-नारायण थापा- बहराइन, १२ साउन । नेपाली क्लब बहराइनको सभाहलमा दाजुभाइ इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेशनल लिमिटेडले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युनिटी प्रगति समूह बहराइका अध्यक्ष प्रकाश दर्नालको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रम प्रमुख अतिथि छबीलाल बिक हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन हरि कार्कीले गर्नुभएको थियो । प्रशिक्षण दिने क्रममा इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेशनल लिमिटेडमा प्रेसीडेन्ट पोष्टमा पुग्नु भएका प्रकाश दर्नालले संस्थाको जानकारी दिदै २०६२ सालमा स्थापना भएको दाजुभाइ इन्स्योरेन्टले २०६४ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त गरेको थियो । यसको प्रधान कार्यालय काठमाण्डौमा रहेको छ भने नेपाल बाहिर १५ वटा देशमा शाखा कार्यालय र नेपाल भित्र २२ जिल्लामा शाखा कार्यालय रहेको बताउनुभयो । देश निर्माणमा हामी पनि सहभागी छौं भन्ने मुल नारा लिएको सो संस्थाले मुख्यतय देश निर्माणका लागि ५ वटा "ज" को अवधारणा लिएको छ, जसमा १. जंगल २. जल ३. जमीन ४. जल विद्युत र ५. जडिबुटी यिनै कुराहरुको आधारमा रही काम गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको कुरा बताउनु भ...