Skip to main content

Posts

Showing posts from September 2, 2009

औद्योगिक सम्पत्ति विषयक अन्तरकि्रया सम्पन्न

वीरगंज, १७ भदौ । वीरगंज उद्योग वाणिज्य संघ र उद्योग विभागको संयुक्त आयोजनामा ूऔद्योगिक सम्पत्तिू विषयक अन्तरकि्रया कार्यक्रम संघका कार्यवाहक अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा तथा उद्योग विभागका महानिर्देशक विनोद के।सी।sाे प्रमुख आतिथ्यमा एक समारोहका बीच संघको कार्यकक्षमा सम्पन्न भयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका कार्यवाहक अध्यक्ष टेमानीले औद्योगिक सम्पत्ति तथा बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारलाई संरक्षण गर्नेतर्फ स्वदेशी उद्यमीहरु पनि कि्रयाशील हुनुपर्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि उद्योग विभागका महानिर्देशक विनोद के।सी।ले नयाँ औद्योगिक नीति मस्यौदा तयार भइसकेको र संसद्मा पठाइ सकेको बताउनुभयो । वहाँले औद्योगिक सम्पत्ति भनेको ट्रेडमार्क डिजाइन र पैटेन्ट राइटसँग सम्बन्धित विविध पक्षहरुका बारे जानकारी गराउनुभएको थियो । हाल ट्रेडमार्क दर्ता गर्न बढी समय लाग्ने र झन्झटिलो भएको हुनाले आगामी दिनमा वेभसाइटको माध्यमबाट ट्रेडमार्क दर्ता गर्ने प्रविधि ल्याउनेतर्फ विभाग सकि्रय रहेको बताउनुभयो । कार्यक्रममा स्रोत व्यक्ति विसु कुमार केसी उद्योग व

किशोरीको हत्या

धनुषा १७ भदौ । १२ वर्षीय एक किशोरी शंकास्पद तरिकाले मृत अवस्थामा फेला परेको प्रहरीले आज जनाएको छ। नक्टाझिझ-१ बस्ने प्रेमलाल महराको छोरी रुन्ची महराको घांटीमा बेलटले बेरेको र कटुबाट रगत बगेको अवस्थामा घरदेखि २५ मीटर टाढा बगैचा भित्रको बांस झ्याङमा फेला परेको प्रहरीले जनाएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

आगलागीमा दुइ घर स्वाहा

वीरगंज १७ भदौ । पर्साको विषमपुर-६ मा दुइ घरमा आगलागी हुंदा लाखौंको धनमाल क्षति भएको छ। आज बिहान बद्री अन्सारीको घरबाट सल्केको आगो सलेर अन्सारीको घरमा पनि आगलागी हुंदा दुइ घर १ वटा गोरु गरी करिब २ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सुनचांदी पसलमा लाखौंको चोरी

वीरगंज १७ भदौ । वीरगंजको घण्टाघरमा रहेको न्यू कैलाश ज्वेलस्रमा लाखौंको चोरी भएको छ। गए राति अज्ञात चोरहरुले सो पसलको ताला फोडेर सुन २ तोला चांदी १ के।जी इन्भटर र ब्याट्री चोरेर लगेको प्रहरीले जनाएको छ।

विद्यालयमा सकेट बम राख्ने एक पक्राउ

धनुषा १७ भदौ । विद्यालयमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति सवा दश बजे यज्ञभूमि-६ मा रहेको भानु मा।वि।sिसानपुरको प्रांगणमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले सोही ठाउं वडा नं। ५ मा बस्ने १८ वर्षीय रामचन्द्र दासलाई पक्राउ गरेको हो। दासले बयानको क्रममा आफूले नै २ वटा सकेट बम राखेको प्रहरीले जनाएको छ। हाल उनलाइ हिरासतमा लिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

विद्यालयमा सकेट बम राख्ने एक पक्राउ

धनुषा १७ भदौ । विद्यालयमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति सवा दश बजे यज्ञभूमि-६ मा रहेको भानु मा।वि।sिसानपुरको प्रांगणमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले सोही ठाउं वडा नं। ५ मा बस्ने १८ वर्षीय रामचन्द्र दासलाई पक्राउ गरेको हो। दासले बयानको क्रममा आफूले नै २ वटा सकेट बम राखेको प्रहरीले जनाएको छ। हाल उनलाइ हिरासतमा लिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

पारस शाह नक्कली नोटमा संलग्न रहेको समाचार खण्डन नगरे ७५ जिल्लामा प्रदर्शन

वीरगंज १७ भदौ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाले पहिलो र ११ औं पृष्ठमा छापिएको समाचार नेपालको पूर्व युवराज पारस शाह नक्कली नोटको कारोबारमा संलग्न रहेको समाचारप्रति नेपाल राष्ट्रवाद संघ पर्साले आपत्ति प्रकट गरेको छ। आज संघका अध्यक्ष जनकलाल साहले एक प्रेस विज्ञप्ति जारी गरी पारस शाहमाथि घृणित अप्रमाणित प्रकारको लााछना भारतीय संचारमाध्यमले लगाएपछि भारतले निम्न श्रेणीको निचता प्रदर्शन गरेको ठहर गर्दै समाचारको खण्डन नगरे ७५ जिल्लामा विरोध प्रदर्शनको साथै भारतीय दूतावासहरुमा धर्ना दिने चेतावनी पनि दिइएको छ।

नक्कली नोटको कारोबारमा पारसको संलग्नाबारे भारतीय गृहमन्त्रीद्वारा प्रतिकि्रया दिन अस्वीकार

दीपेश केसी नयां दिल्ली १७ भदौ । भारतीय गृहमन्त्री पि चितम्बरमले नक्कली नोटको कारोबारमा पूर्व युवराज पारस शाहको संलग्नता रहे नरहेकोबारे प्रतिकि्रया दिन अस्वीकार गरेका छन्। हिजो संचारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री भीम रावललाई नेपाली भूमि हुदै नक्कली नोटको कारोबार भएकोबारे ध्यानाकर्षण गराएको बताए। ुजाली नोटमा चर्चामा आएका केही व्यक्तिबारे मैंले मिडियामा सुनेको हुँु पूर्व युवराज पारसको संलग्नता रहेको हो भन्ने प्रश्नमा उनले भनेुत्यसबारे नो कमेन्ट।ु नेपाल र भारतका गृह सचिवस्तरमा जाली नोटको कारोबार नियन्त्रणबारे छलफल अगाडि बढ्ने बताए। त्यसका लागि नोभेम्बरको ६ र ७ तारिखमा काठमाडौंमा गृहसचिवस्तरमा छलफल तय भएको जानकारी गराए। प्रधानमन्त्री माधवकुमार नेपालले हालै गरेको भारत भ्रमणका क्रममा जाली नोटबारे कुरा राखेको र त्यसमा नेपालले गम्भीरता देखाएको उल्लेख गरे। आफू भुटान भ्रमणमा जाने क्रममा गृहमन्त्री भीम रावलसंग पनि त्यसबारे छलफल गरेको स्पष्ट पारे। नेपाली भूमी हुदै नक्कली नोट भारत भित्रिएपनि छापिने मुलुक अरुनै भएको बताए। उनको स्पष्ट संकेत पाकिस्तानतिर थियो। नक्कल

तराईमा एक मधेश एक प्रदेश या एक थरुहट एक प्रदेशु मान्य नुहुने

काठमाडौं १७ भदौ । थारु कल्याणकारिणी सभाका विभिन्न जिल्ला भेलाहरुले तराईमा एक मधेश एक प्रदेश या एक थरुहट एक प्रदेशु मान्य नुहुने निर्णय गरेका छन्। थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी सिराहा सप्तरी कपिलवस्तु रुपन्देही चितवन नवलपरासी सर्लाही लगायतका जिल्लामा भएको भेलाले तराईलाई एउटै प्रदेश बनाउँदा यहाँका थारुहरुले प्रदेशभित्र पुरानै शैलीको एकात्मक र केन्द्रीकृत शासन भोग्नुपर्ने भन्दै चारवटा या त्यो भन्दा धेरै प्रदेश बनाइनुपर्ने माग अगाडि सारेका हुन्। रुपन्देही र काठमाडौं उपत्यकाको भेलामा बोल्दै अध्यक्ष अष्टभुजा चौधरीले तराईमा एउटै प्रदेश थारुको हितमा छैन भन्नुभयो। यसैगरी महामन्त्री राजकुमार लेखीले तराईमा एउटै प्रदेश बनाइएमा थारु समुदाय पुनः शासित जाति बन्ने बताउँदै आफ्नो शासक आफै बन्ने हो भने तराईमा ससाना धेरै प्रदेश बनाइनुपर्छ भन्नुभयो। भेलाहरुमा उपमहामन्त्री भजुमनराम महतो केन्द्रीय सदस्य खड्गनारायण चौधरी हरिदेवी चौधरी सीताराम चौधरी विश्राम चौधरी लगायतले तराईलाई एउटै प्रदेश बनाइए थारु समुदाय अल्पमतमा पर्ने र पुन राजनीतिक कमैया बन्नुपर्ने खतरा औंल्

माओवादीले धर्ममा राजनीति गरे दुर्दशा भोग्नुपर्छ-संस्कृति मन्त्री डा रिजाल

काठमाडौं भाद्र १७। संस्कृति संविधानसभा संघिय मामला तथा पुर्नसंरचना मन्त्री डा मिनेन्द्र रिजालले पशुपतिनाथको भट्ट नियुक्ति प्रकरण अन्तिम चरणमा पुगेको बताउनुभएको छ। माओवादी धर्ममा राजनीति गरी आफ्नो अभिष्ट पुरा गर्न चाहन्छ त्यसो हो भने उसले दुर्दशा भोग्नुपर्छ। रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कक्षमा बोल्दै संस्कृतिमन्त्री डा रिजालले विरोध गर्दैमा भट्ट नियुक्ति प्रकरण नरेकिने बताउंदै भन्नुभयो-पशुपतिको भट्ट नियुक्ति गर्दा तपाईहरुले के भोग्नुपरेको थियो त्यो स्मरण गर्न म आग्रह गर्छु । मन्त्री रिजालले ऐन नीति नियम र परम्पर अनुरुप पशुपतिनाथमा भट्ट नियुक्ति हुने भएकोले यसमा राजनीति नगर्न ए। नेकपा माओवादीलाई आग्रह गर्नुभयो। अहिले भारतबाट आएका २ जना भट्ट नियुक्ति भइछाड्ने बताउंदै मन्त्री रिजालले भन्नुभयो-प्रधानमन्त्रीे संरक्षक भएको परिषदले उहांहरुलाई नियुक्ति गर्छ। पशुपतिमा ताला लगाई राजनीति नगर्न र ऐनमा नेपाली नै राख्नुपर्ने भन्ने उल्लेख नभएकोले यसमा विवाद नगर्न सुझाव दिनुभयो। अहिले पनि नेपाली भट्ट नियुक्ति गर्न सकिने उहांको भनाई थियो। सांस्कृतिक उपनिबेशको आधारमा नभई भारतिय भट्टहरुलाई ऐन र पर