Skip to main content

Posts

Showing posts from June 11, 2009

माओवादीविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिए

वीरगंज, २८ जेठ । नेकपा माओवादीले विद्यालयमा तोडफोड गरेको विरोधमा माओवादीविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिएका छन्। आज वीरगंजको विभिन्न स्थानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुको पढाइमा हस्तक्षेप पारेको भन्दै माओवादीलाइ चेतावनी दिएको छ। एकिकृत माओवादीको आव्हानमा आज भोजपुरा, मिथिला र अवध राज्य बन्दको घोषणा गरेपछ मिाओवादी कार्यकर्ताहरुले आज बिहान वीरगंजको पानिट्यांकी स्थित मिनिल्याण्ड बोडिङ स्कुललगायत वीरगंजका केही स्कुलहरूमा तोडफोड गरेका थिए। माओवादीले धाक धम्कि दिदै जथाभावि तोडफोड गरेको विरोधमा विद्यार्थीहरु र माओवादीबीच झम्टाझम्टी भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।

टयाक्टर सहित काठ पक्राउ

वीरगंज, २८ जेठ । अवैध रुपमा बन फडानी गरेर भारततर्फ लैजादै गरेको दुइ टयाक्टर काठसहित स्थानीयबासिन्दाले नियन्त्रणमा लिएको छ। आज बिहान बारा, चारकोसे जंगलबाट ना.२ त. ५४८९ र एक नम्बर नरहेका टयाक्टर लोड रहेको काठसहित टयाक्टर बटौलियाबासीले पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ। बाराको चारकोशे जंगलमा तस्करहरुले वन रक्षक र रेन्जरलाइ कमिशन दिइ दिनहुं सयौं टयाक्टर काठ लोड गरेर भारत पुर्‍याउने गरेको स्थानीयवासिन्दाको आरोप छ।

मदर्साले दुर्गालाइ हरायो

कलैया, २८ जेठ । जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आज सम्पन्न खेलमा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मदर्सर्ााबजयी भएको छ। बाराको कलैयामा रहेको राष्ट्रिय क्रिकेट खेल मैदानमा दुर्गालाइ हराउंदै मदर्साले एक बिकेट गुमाई ४६ रन बनाएर बिजयी हासिल गरेको हो। दर्ुगाले ९ ओभर एक बलमा सबै बिकेट गुमाइ ४५ रन बनाएको थियो। मदर्सर्ाा एनुल अंसारीले दुइ बिकेट तथा ३४ रन लिएर खेलको म्यान अफ दि मैच घोषित भएका थिए  

फरार कैदी पक्राउमा परे

वीरगंज, २८ जेठ । कारागार फोडेर भागेका कैदीहरुमध्ये एकजनालाइ प्रहरीले पक्राउ गरेको छ। गए राति राम्चे-५ ठाडे भन्ने स्थानमा लुकिरहेको अवस्थामा प्रहरीले कैदी अमर गुरुङलाइ पक्राउ गरेको हो। केही दिन अघि रसुवाको कारागारबाट झयालको रड तोडेर दुइ कैदी भागेका थिए।

डेरीको गाडीको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु

वीरगंज, २८ जेठ । डेरीको गाडीको ठक्करबाट चितवनमा एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ।  आज बिहान भरतपुर -१ देवघाट नजिकै ना.१.ख १५३१ नं.को डेरीको गाडीले देवघाट गुम्वामा बस्ने भिक्षु  ८४ वर्षीय फुर्सद डोल्मा आनीलाइ ठक्कर दिंदँ उनको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने गाडी र चालकलाइ प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

रौतहटमा माओवादी र स्थानीयवासीबीच झडप

वीरगंज, २८ जेठ । माओवादी र स्थानीयवासीबीच रौतहटमा झडप हुंदा एक प्रहरीसहित ७ जना घाइते भएका छन् भने प्रहरीले स्थिति नियन्त्रणमा लिन २ राउण्ड हवाइ फायर र ३ राउण्ड अश्रुग्यांस फायर गरेको छ। आज बिहान पोखरीको घाट निर्माण समिति पक्ष र माओवादीबीच  सखुहवा-६ नजिकै  झडप हुंदा ६ जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाइ पक्राउ गरेको छ। घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

माओवादी र स्थानीयवासी भिडन्त, ८ राउण्ड गोली चल्यो

वीरगंज, २८ जेठ । ए नेकपा माओवादी र स्थानीयवासीबीच भिडन्त हुंदा दर्जनौ घाइते भएका छन् भने प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिन ८ राउण्ड हवाइ फायर गरेको छ। आज बिहान नेकपा माओवादीले आह्वान गरेको तीन जिल्ला बन्दको उल्लघंन गरेको भन्दै  बाराको सिमरा-३ नजिकै करिब ५ वटा मोटरसाइकलमा आएका ९ जना स्थानीय बासिन्दा र बन्दकर्ताहरुबीच झडप भएपछि माओवादीका देव घिमिरे, मिनप्रसाद आपागाई, प्रेम बराल, गुणराज खनाल र स्थानियबासी सन्तोष कार्की, आशिष श्रेष्ठ, विकाश मन्जरी, देव गुरुङ घाइते भएका हुन्। घटनालाइ साम्य पार्न प्रहरीले ८ राउण्ड हवाइ फायर गरेपछि भिड तितरबितर भएको थियो। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

बारामा पाइप बम पडकियो

वीरगंज, २८ जेठ । अज्ञात समूहले बारामा राखेको पाइप बम पडकिएको छ। आज बिहान रौवाही-४ निवासी मुकेश कुर्मीको घर बाहिर राखेको पाइप बम बारे प्रहरीलाइ जानकारी गराउंदा प्रहरीले बम फाल्ने वित्तिकै पडकेको थियो। विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

पत्रकारमाथि आक्रमणको भत्सर्ना

काठमाडौं, २८ जेठ । क्यासिनोमा प्रहरीले छापा मारेपछि उत्पन्न तनावको समाचार संकलन गर्न एभिन्यूज च्यानलका पत्रकारहरु डिल्ली पोखरेल र निरनमान बानामाथि मल्ल होटलका मजदूरहरुबाट भएको आक्रमणको रिपोर्र्टर्सले क्लब नेपाल घोर भर्त्सना एवं निन्दा गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरी  समाचार संकलनमा जाने क्रममा हिंडेका पत्रकारहरुलाई आक्रमण गरी गम्भीर घाइते तुल्याउनु प्रेसमाथिको नांगो हस्तक्षेप हो भन्ने ठहर गरेको भन्दै क्लब दोषीमाथि कडा कारबाही गर्न माग गर्दै घाइते पत्रकारको निःशुल्क उपचारको माग क्लबका अध्यक्ष ऋषि धमलाले गरेका छन्।

माओवादीकै नेतृत्वमा सरकार बन्छ-प्रकाश

काठमाडौं, जेठ २८ । एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो दलकै नेतृत्वमा राष्ट्रि्य सहमतिको सरकार बन्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालमो साक्षात्कारमा बोल्दै उनले जनताले माओवादीलाईनै सरकारको नेतृत्व लिन म्याण्डेट दिएकाले त्यसविपरितको कुनैपनि कदम लामो समय नटिक्ने बताए । 'जनताले माओवादीको नेतृत्वमा सरकार बनाउनर्ुपर्छ भन्ने म्याण्डेट दिएका छन्,' प्रकाशले भने, 'माओवादीकै नेतृत्वमा राष्ट्रि्य सहमतिको सरकार बन्छ ।' कहिलेसम्म माओवादी नेतृत्वमा सरकार बन्छ भन्ने प्रश्नमा उनले धेरै समय नलाग्ने बताए । जनताको म्याण्डेट विपरितका कामहरु भइरहेको भन्दै दीगो नहुने बताए । नयां ढंगले सहमति बनाउनुपर्ने भन्दै त्यसतर्फकाम अगाडि बढाइएको बताए । एमाले नेतृत्वको सरकारमा जादै नजाने बताए । उनले भने, 'हामी एमालेको नेतृत्वको सरकारमा जादैनौं, बरु हाम्रो नेतृत्वको सरकारमा एमाले आउने अवस्था बन्नसक्छ ।

नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ( रुसी राजदूत

काठमाडौं, जेठ २८। रुसी राजदूत  आन्द्रेइ ट्रोफिमोभले नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्ने आशा व्यक्त गरे। रिपोर्र्टर्स क्लब नेपालमा बोल्दै आपसी सहमति र एकताबाट दलहरुले शान्ति प्रक्रियालाई निकर्षा पुर्याउन सक्षम हुने बताए।  'नेपाली जनताले आफ्नो समस्या आफै समाधान गर्नसक्नेछन्,' राजदूत ट्र्ोफिमोभले भने, 'शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्याएर नेपाली जनताले विश्वलाईनै शान्तिको सन्देश दिनेछन्।' नेपालको शान्ति प्रक्रियामा अझै चुनौतीहरु रहेपनि आपसी सहमति र एकताबाट सफल हुने विश्वास व्यक्त गरे। शान्ति प्रक्रियामा रुसले मागेको सहयोग दिने बताए।  रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा राजदूत ट्र्ोफिमोभले नेपालको आर्थिक विकासमा सहयोग गरिरहने बताए । विगतमा भौतिक निर्माणमा सहयोग दिदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गरे । कृषि, उद्योग, बालबालिकाको जीवनस्तर उठाउनका लागि सहयोग जारी रहेको बताए । आगामी दिनमा सहयोग बढाउदै लाने उनको भनाई थियो ।

वीरगंजमा विद्यालय तोडफोड

प्रणय कुमार वीरगंज २८ जेठ/एकिकृत माओवादीको आव्हान गरेको भोजपुरा , मिथिला र अवधराज्य बन्दको कारण बारापर्सर्ााो जनजीवन प्रभावित भएको छ । बन्दका कारण दुवै जिल्लामा यातायात , बजार , कलकारखाना , शिक्षण संस्था सबै बन्द भएका छन् । बन्दका क्रममा माओवादी कार्यकर्ताहरुले विहानै देखि वीरगंजको चोक चोकमा नाराबाजी गर्दै पर््रदर्शन गरिरहेका छन् । बन्दको अवज्ञा गरेकेा भन्दै आज विहान माओवादी कार्यकर्ताहरुले वीरगंजको पानिट्यांकी स्थित मिनिल्याण्ड बोर्डिङ्ग स्कुल लगायत वीरगंजका केही स्कुलहरुमा तोडफोड गरेका छन् । विहान स्कुल खुल्न दिने बताएपनि स्कुल खुले पछि भने माओवादीहरुले बन्द गराउन धम्कि दिदै जथाभावि तोडफोड गरिदिएको विद्यालय व्यवस्थापकहरुले जनाएका छन् । विद्यालयमा गरिएको हुलदगां र तोडफोडबाट बालबालिकामा नराम्रो असर परेको भन्दै अभिभावकहरु पनि माओवादी कार्यकर्ता प्रति आक्रोशित भएका छन् ।