लिवाङ पौष २९ गते
रोल्पाको गजुल ३ मा हिमवन्ती रोल्पाको आयोजना तथा एलएफ पी रोल्पाको आर्थिक सहयोगमा निर्माण भएका ५६ वटा सुधारीएको चुल्होको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
उक्त निर्माण गरिएको चूल्होको उद्घाटन हिमवन्ती रोल्पाकी अध्यक्ष सरस्वती आचार्यले गर्नुभएको थियो।
धुवाँरहित हाम्रो गाउँ भन्ने उदेश्य अनुरुप निर्माण गरिएका चुल्हो निर्माणका लागि एलएफ पी रोल्पाले ६५ हजार ६ सय रुपैया आर्थिक सहयोग गरेको थियो भने नविकरणीय उर्जा दाङले प्राविधिक सहयोग गरेको थियो।
चुल्हो निर्माण भएपछि खुशी व्यक्त गर्दै सहभागी महिलाहरुले भने अब त दाउरा पनि कम लाग्ने र धुवाँ पनि कम भएपछि भान्सा सजिलो हुने भएको बताउदै चुल्हो निर्माण सहयोग पुराउने सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका थिए।
साथै उनीहरुले अन्य संघ संस्थाहरुले पनि पीछडिएको बस्तीमा विशेष गरि महिलाको स्वास्थ्य र वातावरण लगानी हुनर्ुपर्ने धारणा राखेका थिए।
उक्त कायक्रम लिपी गैरा महिला सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता र फेकोफन रोल्पाकी रेखा सुनारको संचालनमा भएको थियो।
कार्यक्रममा हिमवन्ती रोल्पाका प्रतिनिधी, नबिकरणीय उर्जा दाङका संयोजक फर्स्र्ाान्डन, शिक्षक, सरोकारवालाहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा झण्डै ५० जनाको सहभागिता रहेको थियो।

Comments
Post a Comment