काठमाडौं, जेठ २८। रुसी राजदूत आन्द्रेइ ट्रोफिमोभले नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्ने आशा व्यक्त गरे। रिपोर्र्टर्स क्लब नेपालमा बोल्दै आपसी सहमति र एकताबाट दलहरुले शान्ति प्रक्रियालाई निकर्षा पुर्याउन सक्षम हुने बताए। 'नेपाली जनताले आफ्नो समस्या आफै समाधान गर्नसक्नेछन्,' राजदूत ट्र्ोफिमोभले भने, 'शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्याएर नेपाली जनताले विश्वलाईनै शान्तिको सन्देश दिनेछन्।' नेपालको शान्ति प्रक्रियामा अझै चुनौतीहरु रहेपनि आपसी सहमति र एकताबाट सफल हुने विश्वास व्यक्त गरे। शान्ति प्रक्रियामा रुसले मागेको सहयोग दिने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा राजदूत ट्र्ोफिमोभले नेपालको आर्थिक विकासमा सहयोग गरिरहने बताए । विगतमा भौतिक निर्माणमा सहयोग दिदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गरे । कृषि, उद्योग, बालबालिकाको जीवनस्तर उठाउनका लागि सहयोग जारी रहेको बताए । आगामी दिनमा सहयोग बढाउदै लाने उनको भनाई थियो ।
Comments
Post a Comment