Skip to main content

नागरिक दबाब रयाली र सांस्कृतिक सभा

काठमाडौं, २९ पुस । संविधान निर्माणको लागि राष्ट्रव्यापी युवा दवाब
अभियानले आज एक पत्रकार सम्मेलन गरी अभियानको संयोजनमा हुन गईरहेको वृहत
नागरिक दवाव र्‍याली र साँस्कृतिक सभाको बारेमा जानकारी गराएको छ।
पत्रकार सम्मेलनमा जनआन्दोलनका र्घाईते मुकेश कायस्थको भनाइ यसप्रकार छ-
छ दशक देखिको निरन्तर संर्घष्ा, बलिदानी र अनेकौं उतारचढाव पार गर्दै
नेपाल अहिले 'संघीय लोकतान्त्रिक गणतन्त्र' लाई संस्थागत गर्ने यात्रामा
छ। द्वन्द्वबाट-शान्तितर्फ, निरंकुशताबाट लोकतन्त्रतर्फ अस्थिरताबाट
स्थिरतातर्फ, बहिष्करणबाट सामेलीकरणतर्फ, गरिबीबाट समृद्धितर्फ र
अँध्यारोबाट उज्यालो तर्फको यो यात्राको ढोका तबमात्र खुल्छ जब तोकिएकै
समयमा सबैका अधिकार लिपिबद्ध गर्दै नयाँ संविधान जारी हुन सक्छ। संविधान
निर्माणका लागि हाम्रा विचमा अब ५ महिना भन्दा कम समय मात्र बाँकी छ।
दलहरुबीचमा देखिएको मतभेद, अविश्वास, निषेध र प्रतिशोधको राजनीतिले
तोकिएको समयमा संविधान निर्माण हुने कुरामा आशंका पैदा भएको छ। नेपाली
जनताले ठूलो उत्साहका साथ संविधानसभाको निर्वाचनमा मतदान गरेको अर्थ
निश्चय पनि दलहरुबीचको अविश्वास र सत्ताकेन्द्रित खिचातानी देख्नका लागि
थिएन। नेपाल र नेपालीको भविष्य र सपनासँग जोडिएको शान्ति प्रक्रिया र
संविधान निर्माण कार्य समयमा टुँगिएन भने मुलुक, हाम्ो र भावी पुस्ताको
भविष्य समेत अन्धकारमा धकेलिने निश्चित छ।
हामी को हौं -
तोकिएको मितिमा संघिय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान र
शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन दवावका लागि स्वत स्फर्ुत रुपमा
"संविधान निर्माणका लागि राष्ट्रव्यापी युवा दवाव अभियान" भित्र गोलबद्ध
भएका नागरिकहरुको जमात हौं हामी। हामी कुनै दातृ निकायको आर्थिक सहयोगबाट
संचालित नभएर आफ्नै हैसियतमा स्वतस्फर्ुत उठेको यो स्वयँसेवी अभियानलाई
अगाडि बढाउँदै आएका छौं। हाम्रो अधिकार प्राप्तीको लागि अरुको अधिकार हनन
गर्ने कुरामा हामी विश्वास गर्दैनौं। नेकपा माओवादीले लोकतान्त्रीक
संस्कार अँगाल्नर्ैपर्छ र काँग्रेस, एमाले लगायतका दलहरुले अग्रगामी धार
छोड्न किमार्थ पाउँदैन भन्ने हाम्रो स्पष्ट अडान छ। यसमा कसैलाई कुनै पनि
किसिमको शंका नरहोस्।
यहि सैद्धान्तीक अडानमा रहि हामीले विभिन्न प्रकारका दवावमुलक
कार्यक्रमहरु गर्दै आईरहेका छौ। उदाहरणका लागि मानव साङ्गलो, पाङग्रे
जुलुस, हस्ताक्षर संकलन तथा हस्तान्तरण, संविधान सभाका सभासद्हरुलाई
सांकेतिक आशिवर्चन, संविधान यात्रा लगायतका कार्यक्रमहरु गर्दै आईरहेका
छौं। हाम्रो यि सबै कार्यक्रमहरुमा हामीले नत चक्काजाम गर्या,ैं नत टायर
नै बाल्या,ैं नत हाम्रो अभियानले र्सवसाधारणलाई नकारात्मक असर नै
पुर्याएका छौं, नत हामीले यो अभियानमा सहभागि हुनलाई आम नागरिकलाई दवाव
नै गर्यौं। यसै क्रममा भोली पौष ३० गते दिनको १.३० बजे भृकुटी मण्डपबाट
बृहत नागरिक दवाव र्‍यालीको आयोजना गरेका छौं। भृकुटीमण्डपको सो र्‍याली
वसन्तपुरमा पुगेर सांस्कृतिक सभामा परिणत हुनेछ जहाँ शान्ति र
संविधानसम्बन्धी प्रस्तुति रहनेछ।
यो तपाईं, हाम्रो साझा अभियानमा १०० भन्दा बढि संघ संस्था, नागरिक
आन्दोलनका अगुवा, मानव अधिकार कर्मि, अपाङ्ग, तेश्रो लिङ्ग,ि विभिन्न
पेशा व्यवसायी, कलाकार खेलाडि, पत्रकार, विद्यार्थी, राजनैतिक दलका भातृ
संगठन, नागरिक समाजका विभिन्न क्षेत्रले सहभागिताको लागि ऐक्यबद्दता
जनाईसकेका छन्।
आउनुहोस्, एकपटक पुनः राजनैतिक सहमति, शान्ति र संविधानको पक्षमा आफ्नो
स्पष्ट मत जाहेर गरौं। समयमै संघिय लोकतान्त्रीक समावेशी संविधान नबन्दा
हिजोका सबै संर्घष्ाका उपलब्धीहरु समाप्त हुनेछ। हिजोका संर्घष्ामा लगानी
गर्नुभएका प्रत्येक तह र तप्काका नागरिकहरु यो दवाव अभियानमा सहभागी
नहुने हो भने हामी कर्तव्य च्युत हुनेछौं भन्ने हाम्रो ठहर हो। त्यसैले
वर्तमानको मौनता राष्ट्रप्रतिको अपराध हो। वर्तमानको मौनताले भोलीका
पिढींमाथि अन्याय हुनेछ। यो मौनता अब तोड्नै पर्छ। आम नेपाली नागरिकलाई
हामी यहि नै अपिल गर्दछौं।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।