Skip to main content

नवरात्री पछि घरजम गर्ने जात्रा

काठमाडौं २९ भदौ। बिजया दशमीको दिनलाई कुनै पनि शुभकार्य गर्न साइत
नचाहिने दिनको रुपमा लिइन्छ। यसै कारण यस दिन घरजम गर्नेहरु पनि धेरै नै
हुन्छन्। भक्तपुरमा भने पायोजात्राको समाप्तिसंगै घरजम गर्ने गरिएको छ।
पायोजात्रा बिजयादशमीको रातमा मनाइने जात्रा हो। यस दिन भक्तपुरको
तलेजुमा राखिएको कुमारीलाई नगर परिक्रममा गराउन परम्परा रहेको छ।
कुमारीसंग तलेजु मन्दिरमा रहेका पुराना राजाहरुका हातहतियार सार्बजनिक
रुपमा बर्षको एक पटक नगरपरिक्रमा गर्ने गरिएको छ। यसरी कुमारी सहित
हातहतियार प्रदर्शन गर्ने जात्रालाई नै पायो जात्रा भन्ने गरिएको छ।
पायोजात्रामा सहभागि भएर घरजम गरेमा जोडी कहिलै छुट्टिनु पर्दैन भन्ने
मान्यताको कारण पनि जात्रालाइ घरजम गर्नेहरुको जात्रा पनि भन्ने गरिएको
छ।
घरजमको निर्णय अघि जोडीहरुले नवरात्री भर घुमघाम गर्ने गर्दछन्।
घटस्थापनादेखि सुरु हुने नवरात्री भर भक्तपुरका नौ वटा शक्तिपीठ र नौ वटा
जलाशयमा जोडीहरु जाने गर्दछन्। पहिलो दिन ब्रम्हायणीमा जाने परम्परा छ।
भक्तपुर फर्निचर मार्गस्थित च्याम्हासिहबाट करीब ५ मीनेट पैदलदुरीमा
अवस्थित ब्रम्हायणीदेबीको मन्दिर खोलाको किनारमा अबस्थित रहेको छ। हाल
त्यहाँ भोजघर पनि बन्दै गरेको छ। फोटो ०४मा देखिएको यो मन्दिरको गजुर
संगै दायाँबायँ दुइवटा हाँसका मुर्तिहरु बनाइएका छन्। मन्दिर वरपर
पाटीहरु निमार्ण गरिएका छन्। घटस्थापनाको दिन यहाँ नवरात्रीको मेला
लाग्ने गर्दछ। बाजागाजा सहितका टोली र दिपावलीले मन्दिरलाई मनमोहक बनाइने
गरिन्छ। च्याम्हासिहदेखि मन्दिरसम्मको बाटो दियो बालेर झिलिमिली पारिएको
हुन्छ।
दोश्रो दिन माहेश्वरी घाटमा अबस्थित माहेश्वरी मन्दिरमा मेला लाग्ने
गर्दछ। भक्तपुरको पाँचाखेलको उतरमा रहेको यस मन्दिरको उतरमा भने खोला छ।
पुर्बमा लवजु दरवार रहेको छ। मन्दिरको उत्तर रहेका ढुङगाका खुड्किलाहरु
भने भक्तपुर सहर उक्लने एक मात्र सिढी हो। मन्दिरको उत्तरपश्चिममा रहेको
उकालो उक्ले पछि खचाँ पुखु पुगिन्छ।
तेश्रो दिन कुमारीको मन्दिरमा मेला लाग्छ। भक्तपुरको पोडे टोलमा कुमारीको
मन्दिर रहेको छ। ङातापोल मन्दिरको अगाडि पट्टी रहेको बाटो भएर बायाँ
तर्फको ओरालो झरे पछि कुमारीको मन्दिरमा पुगिन्छ। मनिदरको पछाडि साना
पोखरी छ। पोखरीको छेउमा पुरानो पिपलको रुख छ। मन्दिरको उत्तरतर्फ
भगवतीदेबीको मन्दिर छ। दक्षिण देउलाहरुको बस्ती रहेको छ।
चौथौ दिन ल्यासिङखेलमा अबस्थित चुपीघाटको किनारामा रहेको भद्रकालीको
मन्दिरमा नवरात्रीको मेला लाग्छ। यो स्थान मै बिस्काजात्राको बेलामा
लिङगो जात्रा पनि हुने गर्दछ। भक्तपुरको तमारी टोलबाट गहिटीको ओरालो
झरेपछि भद्रकालीको मन्दिर पुगिन्छ। नवरात्री पाँचौ दिन मंगलघाट नजिकै
रहेको बाराही मन्दिरमा मेला लाग्छ। दुइतले छाना रहेको सो मन्दिरको
चारैतिर चार थरीका जीबजन्तुको ढुङगे मुर्तिले पहरेदारी गरिरहेको छ। अगाडि
पट्टी सिह पश्चिमामा बाघ दक्षिणमा भालु र पुर्बमा हातीलाई मन्दिरको
द्धारपाल बनाइएको छ।
छैठा्रंै दिन खौमा टोलमा इन्द्रायणी मन्दिरमा मेला लाग्छ। मन्दिरको अगाडि
र पछाडि पाटी र ढुङगेधाराहरु रहेका छन्। भक्तपुर दरवार ढोका भन्दा केही
अगाडि रहेको ओरालो झरेपछि इन्द्रायणीको मन्दिर पुगिन्छ। यस दिन बिहान
सिद्धपोखरीमा पनि मेला लाग्छ। नवरातीको सातौं दिन महाकालीमा मेला हुन्छ।
मन्दिर कालिघाट नजिकै एक ढिस्कोमाथि रहेको छ। यस मन्दिरमा नियमित रुपमा
हरेक दिन भजनकिर्तन हुदै आएको छ। नवरात्रीको दिन मन्दिरको दुइ वटा
सिढीहरुलाई एक तर्फी बनाएर दशानार्थीहरुलाई सुबिधा हुने गरेको छ।
मन्दिरको उत्तर तर्फ डेकोचा दरवारमा अबस्थित ख्वप कलेज देखिन्छ। मन्दिरको
छैवैमा रहेका बार्दालीबाट चाँगु डाँडा प्रष्ट रुपमा देखिन्छ। पुर्बतर्फ
भने ख्योपुखुचा नामको सुतिरहेका नारयाणको मुर्ति भएको पोखरी रहेको छ।
आठौं दिन महालक्ष्मीको मन्दिरमा मेला लाग्छ। थालाछे टोलमा महालक्ष्मी
मन्दिर छ। यस दिन बिहान कमलपोखरी पनि मेला लाग्ने गर्दछ। डेकोचा
बसस्टपबाट उकालो उक्ले पछि महालक्ष्मीको मन्दिरमा पुगिन्छ। नबरात्रीको
अन्तिम दिन त्रिपुरासुन्दरीमा मेला लाग्छ। सुकुलढोका भन्दा माथि अरनिको
सभाभवन नजिकै त्रिपुरासुन्दरीको मन्दिर रहेको छ। यस दिन भक्तपुरको
कुमारीलाई सर्बसाधारणको दर्शनको लागि तलेजु मन्दिरको कुमारी चोकमा
राखिन्छ। यसै दिन साँझ याछे टोलमा नवदुर्गागणका मुकुण्डोहरु पहिलो पटक
सार्बजनिक प्रदर्शनी गरिन्छ। हरेक बर्ष मुकुण्डोहरु नयाँ बनाइन्छ। यसरी
बनाइएका नयु मुकुण्डो हेर्नहरुको त्यहाँ घुइँचो लाग्ने गरिएको छ।
नवरात्री भर संगै घुमघाम गरेकाहरुले पायोजात्राको दिन बैवाहिक जीबन सुरु
गर्ने परम्पराले बिबाहको नाममा हुने सामाजिक तडकभडक भक्तपुरमा केही
हदसम्म कम हुदै आएको छ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...