काठमाडौं १७ भदौ । थारु कल्याणकारिणी सभाका विभिन्न जिल्ला भेलाहरुले तराईमा एक मधेश एक प्रदेश या एक थरुहट एक प्रदेशु मान्य नुहुने निर्णय गरेका छन्।
थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी सिराहा सप्तरी कपिलवस्तु रुपन्देही चितवन नवलपरासी सर्लाही लगायतका जिल्लामा भएको भेलाले तराईलाई एउटै प्रदेश बनाउँदा यहाँका थारुहरुले प्रदेशभित्र पुरानै शैलीको एकात्मक र केन्द्रीकृत शासन भोग्नुपर्ने भन्दै चारवटा या त्यो भन्दा धेरै प्रदेश बनाइनुपर्ने माग अगाडि सारेका हुन्। रुपन्देही र काठमाडौं उपत्यकाको भेलामा बोल्दै अध्यक्ष अष्टभुजा चौधरीले तराईमा एउटै प्रदेश थारुको हितमा छैन भन्नुभयो। यसैगरी महामन्त्री राजकुमार लेखीले तराईमा एउटै प्रदेश बनाइएमा थारु समुदाय पुनः शासित जाति बन्ने बताउँदै आफ्नो शासक आफै बन्ने हो भने तराईमा ससाना धेरै प्रदेश बनाइनुपर्छ भन्नुभयो। भेलाहरुमा उपमहामन्त्री भजुमनराम महतो केन्द्रीय सदस्य खड्गनारायण चौधरी हरिदेवी चौधरी सीताराम चौधरी विश्राम चौधरी लगायतले तराईलाई एउटै प्रदेश बनाइए थारु समुदाय अल्पमतमा पर्ने र पुन राजनीतिक कमैया बन्नुपर्ने खतरा औंल्याउनुभयो।

Comments
Post a Comment