Skip to main content

मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषणा गर्ने तयारी

हेटौडा, २९ पुस। मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषणाका लागि आवश्यक पर्ुवाधार तयारी स्वरुप उद्योग संघ हेटौडा श्वेत पत्र जारी गर्ने तयारीमा जुटेको छ। सो कुरा संघले मंगलबार आयोजित पत्रकार भेटघाटमा र्सार्वजनिक गरेको हो। औद्योगिक विकास विना देशको आर्थिक विकास हुन नसक्ने र औद्योगिक शान्ति विना उद्योगको विकास हुन नसक्ने ठहर गर्दै औद्योगिक जिल्ला घोषणाका लागि पहिलो कदम स्वरुप औद्योगिक शान्ति स्थापना गर्न सरोकारवालाहरुको सहभागितामा श्वेत पत्र जारी गर्न लागिएको संघले जानकारी दिएको छ। त्यसका लागि जिल्ला स्थित राजनैतिक दलहरुसंघ छलफल भै सकेको र टूेड युनियहरु संघ पनि विभिन्न चरणमा छलफल भै सकेको संघले जनाएको छ। उद्योग संघ हेटौडाको आयोजनामा यही पौष २३ गते सम्पन्न परिचयात्मक तथा औद्योगिक बातवरण निर्माण विषय अन्तरक्रिया कार्यक्रमा औद्योगिक जिल्ला घोषणाकालागि आवश्यक पर्ुवाधार तयारी गर्न एक श्वेत पत्र जारी गर्ने निर्ण्र्ाागरिएको संघका निर्वतमान अध्यक्ष माधव अधिकारीले कार्यक्रमा जानकारी दिनु भयो। अन्य जिल्ल्ाामा भन्दा मकवानपुर जिल्लामा उद्योग स्थापना र सञ्चालनका लागि मैत्रिपर्ूण्ा बातावरण श्रृजना गर्न सकेमात्र समग्र जिल्लाको विकास हुनेमा अधिकारीले जोड दिनु भयो। कार्यक्रममा श्वेत पत्र जारी गर्ने तयारी स्वरुप सरोकारवालाहरु संघ बृहत छलफल भै रहेको र एक महिना भित्र श्वेत पत्र जारी गर्ने तयारीका साथ संघ जुटेको संघका महासचिव नन्दकिश्वोर बस्नेतले जानकारी दिनु भयो।
कार्यक्रममा मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषण गर्न पर्ुवाधार तयार गर्न आवश्यक सहयोग सहित समाचार सम्प्रेशण गरिदिन सञ्चार गृह र पत्रकारहरुलाई संघले आग्रह समेत गरेको थियो। सोही कार्यक्रममा पत्रकार महासंघले आफ्नो भवन निर्माण गर्न थालेकोमा खुशी ब्यक्त गर्दै संघले त्यस अभियानमा उद्योग संघ पनि साथमा रहेको विश्वास दिलाउदै यथा सक्य सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रम संघका अध्यक्ष ऋषीराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।