वीरगंज, १२ साउन । समाचार संकलनका लागि वीरगंजको इनर्वामा पुगेका नेपाल पत्रकार महासंघ पर्साका सदस्य एवं नेपाल टेलीभिजनका बीरगंज सम्बाददाता भूषण यादवमाथि स्थानियबासीद्धारा गरिएको आक्रमणप्रति रिपोर्टस क्लब नेपाल पर्साको गम्भीर ध्यानाकर्षण भएको जनाउदै घटनाको घोर भर्त्सना गरेको छ।
आज क्लबका अध्यक्ष कन्हैया गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरी समाचारको लागि खिचिएको दृष्य मेटाउन धम्की दिएर पत्रकार यादवमाथि हातपात गरिएको घटनाले फेरि पनि प्रेस स्वतन्त्रताको गम्भीर उपहास भएको छ । घटनामा संलग्न दोषीहरुलाई कारवाही गर्न माग गरेको छ।

Comments
Post a Comment