वीरगंज, २८ जेठ । अवैध रुपमा बन फडानी गरेर भारततर्फ लैजादै गरेको दुइ टयाक्टर काठसहित स्थानीयबासिन्दाले नियन्त्रणमा लिएको छ।
आज बिहान बारा, चारकोसे जंगलबाट ना.२ त. ५४८९ र एक नम्बर नरहेका टयाक्टर लोड रहेको काठसहित टयाक्टर बटौलियाबासीले पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ।
बाराको चारकोशे जंगलमा तस्करहरुले वन रक्षक र रेन्जरलाइ कमिशन दिइ दिनहुं सयौं टयाक्टर काठ लोड गरेर भारत पुर्याउने गरेको स्थानीयवासिन्दाको आरोप छ।
Comments
Post a Comment