वीरगंज, १२ साउन । अबिरल वर्षाको कारण विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध रहेको राजमार्ग सुचारु भएको छ।
धादिङ जोगीमारा-२ जवाङखोलामा पहिरो खसेपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग बिहान ९ः१० बजे सुचारु भएको छ भने नौबिसे-४ सिस्ने खोला स्थित त्रिभुवन राजपथमा आज बिहान पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ।
यसैवीच सिन्धुपाल्चोकको गाती गा.वि.स.को जम्बु भन्ने स्थानमा पहिरोको कारण अवरुद्ध रहेको अरनिको राजमार्ग बिहान ७ः२५ बजे सुचारु भएको छ।
चितवनको दारेचोक गा.वि.स.-९ फिस्लिङ नजिकै पहिरो खसेपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग बिहान ७ः५५ बजेदेखि सुचारु भएको छ।

Comments
Post a Comment