वीरगंज २ भदौ । अखिल नेपाल टे्रड युनियन महासंघको आयोजनामा नयां संविधान निर्माणका सन्दर्भमा राष्ट्रियता र संघीयताका प्रश्नहरु विषयक अन्तरकि्रया कार्यक्रम आज वीरगंजमा सम्पन्न भयो। युनियन महासंघका केन्द्रीय अध्यक्ष कमरेड मित्रलाल शर्माले अवधारणा पत्र प्रस्तुत गर्दै राष्ट्रियता विरुद्धको खतरा अत्यन्त गम्भीर अवस्थामा पुगेको बताए। उनले अमेरिकी साम्राज्यवादले विश्वव्यापी रुपमा नै आपुनो प्रभुत्व कायम गर्न खोजिएको बताउंदै राष्ट्रियताका विरुद्ध सबैभन्दा बढी खतरा भारतीय विस्तारवादबाट नै भएको बताए।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment