काठमाडौं, २८ जेठ । क्यासिनोमा प्रहरीले छापा मारेपछि उत्पन्न तनावको समाचार संकलन गर्न एभिन्यूज च्यानलका पत्रकारहरु डिल्ली पोखरेल र निरनमान बानामाथि मल्ल होटलका मजदूरहरुबाट भएको आक्रमणको रिपोर्र्टर्सले क्लब नेपाल घोर भर्त्सना एवं निन्दा गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरी समाचार संकलनमा जाने क्रममा हिंडेका पत्रकारहरुलाई आक्रमण गरी गम्भीर घाइते तुल्याउनु प्रेसमाथिको नांगो हस्तक्षेप हो भन्ने ठहर गरेको भन्दै क्लब दोषीमाथि कडा कारबाही गर्न माग गर्दै घाइते पत्रकारको निःशुल्क उपचारको माग क्लबका अध्यक्ष ऋषि धमलाले गरेका छन्।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment