वीरगंज, २८ जेठ । माओवादी र स्थानीयवासीबीच रौतहटमा झडप हुंदा एक प्रहरीसहित ७ जना घाइते भएका छन् भने प्रहरीले स्थिति नियन्त्रणमा लिन २ राउण्ड हवाइ फायर र ३ राउण्ड अश्रुग्यांस फायर गरेको छ।
आज बिहान पोखरीको घाट निर्माण समिति पक्ष र माओवादीबीच सखुहवा-६ नजिकै झडप हुंदा ६ जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाइ पक्राउ गरेको छ। घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment