Skip to main content

Posts

Showing posts from August 18, 2009

यूवा दवाव अभियानद्धारा नेपाली काँग्रेसलाई ज्ञापनपत्र

काठमाडौं २ भदौ । संविधान निर्माणका लागि राष्ट्रव्यापी यूवा दवाव अभियानले समयमै संविधान निर्माणका लागि दवाव दिन आज मंगलवार सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । धर्ना पछि नेपाली काँग्रेस पार्टीलाई अभियानले ज्ञापनपत्र समेत वुझाएको छ। वृहत राजनीतिक सहमति कायम गर्दै समयमै संविधान वनाउन आग्रह गर्दै वुझाईएको ज्ञापनपत्र पार्टीका सहमहामन्त्री एवं प्रवक्ता अर्जुन नरिसंह केसीले वुझनुभएको थियो।
अभियानले वुझाएको ज्ञापनपत्र वुझदै नेपाली काँग्रेसका नेता केसीले आफ्नो दल समयमै संविधान वनाउन प्रतिवद्ध भएको वताउनुभयो। वाह्र वँुदे समझदारीदेखि पटक पटक गरिएका सहमति कार्यान्वयन नगर्नेहरुका कारण संविधान समयमै नलेखिने खतरा वढेको नेता केसीले वताउनुभयो। समयमै संविधान नलेखिनेतिर संकेत गर्दै उहाँले संविधान सभाको कार्यतालिका छैटौपटक शंशोधन हुन लागेको वताउनुभयो। संविधानमा जनगणतन्त्र लेखिनै पर्ने माग देखि जातीय कुरालाई वढाएर केहि दल संविधान लेख्ने कुरामा भाँजो हाल्ने काममा लागेको केसीले आरोप समेत लगाउनुभयो।
दवाव अभियानका तर्फवाट वुझाइएको ज्ञापनपत्र केन्द्रिय समितिको वैठ

राष्ट्रियताविरुद्ध सबैभन्दा खतरा भारतीय विस्तारवाद

वीरगंज २ भदौ । अखिल नेपाल टे्रड युनियन महासंघको आयोजनामा नयां संविधान निर्माणका सन्दर्भमा राष्ट्रियता र संघीयताका प्रश्नहरु विषयक अन्तरकि्रया कार्यक्रम आज वीरगंजमा सम्पन्न भयो। युनियन महासंघका केन्द्रीय अध्यक्ष कमरेड मित्रलाल शर्माले अवधारणा पत्र प्रस्तुत गर्दै राष्ट्रियता विरुद्धको खतरा अत्यन्त गम्भीर अवस्थामा पुगेको बताए। उनले अमेरिकी साम्राज्यवादले विश्वव्यापी रुपमा नै आपुनो प्रभुत्व कायम गर्न खोजिएको बताउंदै राष्ट्रियताका विरुद्ध सबैभन्दा बढी खतरा भारतीय विस्तारवादबाट नै भएको बताए।

कर्णाली स्वायत्त प्रदेशको माग

काठमाडौं २ भदौ । कर्णाली क्षेत्रका विभिन्न व्यक्तिहरुले कर्णालीको मुद्धालाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रने बताएका छन्। राजधानीमा आज कर्णाली जनाधिकार माचले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन्। सरकार कर्णालीको मुद्दामा गम्भीर नबने आन्दोलानमा उत्रने चेतावनी समेत दिएका छन्। उहांहरुले सरकारले कर्णालीलाई वेवास्ता गरेकाले कर्णाली विकास निर्माण शिक्षा स्वास्थ्य साचार लगायका विषयमा पछि परेको कुरो समेत प्रष्टपारे । उनीहरुले कर्णाली स्वयक्त प्रदेश हुनुपर्ने र विकास निर्माणमा कर्णालीलाई विशेष महत्व दिनुपर्ने लगायतका विषय माग गरेका छन्।

फोहर फाल्नेलाइ दश हजार जरिवाना

भक्तपुर २ भदौ । सूर्य बिनायक बसस्टपको छैवै एक महिना अघिसम्म फोहर थुपारिने गरिएको थियो। केही साता यता भने सो स्थान सफा थियो। यहां आएका एक बाबाले फोहर फाल्ने ठाउं सफा गरी पिपलको बोट रोपे पछि स्थानीयबासीहरुले फोहर फाल्न छोडेका छन्। सो क्षेत्र सफा भएको स्थानीयबासी रमिला दुवाले जानकारी गराए।
बाबाजीले रुख रोप्न अगाडि त्यहां स्थानीय एनजीओले यहां फोहर फालेमा दश हजार रुपियां जरिवाना गराइनेछ भन्ने ब्यहोरा भएको एउटा बोर्ड राखेका थिए। तर एनजीओ कुरा कसैले मानेको थिएनन्। डलर पचाउन उनीहरुले बोर्ड राखेका हुन् भनेर स्थानीयबासीहरुले भन्थे।
अब भने स्थानीयबासीहरु सजग भएका छन्। हिन्दू धर्मावलम्बीहरुले देवता मानेका पिपलको रुखलाई हिजो आजापूजा गरिने हुंदा त्यहां कसैले पनि फोहर फाल्न आंट गरेका छैनन्।
राजधानीका यस्ता फोहर फाल्ने गरिएको ठाउंमा यसरी नै रुख रोपदिने हो भने सडकहरु फोहर फाल्ने स्थान बन्दैन्थ्यो। गालीको भाषामा जरिवाना गर्ने भनी लेखिएका बोर्डहरु हटाएर पिपलका रुखहरु रोप्नु पर्दछ।- रविन राचलिका हरीत समूह भक्तपुर

मुस्लिम नागरिक समाजको भेला सम्पन्न

वीरगंज २ भदौ । नेपाल मुस्लिम नागरिक समाजको दुइ दिने कार्यकर्ता भेला सम्पन्न भयो। आज वीरगंजको बहुअरीमा सम्पन्न भेलाले मुस्लिम समुदायका निम्ति मुस्लिम नागरिक समाज निरन्तर संघर्ष गर्ने मुस्लिम समुदायलाइ तेजोबध पार्ने कहि र कतैबाट भयो भने त्यसका विरुद्ध जाइलाग्ने निर्णय समेत गरेको छ। भेलामा मुस्लिम स्वायत्त राज्य परिषद मुस्लिम समुदायलाई संविधानमा पहिचानलगायतका विषयमा मुद्दा उठाइएको थियो। भेलामा केन्द्रीय सहअध्यक्ष डा। कमरुल होदाले शिक्षु क्षेत्रमा पिछडिएका मुस्लिम समुदायको लागि शैक्षिक अवसरको लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए।

संविधानमा मुस्लिम महिलाको सहभागिता

वीरगंज २ भदौ । आगामी संविधानमा मुस्लिम महिलाहरुको सहभागिता कसरी हुनुपर्ने कुरामा मुस्लिम बुद्धिजीवी नेताहरुले आआफनो मन्तव्य राखेका छन्।
आज वीरगंजको एक होटलमा सम्पन्न कार्यक्रमको आयोजक नेपाल मुस्लिम महिला कल्याण समाज र राष्ट्रिय मुश्लिम महिला नेपाल हुन्।
जिल्लास्तरीय घोषणापत्र संकलन गर्न उद्देश्यले सम्पन्न सो कार्यक्रममा विभिन्न दलका मुस्लिम नेता बुद्धजीवी लगायतले मन्तव्य राखेका थिए।

प्रचण्डले विदेशीको सामू घंडा टेके

कलैया २ भदौ । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले एमाओवादीका अध्यक्ष प्रचण्डले भारतको सामू घुंडा टेकेको दाबी गरेका छन्। आज बाराको कलैयामा रामवृक्ष यादवको १५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यकर्ता प्रशिक्षँण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भारतसंग गुहार मागेका प्रचण्डलाइ भारतले सहयोग नगरेपछि सरकारबाट राजीनामा दएिको बताए। यादवका अनुसार नेपाल सरकारको गृहमन्त्री असक्षँम हुंदा मुलुकमा अराजकता बढेको दाबी गरे।

अबिरल वर्षाका कारण डुबान पहिरो

वीरगंज २ भदौ । अविरल वर्षाका कारण विभिन्न स्थानमा डुबान सडक अवरुद्ध भएको छ। कमला नदीमा बाढी आएपछि धनुषाको विभिन्न स्थान डुबानमा परेको छ भने राममन्दिरको पर्खाल भत्किएको छ। सिन्धुली कपिलाकोट-८ बस्ने सोम बहादुर बम्जन र टेक बहादुर श्रेष्ठको घर भत्किएको छ भने आज बिहान महेन्द्र झाडी- १ मरिन खोलामा एक जनाको शव फेला परेको छ। मकवानपुरको कुलेखानी सिस्नेरी सडकखण्डको करिब ७ ठाउंमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ भने अरनिको राजमार्गको बाह्रविसे काठमाडौ सडकखण्डको जुरेमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ। त्यस्तै रामेछाप-काठमाडौ सडकखण्डको भोर्ले भन्ने ठाउंमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ११ बजे सुचारु भएको छ।

आगनमा डुबेर बालिकाको मृत्यु

महोत्तरी २ भदौ । आंगनमा जमेको पानीमा डुबेर एक डेढ वर्षीया बालिकाको मृत्यु भएको छ। आज बिहान १० बजे जलेश्वर-४ निवासी एवं जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी जवान दिपेन्द्र कुमार िसंहको छोरी काचनको डुबेर मृत्यु भएको हो।

जनकपुर चुरोटका कर्मचारी धर्नामा

जनकपुर २ भदौ । सम्मानजनक अवकाशको मांग गर्दै जनकपुर चुरोट कारखानामा ३० बर्षसम्म कार्यरत कर्मचारीले धर्ना दिएका छन्। आज बिहान सुरेन्द्र राइको नेतृत्वमा धर्नामा बसेका कर्मचारीले रकम व्यवस्था नगरी अवकास दिन पाइदैन कारखाना बेच्न पाइदैन लगायतका नारा लगाएका थिए।

वीरेन्द्र राजमार्गमा दुइ घण्टा चक्काजाम

रौतहट २ भदौ । जिल्ला विकास समिति र जिल्ला वन कार्यालयले दोहोरो कर असुलेको विरोधमा ट्रक तथा टयाक्टर व्यवसायी संघले आज चपुर-गौर सडकखण्डमा दुइ घण्टा चक्काजाम गरेका थिए। पूर्व घोषित आन्दोलन अनुसार संघका अध्यÔ नर बहादुर उप्रेतीको नेतृत्वमा सो चक्काजाम गरिएको थियो।

बेपत्ता बालकको अवस्था अज्ञात

रौतहट २ भदौ । बागमतीको नहरमा पौडी खेल्न गएका एक बालक र एक बालिका डुबेर बेपत्ता भएपछि हालसम्म उनीहरुको अवस्था अज्ञात छ। हिजो सांझ पौराही-३ मंगलपुर निवासी पदम बिकको ४ वर्षीय छोरा मोहन विक र कुल बहादुर विकको ६ वर्षीया छोरी रन्जना बेपत्ता भएपछि प्रहरीले व्यापक खोजतलास गरिरहेको छ।

दुर्घटनामा दुइजनाको मृत्यु

वीरगंज २ भदौ । सडक दुर्घटनामा बारा र पर्सामा दुइजनाको मृत्यु भएको छ। गए राति साढे ११ बजे बारा सिमरा -४ नजिकै वीरगंज-पथलैया सडक खण्डमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। मृतकको नाम थर खुल्न नसकेको र उनको पोष्टमार्टमको लागि नाउक्षे अस्पताल वीरगंजमा राखिएको प्रहरीले जनाएको छ। यसैगरी हिजो वीरगंजको इनरवा पुल नजिकै ना।२ख १७६३ नंं।sाे खाली ट्याङकरको ठक्करबाट करिब ६० वर्षीया एक महिलाको मृत्यु भएको छ।

ग्रेनाइट रक्सी पिउने ग्राहकहरु सावधान

वीरगंज २ भदौ । बारा जिल्ला परसौनीस्थित रहेको भवानी डिष्टिरलरी प्रालिले ल्याब टेस्ट नगरी रक्सी उत्पादन गरिरहेको तथ्य प्रकाशमा आएपश्चात ग्राहक वर्गलाई वीरगंज टुडेले सो डिष्टिरलरीको रक्सी प्रयोग गर्दा होस पुर् याउन आग्रह गरेको छ।
उक्त कम्पनीले उत्पादन गरी बजारमा बिक्री गर्दै आएको ग्रेनाइट नामक रक्सीको अन्तःशुल्क शिलयुक्त क्वार्टर सिसिभित्र व्यापक रुपमा फोहर लेउ भेटिन थालेको छ। खुद्रा मूल्य रु ४० मा बिक्री हुंदै आएको ग्रेनाइट रक्सीको क्वार्टर सिसिभित्र फोहर लेउ रहेको प्रमाण यस दैनिकलाई भेटिएपश्चात भवानी डिष्टिरलरीको रक्सी सेवन गर्ने ग्राहकहरुलाई ल्याब टेस्ट बिना उत्पादन गरिरहेको उक्त रक्सी प्रयोग गर्दा सावधानी अपनाउन आग्रह समेत गरेको छ। बेलाबखत विषालु रक्सी सेवन गरी मृत्युको घटना सार्वजनिक हुने गरेबाट भवानी डिष्टिर् ारा रक्सी उत्पादन गर्दा सावधानी नअपनाएको यस तथ्यले रक्सी सेवन गर्ने ग्राहकहरुलाई अकालमा मृत्यु वरण गर्नुपर्ने अवस्थालाई बलियो बनाएको छ।

बेरोजगार युवाले निकाले मोटरसाइकल र्याली

यादव चौलागाइ हेटौडा . मकवानपुर बेरोजगारी युवा संघले आज हेटौंडामा मुेटरसाइकल र्याली निकालेको छ । संघका अध्यक्ष सुरेश मिजारको नेतृत्वमा टोलीले आज दिउंसो मोटरसाइकल रयाली निकालेको हो। सयभन्दा बढी बेरोजगार युवाहरुको मोटरसाइकल र्यालीले हेटौडाको मुख्य चोक महेन्द्र चोक नगरपालिका उद्योग बाणिज्य संघ हुंदै हेटौडा औद्योगीक क्षेत्र परीक्रमा गरेको थियो । युवाहरुले बड्दो मंहगी नियन्त्रण गरबेरोजगार समस्या समाधान गर जस्ता नारा लगाउदै शान्तिपूर्ण रुपमा र् याली निकाली बजार परिक्रमा गरेका थिए ।