वीरगंज, २९ भदौ । ४५ औं बाल दिवसको अवसरमा आज वीरगंजमा विभिन्न विद्यालयहरुले विविध कार्यक्रम गरी भव्यतापूर्वक मनाएको छ।
आज नेपाल पत्रकार महासंघको सभाकक्षमा लुमन्तिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो।
यसैगरी हामी सबैको सरोकार नयां संविधानमा सुनिश्चित बाल अधिकार भन्ने नाराका साथ विभिन्न स्कूले विद्यार्थीहरुको सहभागितामा घण्टाघरबाट निस्किएर रयालीले नगर परिक्रमा गरेको थियो।
रयालीपछि आयोजित कोणसभामा वक्ताहरुले बाल अधिकारको बारेमा बोलेका थिए।
कार्यक्रमका माता चौधरी पुनिता कुमारी गिरी शिकुमार यादव गोविन्द अधिकारी ममता साह अनिल महतो सुलभ चौधरी साहीना खातुन लगायतलाई पुरस्कार वितरण गरिएको थियो।
Comments
Post a Comment