वीरगंज २९ भदौ । नेपाल पिछडा वर्ग महासंघका केन्द्रीय सदस्य उषा यादवले
आफूहरुको मांग पूरा नभए धर्ना घेराउ लगायतको आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिएकी छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कारमा बोल्दै उनले महासंघको नाममा जोकोहीले पनि सरकारसंग सहकार्य गरेमा सरकारविरुद्ध नै आन्दोलनमा उत्रिने बताइन्।
आफूहरुको ८ सूत्रीय मांग प्रति सरकार गम्भीर नभए जिविसमा तालाबन्दी धर्ना र जिल्ला प्रशासन कार्यालयमा धर्ना घेराउ गरी आन्दोलन हुने पत्रकार सम्मेलनमा यादवले बताएकी छन्।
कार्यक्रममा बारा पर्सा लगायत विभिन्न जिल्लाका कार्यकर्ताहरुको उपस्थिति थियो।
Comments
Post a Comment