वीरगंज २ भदौ । नेपाल मुस्लिम नागरिक समाजको दुइ दिने कार्यकर्ता भेला सम्पन्न भयो। आज वीरगंजको बहुअरीमा सम्पन्न भेलाले मुस्लिम समुदायका निम्ति मुस्लिम नागरिक समाज निरन्तर संघर्ष गर्ने मुस्लिम समुदायलाइ तेजोबध पार्ने कहि र कतैबाट भयो भने त्यसका विरुद्ध जाइलाग्ने निर्णय समेत गरेको छ। भेलामा मुस्लिम स्वायत्त राज्य परिषद मुस्लिम समुदायलाई संविधानमा पहिचानलगायतका विषयमा मुद्दा उठाइएको थियो। भेलामा केन्द्रीय सहअध्यक्ष डा। कमरुल होदाले शिक्षु क्षेत्रमा पिछडिएका मुस्लिम समुदायको लागि शैक्षिक अवसरको लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment