायोजात्रामा सहभागि भएर घरजम गरेमा जोडी कहिलै छुट्टिनु पर्दैन भन्ने मान्यताको कारण पनि जात्रालाइ घरजम गर्नेहरुको जात्रा पनि भन्ने गरिएको छ। घरजमको निर्णय अघि जोडीहरुले नवरात्री भर घुमघाम गर्ने गर्दछन्। घटस्थापनादेखि सुरु हुने नवरात्री भर भक्तपुरका नौ वटा शक्तिपीठ र नौ वटा जलाशयमा जोडीहरु जाने गर्दछन्। पहिलो दिन ब्रम्हायणीमा जाने परम्परा छ। भक्तपुर फर्निचर मार्गस्थित च्याम्हासिहबाट करीब ५ मीनेट पैदलदुरीमा अवस्थित ब्रम्हायणीदेबीको मन्दिर खोलाको किनारमा अबस्थित रहेको छ

पत्रकारितामा पनि नक्कली प्रमाणपत्र

काठमाडौं २९ भदौ। ज्ञानेन्द्र शाहको कालमा भक्तपुरमा धेरै पत्रिकाहरु दर्ता भए। ज्ञानेन्द्रको शाषणलाई समर्थन गर्न उनकै पैसामा साचालन भएका पाँचवटा पत्रिकाहरु अहिले पनि फाटफुट्ट बिज्ञापन संकलक पत्रिकाको रुपमा चलिरहेको छ। बिगतमा ज्ञानेन्द्रको बखान गर्न आएका यी पत्रिकाहरुका मानिसहरुले अहिले सामाजिक चलखेल गर्न थालेका छन्। उनीहरुले सुचना बिभागबाट प्रेस पास लिन दिएका शैक्षिक प्रमाण पत्र नक्कली भएको आशंका गरिएको छ। अन्य क्षेत्रमा झै प्रेस पास लिनेहरुको शैक्षिक प्रमाणपत्र पनि छानबिन गर्न आबश्यक देखिन्छ। सामाजिक चलखेल गर्नको लागि पत्रकारितामा लागेकहरुले देह ब्यापारको प्रचार र अपराध बढाउन खालका सामाग्रीहरु प्रकाशन गर्दै आएका छन्। यी पत्रिकाहरुले ब्युउटी पार्लरको साइनबोर्ड टाँगेर आफ्नो सम्पर्क कार्यलय भनेका भक्तपुरको कमलपोखरी क्षेत्रमा नगरकोटका होटेलहरुको लागि देह ब्यापरको लागि ग्राहक र यौनकर्मीहरु उपलब्ध गराउने कार्य गरिरहेका छन्। पत्रकारितामा भैरहेका बिकृतिपुर्ण कार्य रोक्न अव अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा लागेकाहरुको शंकास्पद शैक्षिक प्रमाणपत्र छानबिन गर्न आबश्यक देखिन्छ। पत्रकारितालाई देह ब्य

नेपाली बिचार उत्कृष्ठ

भक्तपुर २९ भदौ। शिक्षा क्षेत्रमा अझै पनि लैङिग बिभेद कायम नै छ। यसै बिषयमा गत बर्ष बिबिसीको साझा सवाल कार्यक्रमले सार्बजनिक बहस कार्यक्रम गरेको थियो। सो कार्यक्रममा आपुनो धारणा राख्ने भक्तपुरका एक बिद्यार्थीको बिचारलाई बिश्व भरी नै बिबिसीले बिगत दश बर्षदेखि संचालन गर्दै आएका सार्बजनिक सुनवाइ प्रकट गरिएको तीन उत्कृष्ट बिचार मध्ये एक हो। सो कुराको जानकारी दिन साझा सवालका संचालक नारायण श्रेष्ठ गत बिहिवार भक्तपुर आए। भक्तपुर तौलाछेमा बस्ने सृजला प्रजापतिले गत बर्षको कार्यक्रमा शिक्षामा लैङिगक बिभेद हटाउन शिक्षा निशुल्क बैज्ञानिक र अनिबार्य हुनु पर्ने बताएका थिए। सो कार्यक्रम प्रसारण भए पछि प्राप्त प्रतिकि्रया लिन श्रेष्ठले सृजला संग कुरा गरेका हुन। कुराकानीको क्रममा सृजलाले साझा सवालले देशका दुर्गम क्षेत्रका समस्याहरुका पनि समाबेश गर्न सुझाब दिएका थिए। - रविन राचलिका हरीत समूह भक्तपुर<br>

अनुसनधानको लागि बिद्युतीय पुस्तकालय

काठमाडौं २९ भदौ। त्रिबिबिले बिगत दश बर्ष देखि बिद्युतीय पुस्तकालय साचालन गरिरहेको छ। यसबाट त्यहाँ अनुसन्धान र अध्ययन गरिरहेका बिद्यार्थीहरुको पहँुच बिदेसी बिश्वबिद्यालयका जर्नल र उच्चकोटीका अनुसन्धानका बारेमा सजिलो भैरहेको छ। छापा माध्यममा आएका जर्नल र पत्रिकाहरु बाटैमा हराउने समस्या छ। पुस्तकालयबाटै चोरिने पनि गरिएको छ। बिद्युतीय पुस्तकालयको मार्फत अनुसन्धानको लागि चाहिने सामाग्री क्लिकको भरमा खोज्न सकिने भए पछि घण्टौं लाग्ने काममा सेकेण्ड भरमा नै सक्ने गरेको छ। यसबाट अनुसन्धानमा धेरै बिषय र खोज सकिने भएको छ। यस किसिमा सेवा पाउन हाल सम्म त्रिबि दाता भर पर्दै आएको छ। अवका दिनमा भने त्रिबि स्वंयले बिद्युतीय पुस्तकालय सेवा पाउन आफ्नै खर्च गर्नु पर्ने भएको त्रिबि केन्द्रिय पुस्तकालयका प्रमुख कृष्ण मणी भण्डारीले जानकारी गराए। हाल त्रिबिमा पेरी कार्यक्रमको बिद्युतीय पुस्तकालय साचालनमा रहेको छ। पोग्राम फोर इनहान्समेन इन रिसर्च इन्फरकेसन नामको सो कार्यक्रम अन्र्तगत बिश्वका केही जर्नलहरु निशुल्क पाउदै आएको छ। त्रिबिबिमा बर्षेनी यस किसिमको जर्नलहरुको प्रयोगकर्ता बढेको छ। - रविन राचलिका हरीत समू