वीरगंज, २९ पुस ।एकीकृत नेकपा माओवादीले आजदेखि अनिश्चितकालीन पर्सा जिल्ला बन्द गराएको छ । मंगलबार साँझ बाराको नितनपुर चोकमा अज्ञात समूहद्वारा आफ्ना कार्यकर्ता पर्सा लालपर्साका राजेश मण्डलको हत्या भएको विरोधमा माओवादीले जिल्ला बन्द गराएको हो । मण्डल माओवादी भोजपुरा राज्यसमिति सदस्य हुन् ।
माओवादी कार्यकर्ताहरुले वीरगन्ज पथलैया सडकखण्डको लिपनीविर्तामा विहानैदेखि प्रदर्शन गरेका छन् । पटकपटक आफ्ना कार्यकर्ताहरु मारिने गर्दा हत्यारालाई पक्राउ गरि स्थानीय प्रशासनले कारबाही गर्न नसकेको विरोधमा र शान्तिसुरक्षा कायम गर्न माग गर्दै माओवादी कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।
एकसाता अघि बारामा माओवादी भोजपुरा राज्यसमिति सदस्यसहित तीनजना कार्यकर्ताको हत्या भएको थियो ।
Comments
Post a Comment