Skip to main content

पर्यटक बढाउन खेल पर्यटन

भक्तपुर २९ भदौ। भक्तपुरमा आउने पर्यटकहरुको संख्या बर्षेनी बढ्दो छ। तर
पर्यटकीय गतिबिधि नहुदा स्थानीयबासीले प्रत्यक्ष रुपमा लाभ लिन सकेका
छैनन्। पर्यटन उद्योगमा स्थानीय सहभागिता जनाउन भक्तपुरका अनिल सुवालले
भक्तपुर पर्यटनलाई पाँच घेरा बिभाजन गरेका छन्। पहिलो घेरामा उनले
संरक्षित क्षेत्रहरु राखेका छन्। ङातापोल दत्तात्रय मन्दिर र दरवार
क्षेत्र यस घेरामा पर्दछन्। यो क्षेत्र मुर्त सस्कृतिहरु जोगाएर राख्नु
पर्ने सुवालको कथन छ। यहाँ भित्र आधुनिक गतिबिधि हुन नदिइ पर्यटकहरुलाई
ऐतिहासिक अनुभुति दिनु पर्दछ। सवारी साधन प्रबेश रोक लगाउनु पर्दछ।
दोश्रो घेरा यहाँ रहेका अन्य मठमन्दिर समाबेश गरिएको सास्कृतिक घेरा हो।
बिभिन्न जात्रा पर्बको अवसरका गरिने नगरपरिक्रमामा क्रम जाने गरिएका
स्थानहरु यस अन्र्तगत पर्दछन्। यो घेरा चाडपर्ब मनाउन र अमुर्त सस्कृति
अवलोकनको लागि प्रयोग भैरहेको छ। गाइजात्रा बिस्केटजात्रा र
इन्द्रजात्राको बेलामा पर्यटकहरु यस घेरा भित्र हुने गतिबिधिमा संग्लग्न
हुन सक्छन्।
तेश्रो घेरा खेल पर्यटनको घेरा हो। यहाँ रहेका पोखरी खोलानाला र मैदानहरु
यस घेरा अन्तर्गत पर्दछन्। पर्यटकीय गतिबिधि बढाएर पर्यटक संख्या बढाउन
यो घेरा सबैभन्दा महत्पुर्ण रहेको छ। यहाँ आधुनिक खेलका कार्यक्रम गरेर
पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ। चौथौ घेरा शैक्षिक पर्यटनको घेरा हो।
बिदेसीहरु नेपालको हावापानीको कारण यहाँ अध्ययन गर्न रुचाउने गरेका छन्।
कला र सस्कृतिको अनुसन्धानको लागि उपयुक्त भक्तपुरमा ख्वप बिश्वबिद्यालय
स्थापनाको तयारी पनि भैरहेको छ। बिदेशी बिद्यार्थीहरुलाई यहाँको कलाको
अनुसन्धानमा संग्लग्न गराएर शैक्षिक पर्यटन उकास्नमा सहयोग मिल्छ। हाल
मेडिकल कलेज निर्माणको लागि सल्लाघारीको जग्गा प्रस्ताब गरिएको छ। सो
प्रस्ताब पास भए पनि नेपालका अन्य मेडिकल कलेजमा झै बिदेसबाट प्रशस्त
बिद्यार्थी यहाँ अध्ययनको लागि आउने छन्। उनीहरुको देशबाट बर्षेभरी साथी
भाइ र आफन्तहरु पर्यटकको रुपमा यहु आउने छन्।
अन्तिम घेरा आधुनिक घेरा हो। हाल यो घेरा नगरकोटमा सिमित छ। यस क्षेत्रमा
आधुनिक पर्यटकले खोज्ने सेवाहरु अहिले पनि उपलब्ध छ। यौन पर्यटन यस
क्षेत्रको बिशेषता हो। हाल नगरकोटमा यौन गतिबिधिमा संलग्न हुन सयौंको
संख्यामा पर्यटक जाने गरेका छन्।
यी घेराहरु मध्ये सबैभन्दा महत्वपुर्ण र अन्य घेरा संग सम्बन्ध रहेको खेल
पर्यटन हो। यसको लागि भक्तपुरका मैदानहरु पोखरीहरु प्रयोग गर्न सकिन्छ।
हाल राष्ट्रियस्तरका फुटवल म्याच हुने गरेको पाँचाखेलको स्तरबृद्धि गरी
पर्यटकहरुलाई समेत खेलकुदमा समाहित गर्न सकिन्छ। पाँचाखेल अनुपम भौगोलिक
बिषेशता भएको मैदान हो। चारैतिर नदीले घेरिएको यो मैदान बालुवाले बनेको
छ। त्यही भएर नै यो मैदानलाई बालुवाको मैदान अर्थात स्थानीय भाषामा
पाँचाखेल भनिएको हो। यो मैदान स्थानीय शिक्षण संस्थाहरुले खेल अभ्यासको
लागि प्रयोग गर्दै आएको छ। पर्यटकलाई लक्षित गरी भौतिक संरचना निमार्ण
गरे


घरेलु उद्यमी मेला
भक्तपुर २९ भदौ। दशैं नजिकिदैै गर्दा भक्तपुरको सुर्यबिनायकमा असोज २ गते
देखि तिन दिन सम्म मेला लाग्ने भएको छ। घरेलु उद्योगहरुले तयार पारेका
सामाग्रीहरुको प्रचार प्रसार र बिक्री गर्ने उदेश्यले यहाँका घरेलु
उद्यमीहरुले मेला गर्न लागेका हुन। मेलामा ढाका टोपी भक्तपुरको दही
हस्तकलाका सामानहरु पुतलीहरु घरेलु उद्योगबाट उत्पादन भएका खाद्य
सामाग्रीहरु सम्बन्धि स्टल राखिएको आयोजकले जानकारी गराएको छ। दशैमा
नेपाली सामानहरुको प्रयोग बढाउन मेला आयोजना गर्न लागिएको हो।- रविन
राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।