वीरगंज, २८ जेठ । डेरीको गाडीको ठक्करबाट चितवनमा एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान भरतपुर -१ देवघाट नजिकै ना.१.ख १५३१ नं.को डेरीको गाडीले देवघाट गुम्वामा बस्ने भिक्षु ८४ वर्षीय फुर्सद डोल्मा आनीलाइ ठक्कर दिंदँ उनको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने गाडी र चालकलाइ प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।
Comments
Post a Comment