Skip to main content

यूवा दवाव अभियानद्धारा नेपाली काँग्रेसलाई ज्ञापनपत्र

काठमाडौं २ भदौ । संविधान निर्माणका लागि राष्ट्रव्यापी यूवा दवाव
अभियानले समयमै संविधान निर्माणका लागि दवाव दिन आज मंगलवार सानेपास्थित
नेपाली काँग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । धर्ना पछि नेपाली
काँग्रेस पार्टीलाई अभियानले ज्ञापनपत्र समेत वुझाएको छ। वृहत राजनीतिक
सहमति कायम गर्दै समयमै संविधान वनाउन आग्रह गर्दै वुझाईएको ज्ञापनपत्र
पार्टीका सहमहामन्त्री एवं प्रवक्ता अर्जुन नरिसंह केसीले वुझनुभएको
थियो।

अभियानले वुझाएको ज्ञापनपत्र वुझदै नेपाली काँग्रेसका नेता केसीले आफ्नो
दल समयमै संविधान वनाउन प्रतिवद्ध भएको वताउनुभयो। वाह्र वँुदे
समझदारीदेखि पटक पटक गरिएका सहमति कार्यान्वयन नगर्नेहरुका कारण संविधान
समयमै नलेखिने खतरा वढेको नेता केसीले वताउनुभयो। समयमै संविधान
नलेखिनेतिर संकेत गर्दै उहाँले संविधान सभाको कार्यतालिका छैटौपटक
शंशोधन हुन लागेको वताउनुभयो। संविधानमा जनगणतन्त्र लेखिनै पर्ने माग
देखि जातीय कुरालाई वढाएर केहि दल संविधान लेख्ने कुरामा भाँजो हाल्ने
काममा लागेको केसीले आरोप समेत लगाउनुभयो।

दवाव अभियानका तर्फवाट वुझाइएको ज्ञापनपत्र केन्द्रिय समितिको वैठकमा
राख्ने समेत उहाँले वताउनुभयो। उहाँले समयमै संविधान जारी गर्न शुरु
गरिएको यूवा अभियानप्रति दलको पूर्ण समर्थन समेत व्यक्त गर्नुभयो।

अभियानका तर्फवाट संयोजक दीपक कुमार भटट्राई अभियानकर्मी अजय वावु
शिवाकोटीले समयसीमाभित्र संविधान नवनाउने हो भने संविधान सभाले समेत
आफ्नो वैधानिकता गुमाउने वताउनुभयो। अभियानका तर्फवाट उहाँहरुले तोकिएको
समयभित्रै संविधान जारी गर्न र कुनै पनि वहानामा संविधान जारी गर्न
ढीलाई नगर्न आग्रह गर्नुभयो।

अभियानले भदौ पाँच गते एकिकृत नेकपा माओवादीको कार्यालयमा समेत धर्ना
दिने जनाएको छ।

यो एक स्वतन्त्र एवं अनौपचारिक नागरिक समाज अभियान हो। यो अभियान विशुद्ध
आफ्नै साधनश्रोतमा साचालित छ। यस अभियानको आचारसंहिता भित्र रही अभियानमा
आवद्ध हुन इच्छुक संघ सस्था पेशागत समुदाय तथा स्वतन्त्र ब्यक्तिहरु सबै
यसमा सहभागी हुन सक्दछन्। यो कुनै राजनितिक पूर्वाग्रहवाट निर्देशित छैन।
यो अभियानमा हालसम्म ४० वटा संघसंस्थाहरु तथा १००० भन्दा बढी ब्यक्तिहरु
सकृय रुपमा आवद्ध भइसकेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।