Skip to main content

Posts

Showing posts from January 13, 2010

माघे संक्रान्ति नजिकिंदै गर्दा तरुलपिंडालुको आयात बढ्यो

हेटौडा, २९ पुस/ माघे संक्रान्ति नजिकिंदै गर्दा हेटौडामा तरुल र पिंडालुको बिक्री बढेको छ। यसवर्षसंक्रान्तिकै लागि हेटौडामा दश टनभन्दा बढी तरुल भित्रिएको व्यापारीहरुले बताएका छन्। संक्रान्तिको लागि भनेर जिल्लाका बिभिन्न गाविस र बाहिरी जिल्लाबाट बन तथा घर तरुल भित्रिएको तरकारी तथा फलफूल व्यावसायी संघका सचिव कृष्ण हुमागार्“इले जानकारी दिनुभयो। हेटौडामा जंगली तरुल आमभन्ज्याङ र भैंसेबाट, किसानले फलाएका तरुल र्सलाहीको सोल्टी र चितवनको पर्सर्ााट भित्रिएको तरुल व्यापारी बद्रि घिमिरेले बताउनुभयो। हाल बन तरुलको थोक मूल्य लगभग २५ रुपिया“ छ भने किसानले उत्पादन गरेको तरुलको मूल्य ३५ रुपिया“ रहेको छ।

कुलेखानी तेस्रोको निर्माणकार्य सुचारु

-यादव चौलागाइ गौरीटार, २९ पुस/ बिगत्मा भएको सम्झौता कायान्वयनको माग गर्दै आन्दोलित कुलेखानी तेस्रोका मजदुरहरुले ब्यवस्थापनसंग ६ ब“ुदे सहमति गरेका छन्। दुइदिन अघिदेखि बन्द रहेको कुलेखानी तेस्रोको निर्माणकार्य सहमतिपछि बिहिबारदेखि सुचारु हुने भएको छ। ठेकेदार कम्पनी सिनेहाइड्रो कर्पोरेशन, कुलेखानी तेस्रोका मजदुर प्रतिनिधि र क्युपेक नेपालका प्रतिनिधिहरुबिच बुधबार भएको त्रिपक्षिय सहमतिपछि काम सुचारु हुने भएको हो। यसअघि भएका सम्झौताहरु कार्यान्वयन नभएपछि पुन आन्दोलित भएका मजदुरहरुको माग १० दिनभित्र पुरा गर्ने सहमति गरिएको हो। मजदुर र ठेकेदार कम्पनीबिच परिचयपत्रमा मजदुरको पद खुलाउने, मजदुरहरुलाई सम्बन्धित काम मात्र लगाउने, कामबाट हटाइएका मजदुहरुलाई पर्ुनबहाली गराउने, टनेलभत्ता र वेल्डिङ सेक्सनमा कार्यरत मजदुरहरुलाई दक्षताको आधारमा ज्याला निर्धारण गर्ने सहमति भएको मजदुर युनियन कुलेखानी तेस्रोका अध्यक्ष दिपक थापाले बताउनुभयो। पटक पटक मजदुर आन्दोलन र बिभिन्न बन्द हड्तालले गर्दा हालसम्म परियोजनाको निर्माण कार्य तिस प्रतिशतमात्र सकिएको छ।

नागरिक दबाब रयाली र सांस्कृतिक सभा

काठमाडौं, २९ पुस । संविधान निर्माणको लागि राष्ट्रव्यापी युवा दवाब अभियानले आज एक पत्रकार सम्मेलन गरी अभियानको संयोजनमा हुन गईरहेको वृहत नागरिक दवाव र्‍याली र साँस्कृतिक सभाको बारेमा जानकारी गराएको छ। पत्रकार सम्मेलनमा जनआन्दोलनका र्घाईते मुकेश कायस्थको भनाइ यसप्रकार छ- छ दशक देखिको निरन्तर संर्घष्ा, बलिदानी र अनेकौं उतारचढाव पार गर्दै नेपाल अहिले 'संघीय लोकतान्त्रिक गणतन्त्र' लाई संस्थागत गर्ने यात्रामा छ। द्वन्द्वबाट-शान्तितर्फ, निरंकुशताबाट लोकतन्त्रतर्फ अस्थिरताबाट स्थिरतातर्फ, बहिष्करणबाट सामेलीकरणतर्फ, गरिबीबाट समृद्धितर्फ र अँध्यारोबाट उज्यालो तर्फको यो यात्राको ढोका तबमात्र खुल्छ जब तोकिएकै समयमा सबैका अधिकार लिपिबद्ध गर्दै नयाँ संविधान जारी हुन सक्छ। संविधान निर्माणका लागि हाम्रा विचमा अब ५ महिना भन्दा कम समय मात्र बाँकी छ। दलहरुबीचमा देखिएको मतभेद, अविश्वास, निषेध र प्रतिशोधको राजनीतिले तोकिएको समयमा संविधान निर्माण हुने कुरामा आशंका पैदा भएको छ। नेपाली जनताले ठूलो उत्साहका साथ संविधानसभाको निर्वाचनमा मतदान गरेको अर्थ निश्चय पनि दलहरुबीचको अविश्वास र सत्ताकेन्द्रित

बाल जागृति माध्यमिक विद्यालयले रजत जयन्ती मनायो

-यादव चौलागाइ गौरीटार, २९ पुस/ वालजागृति युवा वर्षमाध्यमिक विद्यालय गौरीटारले विविध कार्यक्रम गरी पच्चीसोै वर्षपुगेको अवसरमा रजत जयन्ती मनाएको छ। विद्यालयले बिविध रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गर्दै सप्ताहव्यापी रुपमा रजतजयन्ती मनाएको हो। हेटौडा नगरपालिका वडा नं ६ मा रहेको विद्यालय २०४१ सालमा स्थापना भएको थियो। हेटौडा नगरको विद्यालय भएपनी नगरको विकट स्थानमा स्थापना भएको विद्यालयले उत्कृष्ठ शिक्षा प्रदान गर्दै मकवानपुरको एउटा राम्रो विद्यालयको रुपमा परिचित छ। बिद्यालयको बुधवार शिक्षा विभागका निमित्त महानिर्देशक प्रकाशराज पाण्डेले रजत जयन्तीको समापन समारोहको उद्घाटन गर्नुभएको थियो। उहा“ले सोही अवसरमा बोल्दै समग्र विद्यालयको उन्नती भएमा मात्र नेपालको शिक्षा प्रणाली राम्रो हुनेमा जोड दिनुभयो। उहा“ले एउटा विद्यालयको लागी रजत जयन्ती भनेको महानतम उपलव्धी समेत हो भन्दै गुणस्तीय श्ािक्षाका लागी यस्ता उपलव्धीलाई जोडेर लानर्ुपर्छ भन्नुभयो । समापन समारोहमा नेपाली कांगे्रसका नेता तथा सुकुम्वासी आयोगका उपाध्यक्ष रामचनद्र अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला शि

राष्टिय स्वाधिनताको पक्षमा सबै नेपाली एक हौं-लामिछाने

-यादव चौलागाइ गौरीटार, २९ पुस/ एकिकृत नेकपा माओवादीका सभासद प्रल्हाद लामीछानेले नेपाली राष्ट्रियता संकटमा परेकाले राष्ट्रिय स्वाधिनताको पक्षमा सम्पर्ुण्ा नेपाली एक हुनुपर्ने समय आएको बताउनुभएको छ। अनेरास्ववियू-क्रान्तिकारी)को रााष्ट्रिय स्वाधिनताका लागि विद्यार्थी जागरण अभियान अर्न्तर्गत बुधबार महेन्द्र ऊच्च मावि पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै सभासद लामिछानेले विद्यार्थी बौद्धिक बर्ग भएकाले राष्ट्रिय स्वाधिनताको पक्षमा आम नेपालीलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो। अखिल क्रान्तिकारी महेन्द्र ऊच्च मावि इकाई अध्यक्ष पञ्च वाइवा को सभाध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा -माओवादी) ३ नं क्षेत्रीय संयोजक भीम पाख्रीन, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विजय हमाल, जिल्ल्ाा अध्यक्ष चुडामणि रुपाखेत माअेवादी पदमपोखरी इन्चार्ज धावा लामा र प्राचार्य गोविन्द चौलागाइ लगाएतकाको उपस्थिती रहेको थियो। एकल महिलाको संगठन बिस्तार -यादव चौलागाइ गौरीटार, २९ पुस/ एकल महिलाहरुले मकवानपुरका बिभिन्न क्षेत्रमा आफ्नो संगठनलाई बिस्तार गरेको छ। एकल महिला उत्थान समाज हेटौ“डाले बिभिन्न गाउ“मा एकल महिलाह

अनिश्चितकालीन पर्सा बन्द फिर्ता

वीरगंज, २९ पुस। एकिकृत माओवादीले आजदेखि गरेको अनिश्चितकालीन पर्सा बन्द सहमतिपछि फिर्ता लिएको छ। जिल्ला प्रशासन कार्यालय बारामा भएको सहमति अनुसार क्रिया खर्च बापत ५ हजार दिने, एक महिना भित्र डेढ लाख क्षतिपर्ुर्ति दिने र मृतकलाई शहिद घोषणा गर्न शिफारिस लिखी पठाउने सहमति पश्चात बन्द फिर्ता लिएको हो।

माओवादी र प्रहरीबीच झडप, वीरगंज बन्द, सडक अवरुद्ध, ज्रि्रकामा वार्ता

वीरगंज, २९ पुस । एनेकपा माओवादीको कार्यकर्तालाई अज्ञात समूहले हत्या गरेको विरोधमा आज माओवादी कार्यकर्ता र प्रहरीबीच वीरगंजको घण्टाघरमा झडप हुंदा दर्जनौ घाइते भएका छन् । मृतक राजेश मण्डलको शव बोकेर नेकपा माओवादीका कार्यकर्ताहरुले वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासको अगाडि १० मिनेट जति नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा जान खोज्दा प्रहरीले घण्टाघरमा घेराबन्दी गरेका थिए। माओवादीका कार्यकर्ताले भारतीय विस्तारवाद मर्ुदावाद, निकम्मा सरकार मर्ुदावाद, गृहमन्त्री राजीनामा लगायतको नारा लगाउंदै घेराबन्दी तोडेर जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न जांदा प्रहरीले लाठीचार्ज गरेको थियो। जिल्ला प्रशासन कार्यालयमा माओवादीका नेता र प्रजिअ यादव कोइरालाबीच भएको वार्तामा बारामा घटना भएको हुंदा बारा प्रशासनसंग वार्ता गर्न प्रजिअले आग्रह गरेका थिए। बन्दको कारण आज वीरगंजको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ भने वीरगंजको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि एम्बुलेन्स छिर्ने ठाउं पनि नरहेको स्थानीयवासीले बताए। - तस्बिर- प्रणय कुमार

सुजातालाई ओबामा र हिलारीको शुभकामना

काठमाडौं पुस २८ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेश मन्त्री हिलारी क्विन्टनले उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालालाई नयाँ वर्ष २०१० को शुभकामना दिएका छन् । ओबामा र हिलारीद्वारा उपप्रधानमन्त्री कोइरालालाई पठाइएको शुभकामना सन्देशमा उहाँको व्यक्तिगत जीवनका साथै नेपालको सुख शान्ति समृद्धि एवं स्थायित्व र विकासका लागि कामना गरिएको छ । यसअघि अमेरिकी राष्ट्रपति र विदेश मन्त्रीले नेपाली नेतालाई शुभकामना पाउने गरेका थिएनन् । गत वर्ष अमेरिका भ्रमणका क्रममा मन्त्री कोइराला अमेरिकी राष्ट्रपति र विदेश मन्त्रीसँग सम्बन्ध सुमधुर पार्न सफल भएकी हुन् । साथै उनले अमेरिकी समकक्षी हिलारी क्विन्टनलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी थिइन् । त्यतिबेला हिलारीले उपयुक्त समयमा नेपाल आउने वचन दिएकी थिइन् ।

अनिश्चितकालीन पर्सा जिल्ला बन्द

वीरगंज, २९ पुस ।एकीकृत नेकपा माओवादीले आजदेखि अनिश्चितकालीन पर्सा जिल्ला बन्द गराएको छ । मंगलबार साँझ बाराको नितनपुर चोकमा अज्ञात समूहद्वारा आफ्ना कार्यकर्ता पर्सा लालपर्साका राजेश मण्डलको हत्या भएको विरोधमा माओवादीले जिल्ला बन्द गराएको हो । मण्डल माओवादी भोजपुरा राज्यसमिति सदस्य हुन् । माओवादी कार्यकर्ताहरुले वीरगन्ज पथलैया सडकखण्डको लिपनीविर्तामा विहानैदेखि प्रदर्शन गरेका छन् । पटकपटक आफ्ना कार्यकर्ताहरु मारिने गर्दा हत्यारालाई पक्राउ गरि स्थानीय प्रशासनले कारबाही गर्न नसकेको विरोधमा र शान्तिसुरक्षा कायम गर्न माग गर्दै माओवादी कार्यकर्ता विरोधमा उत्रिएका हुन् । एकसाता अघि बारामा माओवादी भोजपुरा राज्यसमिति सदस्यसहित तीनजना कार्यकर्ताको हत्या भएको थियो ।

वीरगञ्जले यस जितपछि समूह चरणमा शतप्रतिशत सफलताको कथा रचे

२९ पुस, काठमाडौँ । क्षेत्र नं २ वीरगञ्ज मङ्गलबार क्षेत्र नं ३ काठमाडौँलाई ३५ रनले हराएर उच्च मनोबलका साथ बुस्ट यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । यसअघि, नै उपाधि भिडन्तमा पुगेको वीरगञ्जले यस जितपछि समूह चरणमा शतप्रतिशत सफलताको कथा रचेको छ । अर्को खेलमा क्षेत्र नं. ५ नेपालगञ्जले क्षेत्र नं. ६ बैतडीलाई १४७ रनले हरायो । राहुलप्रताप सिंहको ६८ रनको मद्दतले वीरगञ्जले पहिले ब्याटिङ गर्दै निर्धारित ४० ओभरमा १८७ रनको योगफल तयार पारेको थियो । गोपाल सिहले पाँच विकेट लिएपछि लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ३८.३ ओभरमा १५२ रनमा नै अलआउट भयो । अर्को खेलमा नेपालगञ्जले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । जवाफमा बैतडीको पाली १५.४ ओभरमा ५७ रनमा नै सीमित भयो । प्रारम्भिक बलरद्वय करामत खान र सउद अहमद अन्सारीले क्रमशः पाँच र तीन विकेट लिएपछि खेल एकतर्फी बनेको थियो । लिग चरणअन्तर्गत अन्तिम दिनका नतिजापछि नेपालगञ्जले तेस्रो स्थान बनाउन सफल भएको छ । त्यसपछि चौथो, पाँचौँ र अन्तिम स्थानमा क्रमशः काठमाडौँ, बैतडी र विराटनगर रहे । शीर्ष स्थानमा रहेको वीरगञ्ज

मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषणा गर्ने तयारी

हेटौडा, २९ पुस। मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषणाका लागि आवश्यक पर्ुवाधार तयारी स्वरुप उद्योग संघ हेटौडा श्वेत पत्र जारी गर्ने तयारीमा जुटेको छ। सो कुरा संघले मंगलबार आयोजित पत्रकार भेटघाटमा र्सार्वजनिक गरेको हो। औद्योगिक विकास विना देशको आर्थिक विकास हुन नसक्ने र औद्योगिक शान्ति विना उद्योगको विकास हुन नसक्ने ठहर गर्दै औद्योगिक जिल्ला घोषणाका लागि पहिलो कदम स्वरुप औद्योगिक शान्ति स्थापना गर्न सरोकारवालाहरुको सहभागितामा श्वेत पत्र जारी गर्न लागिएको संघले जानकारी दिएको छ। त्यसका लागि जिल्ला स्थित राजनैतिक दलहरुसंघ छलफल भै सकेको र टूेड युनियहरु संघ पनि विभिन्न चरणमा छलफल भै सकेको संघले जनाएको छ। उद्योग संघ हेटौडाको आयोजनामा यही पौष २३ गते सम्पन्न परिचयात्मक तथा औद्योगिक बातवरण निर्माण विषय अन्तरक्रिया कार्यक्रमा औद्योगिक जिल्ला घोषणाकालागि आवश्यक पर्ुवाधार तयारी गर्न एक श्वेत पत्र जारी गर्ने निर्ण्र्ाागरिएको संघका निर्वतमान अध्यक्ष माधव अधिकारीले कार्यक्रमा जानकारी दिनु भयो। अन्य जिल्ल्ाामा भन्दा मकवानपुर जिल्लामा उद्योग स्थापना र सञ्चालनका लागि मैत्रिपर्ूण्ा बातावरण श्रृजना

५६ वटा सुधारीएको चुल्होको एक कार्यक्रम

लिवाङ पौष २९ गते रोल्पाको गजुल ३ मा हिमवन्ती रोल्पाको आयोजना तथा एलएफ पी रोल्पाको आर्थिक सहयोगमा निर्माण भएका ५६ वटा सुधारीएको चुल्होको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। उक्त निर्माण गरिएको चूल्होको उद्घाटन हिमवन्ती रोल्पाकी अध्यक्ष सरस्वती आचार्यले गर्नुभएको थियो। धुवाँरहित हाम्रो गाउँ भन्ने उदेश्य अनुरुप निर्माण गरिएका चुल्हो निर्माणका लागि एलएफ पी रोल्पाले ६५ हजार ६ सय रुपैया आर्थिक सहयोग गरेको थियो भने नविकरणीय उर्जा दाङले प्राविधिक सहयोग गरेको थियो। चुल्हो निर्माण भएपछि खुशी व्यक्त गर्दै सहभागी महिलाहरुले भने अब त दाउरा पनि कम लाग्ने र धुवाँ पनि कम भएपछि भान्सा सजिलो हुने भएको बताउदै चुल्हो निर्माण सहयोग पुराउने सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका थिए। साथै उनीहरुले अन्य संघ संस्थाहरुले पनि पीछडिएको बस्तीमा विशेष गरि महिलाको स्वास्थ्य र वातावरण लगानी हुनर्ुपर्ने धारणा राखेका थिए। उक्त कायक्रम लिपी गैरा महिला सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता र फेकोफन रोल्पाकी रेखा सुनारको संचालनमा भएको थियो। कार्यक्रममा हिमवन्ती रोल्पाका प्रतिनिधी, नबिकरणीय उर्जा दाङका सं

नेपाल शिक्षक संगको मध्यपश्चिमाञ्चल क्षेत्रिय भेला रोल्पामा

रोल्पा पौष २९ गते नेपाल शिक्षक संगको मध्यपश्चिमाञ्चल क्षेत्रिय भेला मंगलवारदेखी रोल्पाको लिवाङमा सुरु भएको छ। भेलाको उद्घाटन नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञावालीले गर्नुभएको छ। कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञावाली, पर्ूव राज्य मन्त्रि भिम कुमारी बुढा, पर्ूव सभासद लेखनाथ आचार्य, सहयाक प्रमुख जिल्ला अधिकारी धन बहादुर केसी, निमित्त स्थानिय बिकास अधिकारी महेन्द्र सापकोटा, एकिकृत नेकपा माओवादीका प्रतिनिधी, नेपाली काग्रेसका प्रतिनिधी, नेकपा एमालेका प्रतिनिधी, बिभिन्न संघ सस्थाका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको छ। केही बेर अगाडीबाट सुरु भएको कार्यक्रममा अहिले प्रमुख अतिथी तथा अतिथीहरुले शुभकामना मन्तव्य दिने क्रम चलिरहेको छ। भोलीसम्म चल्ने भेलामा मध्यपश्चिमाञ्चल बिकास क्षेत्रका १५ वटा जिल्लाका शिक्षक प्रतिनिधीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।
शिक्षण सस्थाहरुमा बन्दको घोषणा ज्ञानेन्द्र शर्मा/लिवाङ लिवाङ रोल्पा पौष २९ गते अखिल क्रान्तिकारी जिल्ला संगठन समिती रोल्पाले आज रोल्पाका सम्पर्ूण्ा शिक्षण सस्थाहरुमा बन्दको घोषणा गरेको छ। अखिल क्रान्तिकारीले हिजो एक प्रेस बिज्ञप्ती निकाली सल्यानमा एकिकृत नेकपा माओवादी र नेकपा एमालेको झडपको बिषयलाई लिएर गृह मन्त्री भिम रावलको प्रत्यक्ष निर्देशनमा अखिल क्रान्तिकारी जिल्ला संगठन समिती सल्यानका जिल्ला अध्यक्ष दर्ुगा बहादुर बुढाथोकी लगायत आफ्ना १९ जना कार्यकर्ताहरुलाई ज्यान मार्ने, उद्योग र डकैति मुद्दा लागाई वारेन्ट जारी गरेकाले त्यसको बिरोधमा बन्दको आव्हृान गरेको जनाएको छ। अखिल क्रान्तिकारी रोल्पा जिल्ला संगठन समितीले आफ्ना कार्यकर्ताको झुठा मुद्दा खारेजीको माग गरेको छ। साथै बिज्ञप्तीमा २०५१ सालमा रोल्पा राज्यद्वारा चलाइएको भिषण रोमियो अप्रेशनलाई स्मरण गराउने गरि सल्यानमा चलाइएको राज्य आतंक र दमनको बिरुद्ध र सल्यानमा जिल्ला अध्यक्ष दर्ुगा बहादुर बुढाथोकी सहित १९ जना साथीहरुलाई लगाईएको झुठा मुद्दाको र जारी गरिएको वारेन्टको बिरुद्धमा पौष २९ गते रोल्पा जिल्ला भरिका सम्पर्ूण्ा शिक्षण संस्था

ढिलै भए पनि न्याय मिल्यो ः धमला

काठमाडौं, पुस २९। काठमाडौं जिल्ला अदालतले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित चारजनामाथिका सबै मुद्दा फिर्ता लिने सरकारी निर्ण्र्ाााई मंगलबार सदर गरेको छ। अतिरिक्त जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलको एकल इजलासले सबै मुद्दा खारेज गरेको हो। काठमाडौं जिल्ला अदालतमा अधिवक्ता भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, शेरबहादुर केसी, ऋषिराम घिमिरे, कुमुद भट्टर्राई र गोकुल थापाले मुद्दा फिर्ता लिन स्वीकृति दिनुपर्ने दलील प्रस्तुत गरेका थिए। मन्त्रिपरिषद्ले पुस ९ गते नै धमलासहित अन्य पत्रकार एवं राजनीतिक कार्यकर्तामाथिको मुद्दामा यथेष्ट प्रमाण नभएको र राजनीतिक पर्ूवाग्रह राखिएको भन्दै फिर्ता लिइसकेको छ। तत्कालीन माओवादी नेतृत्वको सरकारले झुटा आरोप लगाई गत वर्षमाघ २० गते पत्रकार धमला, रामशुभक महतो र वीरेन्द्र केएम तथा मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) का कार्यकर्ता मनोजकुमार मेहतामाथि ज्यान मार्ने उद्योग, हतियार तथा खरखजाना र अपहरण तथा शरीर बन्धक मुद्दा लगाएको थियो। त्यस क्रममा निर्दोष धमलालाई दर्ुइ महिना र अन्यले ११ महिना जेल जीवन गुजार्नुपरेको थियो। क्लब अध्यक्ष धमलाले ढिलै भए पनि अदाल