Skip to main content

युनिटी प्रगति समूह बहराइनको प्रशिक्षण कार्यक्रम

-नारायण थापा-
बहराइन, १२ साउन । नेपाली क्लब बहराइनको सभाहलमा दाजुभाइ इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेशनल लिमिटेडले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
युनिटी प्रगति समूह बहराइका अध्यक्ष प्रकाश दर्नालको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रम प्रमुख अतिथि छबीलाल बिक हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन हरि कार्कीले गर्नुभएको थियो । प्रशिक्षण दिने क्रममा इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेशनल लिमिटेडमा प्रेसीडेन्ट पोष्टमा पुग्नु भएका प्रकाश दर्नालले संस्थाको जानकारी दिदै २०६२ सालमा स्थापना भएको दाजुभाइ इन्स्योरेन्टले २०६४ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त गरेको थियो । यसको प्रधान कार्यालय काठमाण्डौमा रहेको छ भने नेपाल बाहिर १५ वटा देशमा शाखा कार्यालय र नेपाल भित्र २२ जिल्लामा शाखा कार्यालय रहेको बताउनुभयो ।
देश निर्माणमा हामी पनि सहभागी छौं भन्ने मुल नारा लिएको सो संस्थाले मुख्यतय देश निर्माणका लागि ५ वटा "ज" को अवधारणा लिएको छ, जसमा १. जंगल २. जल ३. जमीन ४. जल विद्युत र ५. जडिबुटी यिनै कुराहरुको आधारमा रही काम गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको कुरा बताउनु भयो । सो संस्थाले नेपालमा १५ हजार नेपालीहरुलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको र अरु रोजगारी दिने क्रम दिनहुं बढीरहेको कुरा बताउनु भयो । संस्थाले मुख्यतया ३ वटा प्रत्यक्ष रुपमा सेवा र सुविधाहरु दिने कुराको उल्लेख गर्नु भयो । जस्तै १. स्वास्थ्य योजना २. बैकिङ तथा राहत योजना र ३. देश फिर्ती योजना ।
स्वास्थ्य योजनाको बारे हरि सुबेदीले भन्नुभयो- यो सेवा लिने कुनै पनि व्यक्तिको उमेर हद नचाहिने, यो सेवा लिनका लागि एक पटकमा रु. १३,६५०/- तिर्नु पर्ने छ र यो रकम फिर्ता हंुदैन र ब्याज पनि नपाइने तर नियमित स्वास्थ्य जांच, बहिरङ सेवा, एक्सरे सुविधा, इ.सी.जी., भिडीयो एक्सरे, रगत, दिसा, पिसाब आदि परिक्षण, शैय्या सेवा, नारी तथा प्रजनन् स्वास्थ्य सेवा, नाक, कान, घांटी, दन्त चिकित्सा आदी धेरै सुविधाहरु पाउन सकिने कुरा बताउनु भयो । उहांले खाना र औषधिको खर्च विरामीले नै ब्यहोर्नुपर्ने साथै यो सेवा लिने व्यक्तिको परिवारले समेत २५ प्रतिशत छुट सुविधा पाउने कुराको जानकारी दिनु भयो ।
त्यस्तै बुद्धीराज र्राईले बैकिङ तथा राहत सेवाको बारेमा जानकारी दिदै भन्नु भयो- यो सेवा लिनका लागि कुनै पनि व्यक्ति २ वर्षदेखि ५२.६ वर्षभित्रको हुनु पर्ने, यो सेवा लिनका लागि एक पटकमा रु. १५,०००/- जम्मा गर्नु पर्ने र रु. २०००/- भ्याट तथा दर्ुघटना बिमाको रकम छुट्टयाएर रु. १३,०००/- जम्मा हुने र यो खाता खोल्ने व्यक्ति र उसको परिवारलाई उपचारमा २० प्रतिशत छुट हुने, ५ वर्षो करार तोडी अगावै आफनो रकम लिन चाहेमा ३५ प्रतिशत रकम कट्टा हुने, ५ वर्षअवधि पूरा भएपछि व्याज मात्र झिक्न वा सावा व्याज दुबै झिक्न पाउने कुराको साथै अन्य धेरै फाइदा मुलक सेवाहरुको बारेमा जानकारी दिनु भयो । स्वदेश फिर्ती योजनाको बारेमा जानकारी दिदै दिपक राइले भन्नु भयो - १८ वर्षभन्दा माथि उमेरका जो कोहीले यो सेवा लिन सक्नेछन्। बिदेशबाट नेपाल जांदा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट सुन्धारामा रहेको होटल तेजमहलमा १ रात बास दर्ुइ छाक नेपाली खाना र बिहानको चिया, खाजा सुविधा जति पटक बिदेशबाट नेपाल फिर्ती हुन्छ, जीवनभरी यो सुविधा पाइने, आफु त्रिभुवन विमानस्थल आउनु भन्दा २४ पहिले नै कम्पनीलाई जानकारी गराउनु पर्ने कुराको जानकारी दिनु भयो । त्यस्तै सो संस्थाका प्रेसिडेन्ट प्रकाश दर्नालले ब्यापार व्यवस्थापनको बारेमा जानकारी दिदै भन्नुभयो- यो संस्थामा सदस्यता लिएर सबैले छोटो समयमा पनि असीमित आय आर्जन गर्न सक्ने कुरा बताउनु भयो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी छवीलाल बिक भन्नु भयो- संस्थाले देश निर्माणमा आफनो तर्फाट बिभिन्न क्षेत्रमा टेवा पुर्‍याइरहेको सो संस्थाको सदस्याता लिई देश निर्माण गर्न र असीमित आय आर्जन गर्न सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई आग्रह गर्नु भयो ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।