काठमाडौं २ भदौ । कर्णाली क्षेत्रका विभिन्न व्यक्तिहरुले कर्णालीको मुद्धालाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रने बताएका छन्। राजधानीमा आज कर्णाली जनाधिकार माचले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन्। सरकार कर्णालीको मुद्दामा गम्भीर नबने आन्दोलानमा उत्रने चेतावनी समेत दिएका छन्। उहांहरुले सरकारले कर्णालीलाई वेवास्ता गरेकाले कर्णाली विकास निर्माण शिक्षा स्वास्थ्य साचार लगायका विषयमा पछि परेको कुरो समेत प्रष्टपारे । उनीहरुले कर्णाली स्वयक्त प्रदेश हुनुपर्ने र विकास निर्माणमा कर्णालीलाई विशेष महत्व दिनुपर्ने लगायतका विषय माग गरेका छन्।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment