वीरगंज, २८ जेठ । ए नेकपा माओवादी र स्थानीयवासीबीच भिडन्त हुंदा दर्जनौ घाइते भएका छन् भने प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिन ८ राउण्ड हवाइ फायर गरेको छ।
आज बिहान नेकपा माओवादीले आह्वान गरेको तीन जिल्ला बन्दको उल्लघंन गरेको भन्दै बाराको सिमरा-३ नजिकै करिब ५ वटा मोटरसाइकलमा आएका ९ जना स्थानीय बासिन्दा र बन्दकर्ताहरुबीच झडप भएपछि माओवादीका देव घिमिरे, मिनप्रसाद आपागाई, प्रेम बराल, गुणराज खनाल र स्थानियबासी सन्तोष कार्की, आशिष श्रेष्ठ, विकाश मन्जरी, देव गुरुङ घाइते भएका हुन्। घटनालाइ साम्य पार्न प्रहरीले ८ राउण्ड हवाइ फायर गरेपछि भिड तितरबितर भएको थियो। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
Comments
Post a Comment