Skip to main content

अर्न्तक्रिया कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र शर्मा, रोल्पा, १२ माघ। रोल्पाको शान्ति सुरक्षा र सत्य तथ्य
घटनाको बारेमा जानकारीको लागि सोमबार रोल्पाको लिवाङमा अर्न्तक्रिया
कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रोल्पा जिल्लाबाट बिभिन्न संचार माध्यमहमा काम गर्ने
पत्रकारहरु र प्रहरी नायब उपरिक्षक कृष्ण प्यारा खरेल, प्रहरी निरिक्षक
प्रकाश बिष्ट र प्रहरी निरिक्षक गोबिन्द पुरीको उपस्थिती रहेको थियो।
प्रहरी नायब उपरिक्षक कृष्ण प्यारा खरेलले पत्रकार र प्रहरीको नङ र
मासुको जस्तो सम्बन्ध हुने हुनाले हरेक घटना र अपराधीलाई डण्ड सजाय दिनको
लागि पत्रकार र जनताको सहयोग हुनु पर्ने बताउनु भएको थियो।
उहाँले पत्रकार भनेको समाजको ऐना भएकोले सत्य तथ्य समाचारलाई बाहिर
ल्याउनु पर्ने र समाचार संकलन गर्दा कुशल पत्रकारीता गर्नुपर्ने बताउनु
भएको थियो।
पत्रकारहरुले समाचार संकलन गर्दा प्रहरीको सहयोग अत्याबश्यक हुनुपर्ने र
रोल्पाको अधिकाशं स्थानहरुमा प्रहरी चौकी भएकाले हरेक घटनाको जानकारी
पत्रकारलाई प्रहरीले दिनुपर्ने बताएका थिए।
कार्यक्रममा कान्तिपुरका काशिराम डागीँ, रेडियो रोल्पाका स्टेशन
म्यानेजर घनश्याम आर्चाय, एभिन्युजका एल.बि मगर, रेडियो जलजलाका स्टेशन
म्यानेजर मौसम रोका, गोरखापत्रका ज्ञानेन्द्र शर्मा, जनआस्थाका दयाराम
डागीँ, एबिसी टेलिभिजनका धनिराम शर्मा र रोल्पा समाचारका पर्ूण्ा सिं
बि.क लगायतले आ-आफ्नो भनाई राखेका थिए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।