Skip to main content

माओवादीले धर्ममा राजनीति गरे दुर्दशा भोग्नुपर्छ-संस्कृति मन्त्री डा रिजाल

काठमाडौं भाद्र १७। संस्कृति संविधानसभा संघिय मामला तथा पुर्नसंरचना मन्त्री डा मिनेन्द्र रिजालले पशुपतिनाथको भट्ट नियुक्ति प्रकरण अन्तिम चरणमा पुगेको बताउनुभएको छ। माओवादी धर्ममा राजनीति गरी आफ्नो अभिष्ट पुरा गर्न चाहन्छ त्यसो हो भने उसले दुर्दशा भोग्नुपर्छ। रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कक्षमा बोल्दै संस्कृतिमन्त्री डा रिजालले विरोध गर्दैमा भट्ट नियुक्ति प्रकरण नरेकिने बताउंदै भन्नुभयो-पशुपतिको भट्ट नियुक्ति गर्दा तपाईहरुले के भोग्नुपरेको थियो त्यो स्मरण गर्न म आग्रह गर्छु ।

मन्त्री रिजालले ऐन नीति नियम र परम्पर अनुरुप पशुपतिनाथमा भट्ट नियुक्ति हुने भएकोले यसमा राजनीति नगर्न ए। नेकपा माओवादीलाई आग्रह गर्नुभयो। अहिले भारतबाट आएका २ जना भट्ट नियुक्ति भइछाड्ने बताउंदै मन्त्री रिजालले भन्नुभयो-प्रधानमन्त्रीे संरक्षक भएको परिषदले उहांहरुलाई नियुक्ति गर्छ। पशुपतिमा ताला लगाई राजनीति नगर्न र ऐनमा नेपाली नै राख्नुपर्ने भन्ने उल्लेख नभएकोले यसमा विवाद नगर्न सुझाव दिनुभयो। अहिले पनि नेपाली भट्ट नियुक्ति गर्न सकिने उहांको भनाई थियो। सांस्कृतिक उपनिबेशको आधारमा नभई भारतिय भट्टहरुलाई ऐन र परम्पराको आधारमा नियुक्ति गर्न लागिएको मन्त्री रिजालको भनाई थियो। मन्त्री रिजालले पशुपतिको कोष पारदर्शि रुपले कसरी साचालन गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भिर भएको बताउनुभयो। उहांले यसका लागि परिषद् संग आवश्यक छलफल भईरहेको समेत जानकारी दिनुभयो।

रिपोर्टस्र क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रिजालले ए।नेकपा माओवादीले संसद अबरुद्ध गरेर अहिले सम्म संसदमा गणतन्त्र विधेयक प्रश्तुत गर्न नसकिएको बताउनुभयो। उहांले भन्नुभयो-सत्ता छाड्नुको पिडा अहिलेसम्म गएको रहेनछ अब यस्तो कुरामा पिडा नपोख्न म उहांहरुलाई आग्रह गर्दछु। मन्त्री रिजालले सके बहुमत देखाएर सरकार बनाउन अन्यथा संविधानले तोकेको बटोमा आई शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न माओवादीलाई चुनौति दिनुभयो।

सरकारको सय दिनमा गठबन्धन दलहरुबीच अत्यान्त सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री रिजालले सरकारले शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउन सेना समायोजन विशेष समितिलाई पूर्णता दिएको र प्राविधक समितिको म्याद थप गरेको बताउनुभयो। संबैधानीक समितिले नयां नेतृत्व पाएपछि संविधान निर्माण प्रकृया तदारुकताका साथ अगाडि बढेको उहांको भनाई थियो। यसबीचमा प्रधानमन्त्री माधवकुमार नेपालको सफल भारत भ्रमण भएको र चिन भ्रमणको तयरीमा सरकार रहेको बताउंदै मन्त्री रिजालले आफ्नो दुचेष्टा त्यागी लोकतान्त्रिक गठबन्धको सरकारमा सहभागि हुन माओवादीलाई अनुरोध गर्नुभयो। आफुहरु सरकारमा सहभागि भईसकेपछि सुरक्षाको अवस्था निकै सबल रहेको बताउंदै मन्त्री रिजालले तराईको सशस्त्र गतिविधिमा कमि आएको र केहि समुहसंग वार्ताको तयारी भईरहेको स्मरण गराउनुभयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।