Skip to main content

Posts

Showing posts from January 26, 2010

सवारी दुर्घटनामा दुइको मृत्यु

वीरगंज, १२ माघ । नातीले चलाएको ट्रकले किचेर एक बाजेको मृत्यु भएको छ। आज बाराको भरतगञ्ज सिंगोलमा ना ४ ख ३९६ नम्बरको ट्रक चलाएका नाती सन्तोष राउतले आफनै बाजे ७६ वर्षीय धनबहादुर राउतको किचेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसैवीच पथलैयाबाट वीरगंजतर्फजा"दै गरेको ना ३ ख ४३६५ नम्बरको ट्यांकरको ठक्करबाट जीतपुर ३ का प्रभु सहनीकी ८ वर्षीया छोरी पूजा गम्भीर घाइते भएपछि उनको बाटोमा नै मृत्यु भएको छ। स्थानीयवासीले शव राजमार्गमा राखी अवरुद्ध गरेपछि प्रहरीले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पहल गर्ने सहमति भए पछि दिउंसोदेखि चक्काजाम खुलेको बारा प्रहरीले जनाएको छ।

अज्ञात समूहको गोली प्रहारबाट युवक घाइते

बीरगंज, १२ माघ । हतियारधारी अज्ञात समूहको गोली प्रहारबाट बाराका एक युवक गम्भीर घाइते भएका छन्। आज बिहान लिपनीमाल-५ बस्ने वर्ष २० को भोला साह रौनियारलाइ अज्ञात हतियारधारी समूहले उनको घरनजिकै गोली प्रहार गरेका थिए। गोली लागि गम्भीर घाइते भएका उनको थप उपचारको लागि काठमाडौं पठाइएको छ।

भारतको ६१ औं गणतन्त्र दिवस नेपालमा पनि मनाइयो

नेपालका छात्राहरुले भारतीय राष्ट्रिय गान लगायत अन्य हिन्दी देशभक्ति गीतहरु गाउंदै । वीरगंज, १२ माघ । भारतको ६१ औं गणतन्त्र दिवसको अवसरमा आज वीरगंजको महावाणिज्य दूतावासमा पनि भव्यसाथ एक समारोहको आयोजना गरी मनाइएको छ। भारतीय महावाणिज्य दूत टि अशोकले पर्सा र रौतहट, धनुषा र महोत्तरीमा एम्बुलेन्स हस्तान्तरण गरेका थिए। कार्यक्रममा पत्रकारहरुको लागि बस्ने व्यवस्था नमिलाएपछि स्थानीय पत्रकारहरु अपहेलित भएका थिए। कार्यक्रममा हरि खेतान बहुमुखी क्याम्पस, डिएभी र डिपिएसका छात्राहरुले भारतीय राष्ट्रिय गान लगायत अन्य हिन्दी देशभक्ति गीतहरु गाएर जयजयकार पत्रकारहरु झन आर्श्चर्यमा परेका थिए।

जैबिक बिबिधतायुक्त मेघौलीमा महोत्सब

चितवनको मेघौली गाउँ जैबिक बिबिधताले भरीपर्ुण्ा छ। मेघौलीको बिबिधता देशबिदेमा प्रचार गर्ने उदेश्यले त्यहाँ मेघौली पर्यटन महोत्सब २०६६ हुन लागेको छ। महोत्सब यही माघ १५ गते देखि १९ गतेसम्म सञ्चालन हुनेछ। मेघौलीमा सामुदायिक बनहरु छन्। यी बनमा प्रशस्त तालतलैया तथा सिमसार क्षेत्रहरु छन्। सिमसार भित्र हरिया घाँसे मैदान, पानीको आहालको सुबिधा भएको कारणले यहँा जंगली जनावरहरु बास बसेको हर्ेन सकिन्छ। यहाँ रुखहरुमा चराचुरुङगीहरुले गुडँ बनाएर बसेको छ। २०५७ सालबाट सुरुवाट गरिएको महोत्सब यसपाली चौथो पटक गर्न लागिएको हो। महोत्सबमा एक सयवटा स्टल राख्ने आयोजकले तयारी गरेको छ। महोत्सबस्थल चितवनको सदरमुकाम भरतपुरबाट २५ किलोमिटर पश्चिममा रहेको छ। मेघौलीलाई तीनतिरबाट चितवन निकुञ्जले घेरेको छ। यो स्थान दर्ुइ ठुला नदी राप्ती र नारायणीले घेरेको सुन्दर टापुको रुपमा अबस्थित छ। दर्ुलभ बन्यजन्तु पाटेबाघ, गैडा चराचुरुङगी, गोही लगायतका बन्यजन्तुको अबलोकन मेघौलीमा गर्न सकिन्छ। यहाँ रहेका इको पार्क, थारु संगा्रहलय, पिकनिक पार्क, धार्मिक स्थल आदिको कारण आन्तरीक र बाहृय पर्यटकहरु भ्रमणको लागि जाने गरेका छन्। मेघौली कस

अर्न्तक्रिया कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र शर्मा, रोल्पा, १२ माघ। रोल्पाको शान्ति सुरक्षा र सत्य तथ्य घटनाको बारेमा जानकारीको लागि सोमबार रोल्पाको लिवाङमा अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा रोल्पा जिल्लाबाट बिभिन्न संचार माध्यमहमा काम गर्ने पत्रकारहरु र प्रहरी नायब उपरिक्षक कृष्ण प्यारा खरेल, प्रहरी निरिक्षक प्रकाश बिष्ट र प्रहरी निरिक्षक गोबिन्द पुरीको उपस्थिती रहेको थियो। प्रहरी नायब उपरिक्षक कृष्ण प्यारा खरेलले पत्रकार र प्रहरीको नङ र मासुको जस्तो सम्बन्ध हुने हुनाले हरेक घटना र अपराधीलाई डण्ड सजाय दिनको लागि पत्रकार र जनताको सहयोग हुनु पर्ने बताउनु भएको थियो। उहाँले पत्रकार भनेको समाजको ऐना भएकोले सत्य तथ्य समाचारलाई बाहिर ल्याउनु पर्ने र समाचार संकलन गर्दा कुशल पत्रकारीता गर्नुपर्ने बताउनु भएको थियो। पत्रकारहरुले समाचार संकलन गर्दा प्रहरीको सहयोग अत्याबश्यक हुनुपर्ने र रोल्पाको अधिकाशं स्थानहरुमा प्रहरी चौकी भएकाले हरेक घटनाको जानकारी पत्रकारलाई प्रहरीले दिनुपर्ने बताएका थिए। कार्यक्रममा कान्तिपुरका काशिराम डागीँ, रेडियो रोल्पाका स्टेशन म्यानेजर घनश्याम आर्चाय, एभिन्युजका एल.बि मगर, रेडियो

ब्रुजमा नेपालि भाषा कक्षा संचालन

सन्तोष न्यौपाने बेल्जिएम बेल्जियम को ब्रुज सहरमा नेपालि भाषाकक्षा आइतबार बाट संचालन भएको छ। बेल्जियममा जन्मेका तथा नेपालमा जन्म भइ आएका बालकालिकाहरुको लागि नेपालि भाषा र सस्कृति को ज्ञान दिने उद्दश्यले उत्त कक्षा सुरु भएको हो । उत्त कक्षामा ४ देखि १२ वर्ष सम्मका बालबालिकाहरुका लागि निशुल्क अध्ययन गर्ने ब्यवस्था मिलाइएको छ । प्रत्येक आइतबार बिहान दश बजे बाट बाह्र सम्म अध्ययन गराइने पहिलो कक्षामा १२ जना बालबालिकाहरुको उपस्थिति रहेको थियो । विधयार्थिको संख्यामा अझै वृद्धि हुने अभिभावकहरु ले बताएका छन । हिमालयन प्रोजेक्ट ले शैिक्षक सामाग्रि उपलब्ध गराएको उत्त कक्षाकाे सन्तोष न्यौपाने र आवाज अधिकारि ले प्रशिक्ष्ँण दिएका छन।