Skip to main content

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो
भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा
सामानन्तरण प्रशासन चलाउंदा किन
झस्किदैनन् -
राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व
जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई
दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको
छ।
यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय
महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम
गर्न सक्रियता देखाएको छ।
केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा
भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका
प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार
गरेको एक स्रोतबाट जानकारी हुन आएको छ।
भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी
छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने
गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा
खटनपटन गरी राजनीतिक, कुटनीतिक, सामाजिक, आर्थिक, सुरक्ष्ँा, पर्यटन,
अध्यागमन, प्रशासनिक सवै क्षेत्रको दैनिक गतिविधिको सूचना संकलन गर्दछ।
सवै सरकारी कार्यालयहरुमा आवश्यक निगरानी गर्दै आएको भारतीय महावाणिज्य
दूतावासको नेतृत्व महामहिम वाणिज्य महादूत टि अशोकले गर्नुभएको छ। नेपाल
अधिराज्यमा भारतले विविध २३६ वटा परियोजनामा यस वर्ष३ सय करोड खर्च गर्न
बजेट बिनियोजन गरेको छ। तर्राई मधेशका विद्यार्थीहरुलाई छात्रवृत्ति
प्रदान गर्ने दूतावासले तर्राईमा समानान्तर सरकार र प्रशासन नै चलाइरहेको
छ। नेपाल सरकार, स्थानीय प्रशासन, राजनीतिक दल, स्थानीय जनता र
संचारकर्मी सवैले यो कुराको अनुभूति गरेर पनि मौनता सांधेको छ। भारतीय
महावाणिज्य दूतावास वीरगंजमा खडा भएको दिनदेखि वीरगंजमा अशान्ति,
असुरक्ष्ँा र आतंक थपिएको, वीरगंज अत्यन्तै असुरक्ष्ँित रहेको सवै
देशभक्त तर्राईवासीले महसुस गरिरहेका छन्। भारतीय महावाणिज्य दूतावासको
सुरक्ष्र्ँार्थ चौबिसै घण्टा नेपाल सरकार, गृह मन्त्रालयले प्रहरी तैनाथ
गराउने गरेको छ। नागरिकता वितरण टोलीले भारतीय आप्रवासीहरुलाई सजिलो
तरिकाले नेपाली नागरिकता वितरण भएपछि राजनीतिको आवरणमा अपराध र कुटनीतिको
आवरणमा अपराध वृद्धि भएको छ।
नेपाल सरकार र स्थानीय प्रशासनले पनि संकलन गर्न नसकेका तथ्य, तथ्याड्ढ
र सूचनाहरु वीरगंजस्थित महावाणिज्य दूतावासले संकलन गरेर राख्ने गरेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।